भेनेजुएलामा सरकार र विपक्षी पक्षबीच एक-अर्का विरुद्ध प्रदर्शन


राजनीतिक द्वन्द्वमा फसेको दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा सरकार र विपक्षी नेताको आग्रहमा एक-अर्का विरुद्ध प्रदर्शन सुरु भएको छ । राष्ट्रपति निकोलस मडुरो र विपक्षी नेता हुँवा गुइडोले राजधानी काराकस लगायत देशैभरी आ-आफ्ना समर्थकहरुलाई सडकमा उतारेर प्रदर्शन गराएका छन् । प्रदर्शनमा दशौं हजार मानिसहरु सहभागी भएका छन् ।

प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र सुरक्षाकर्मीको झडपमा कयौं घाइते भएका छन् । केहीलाई पक्राउ पनि गरिएको छ । प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरुले भीडमाथी मरिचको ग्यास प्रहार गरेका छन् ।

नेता गुइडोले आफूलाई मुलुकको अन्तरिम राष्ट्रपति घोषणा गरी राष्ट्रपति मडुरो विरुद्ध प्रदर्शनको अगुवाइ गरेयता गत जनवरी अन्तिम साता देखि त्यहाँ राजनितिक संकट उत्पन्न भएको छ । संकटकै बिच देशका अधिकांश प्रमुख शहरहरुमा विहिवार देखि विद्युत सेवा अवरुद्ध भइ दैनिक जीवन ठप्प जस्तै भएको छ । तर संकटका लागि दुबै नेताहरुले भने एक अर्कालाई दोषारोपण गरिरहेका छन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: