हास्य कलाकार एम.जि तामाङले महोत्सवमा सबैलाई हँसाए


फागुन १६ गतेदेखि भैरहेको प्रथम नुवाकोट आदिवासी महोत्सव २०७५मा आज कार्यक्रमको ९ औं दिन शुक्रबार हास्य कलाकार एम.जि तामाङको उपस्थितिले महोत्सवको वातावरण छुट्टै कायम गरेका थिए।

कार्यक्रममा कलाकार तामाङले आफू स्रोता र दर्शकको माया ममता र स्नेहकै कारण यो स्थानमा आइपुगेको भन्दै सबैलाई धन्यवाद प्रकट गरेका थिए कार्यक्रममा तामाङले कहिले नेताहरुका बोली चाली भाषा त कहि जीव जनावरका आवाज नक्कल गरेर दर्शक स्रोता तथा महोत्सव हेर्न आएकालाई पेट मिचिमिची हसाएका थिए।

अहिलेको देशमा घटिरहेको बिकृती बिसङ्गती र कुरितिलाई चिराफारा गर्दै गीत सङ्गीत साहित्यका क्षेत्रलाई समेत हास्यास्पद तरिकाले चुनौतीपूर्ण टिप्पणी प्रहार गरेका थिए।जल्दाबल्दा राजनीति उथलपुथल पार्दै सामाजिक विभिन्न विषय वस्तु र नारी दिवसका दिनको कुरा समेत कोट्याएका थिए।अरुको देखासिखी र नक्कलमा पर्दै आफ्नो कला सस्कृती धर्म परम्परा र रितिरिवाज आदिवासीहरुले कहिल्यै भुल्न नहुने समेत सचेतता कुरा प्रस्तुत गरेका थिए।

कहिले गीत गाएर त कहिले सामाजिक संजाल र

नराम्रो कुरिती कुसंस्कारका बारेमा व्याङ्ग हान्दै कार्यक्रमलाई भब्य रमाइलो बनाएको थिए।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: