चिल्ड्रेन हेराल्ड एकेडेमीको सिएचए डे सम्पन्न


तारकेश्वर नगरपालिका अन्तरगत वडा नम्बर ८ मा सञ्चालित चिल्ड्रेन हेराल्ड एकेडेमीको एक भव्य कार्यक्रम सिएचए डे विद्यालय प्राङ्गणमा शुक्रबार सम्पन्न भएको छ । विद्यालयको १६ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको रुपमा सम्पन्न भएको सिएचए डे कार्यक्रमको अवसर पारी विद्यार्थीहरुले आफूमा विकास भएका प्रतिभाहरु प्रस्तुत गरेका छन् ।

विद्यार्थीहरुले नाचगान, जनचेतनामूूलक कार्यक्रम, नाटक लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न गरेको उक्त कार्यक्रममा अभिभावकहरुको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रम निकै नै मनोरञ्जनात्मक तवरले सम्पन्न भएको हो ।
चिल्डे«न हेराल्ड एकेडेमी विद्यार्थीहरुको औपचारिक शिक्षाको अलावा बालबालिकाको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिँदै आएको विद्यालय हो । यस विद्यालयले पछिल्ला बर्षहरुमा भौतिक पूर्वाधार, स्वस्थ खानपिन, मनोरञ्जन, खेलकुद, संस्कार, बालमनोविज्ञान लगायतका सबै पक्षलाई सम्बोधन गर्दै आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।


विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सांसद तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानको उपस्थिति रहेको थियो । यसैगरी विशिष्ट अतिथिको रुपमा सांसद रामवीर मानन्धर उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा सभापतिको भूमिका विद्यालयका सञ्चालक समिति अध्यक्ष विनोद चापागाईंंले निर्वाह गर्नुभएको थियो । विद्यालयमा छिमेकी विद्यालयका प्रिन्सिपल तथा प्रतिनिधिहरुको अलावा विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरुको समेत उपस्थिति थियो ।

उक्त कार्यक्रममा स्वागत मञ्तव्य विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले राख्दै आफूहरु निरन्तर रुपमा विद्यार्थीहरुलाई सही मार्गनिर्देश गर्ने कार्यमा निरन्तर अघी बढिरहेको बताउँदै स्वच्छ चरित्रवान् नागरिक उत्पादन गर्ने कार्यको जिम्मेवारी विद्यालयलाई प्रदान गरेकोमा अभिभावकहरु प्रति कृतज्ञता प्रकट गर्नुभएको छ ।

कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले पनि विद्यालयले छोटो अवधिमा नै राम्रो प्रगति गर्न सफल रहेको र आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा निरन्तर अघी बढ्नेमा विश्वस्त रहेको बताउनुभएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: