सन्दिपको टोलि लाहोर समूह चरणबाटै बाहिरियो: सन्दिप घर आउने


पाकिस्तान सुपर लिग खेल्न गएका सन्दिप लामिछाने स्वदेश फिर्ता हुने भएका छन् | सन्दिपको टिम लाहोर क्वालान्डर्स समूह चरणबाट नै बाहिरिएपछि सन्दिप घर फर्कन लागेका हुन् |

सन्दीपले  ७  खेलमा ११ विकेट लिँदै पाकिस्तान सुपर लिगको -२०१९को यात्रा टुंगाएका छन् |

पीएसएलको डेब्यु खेलमा ३ विकेट लिएका सन्दीपले आफ्ना ७  खेल मध्ये एक खेलमा म्यान अफ द म्याचसमेत भएका थिए । उनले सोमबार अन्तिम खेलमा भने सम्झन लायक पदर्शन गर्न सकेनन् । उनले सोमबार मुल्तान सुल्तानविरुद्ध २ ओभर ३ बल बलिंग गर्दा २८ रन दिन पुगेका थिए ।

अब सन्दीप भारतमा आगामी महिना शुरु हुने इण्डियन प्रीमियर लीग (आईपीएल) खेल्न भारततर्फ लाग्नेछन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: