नुवाकोटमा चैत २ गते तेस्रो संस्करणको झिल्टुङ्ग क्रस कन्ट्री रेस च्याम्पियनसिप हुने।


नुवाकोट । नुवाकोटमा तेस्रो संस्करणको झिल्टुङ्ग क्रस कन्ट्री रेस च्याम्पियनसिप हुने भएको छ । नुवाकोटको बेलकोटगढी नगपालिका ५ कोल्पुटारमा यही चैत २ गते च्याम्पियनसिपको आयोजना गर्न लागिएको आयोजक बेलकोटगढी नगरपालिका वडा नम्वर ५ को कार्यालयले जनाएको छ ।
‘जे गरौं गज्जबले गरौं’ भन्ने नाराका साथ हुन लागेको खेलमा १३.४ किलोमिटरको महिला र पुरुष दौड प्रतियोगितामा हुनेछ । प्रतियोगितामा पुरुष तथा महिला तर्फ प्रथम हुनेलाई २५ -२५ हजार, दोस्रो हुनेलाई १५-१५ हजार र तेस्रो हुनेलाई १०-१० हजार रुपैँया प्रदान गरिने प्रतियोगिताका सँयोजक तथा पूर्व धावक मोहन नेपालले जानकारी दिनुभयो ।
यस्तै छात्र तथा छात्राको ४.५ किलोमिटर खुल्ला दौड अन्तर्गत प्रथम हुनेलाई ५-५ हजार दोस्रो हुनेलाई ३-३ हजार र तेस्रो हुनेलाई २-२ हजार रुपैँया प्रदान गरिने जनाईएको छ ।
नुवाकोटस्थित कोल्पुटारबाट सुरु हुने दौड कोल्पुुटार, बेलिनि, राजवडार, माझगाउँ, लामाचौर हुँदै कोल्पुरटारमा पुगेर सकिने वडा नम्बर ५ का अध्यक्ष अनन्तराम नेपालले बताउनुभयो ।


वडा नम्बर ५ को कार्यालय बेलकोटगढी आयोजक रहेको प्रतियोगिताको लियो क्लब अफ नुवाकोट परोपकार, गणेस्थान एकता युवा क्लब, झिल्टुङ मगर बाजा समुह, कोल्पुटार महिला समुह, महादेव मावि कोल्पुटार, कामरुदेवी मावि दुईपिपल र ईन्द्रेश्वर आधारभुत विद्यालय लामाचौर सहआयोजक रहेका छन् ।
च्याम्पियनसिपको पहिलो संस्करणमा पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सन्तोषी श्रेष्ठ च्याम्पियन हुनुभएको थियो भने दोस्रो संस्करणमा पुरुषतर्फ भुमिराज राई र महिलामा कान्छीमाया कोजु च्याम्पियन बन्नुभएको थियो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: