१५७ जना सवार विमान ईथियोपियामा दुर्घटना


१५७ जना सहित उडेको ईथियोपियन एयरलाईन्सको विमान राजधानीदेखि ६० किलोमिटर दक्षिण पूर्वी क्षेत्र बिसोफ्टु नजिक दुर्घटनामा परेको जनाईएको छ | दुर्घटनाबाट विमानमा सवार सबैको मृत्यु भएको बताईएको छ |

इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । इथियोपियन एयरलाइन्सले विमानमा विभिन्न ३३ देशका नागरिक रहेको बताएको छ । बोइङ ७३७ म्याक्स ८ विमान स्थानीय समय अनुसार विहान ८ बजेर ४४ मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन । एजेन्सीको सहयोगमा |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: