भोलि शुक्रबार प्रथम नुवाकोट आदिवासी महोत्सवमा हास्य कलाकार एम.जि. तामाङ आउँदै


डिल बहादुर लामा-नुवाकोट, फाल्गुण २३ । प्रथम नुवाकोट आदिवासी महोत्सवमा साँगितिक प्रस्तुतिका लागि चर्चित हास्य कलाकार तथा भिजे एम जी तामाङ को बिशेष प्रस्तुति रहने भएको छ । रेडियो राजमार्ग ९२.१ मेगाहर्जमा अत्यन्तै चर्चित कार्यक्रम काउकुति चलाएर र बिभिन्न कार्यक्रममा आफ्ना प्रस्तुती राखेर दर्शकहरुमाझ चर्चित एम जि तामाङ माधव घलेबाट पनि चिनिनुहुन्छ । सामान्य परिवारमा जन्मिएर यतिका ठुलो स्थानमा जान सबैको साथ रहेकोले उहाँले सबैलाई धन्यवाद पनि दिनुभयो । एम जि तामाङ बहुप्रतिभाका धनी कलाकार हुन् । नेपालका सबै नेता, जनावर लगायतको नक्कल गर्न पोख्त तामाङ पछिल्लो समय यस्ता स्टेज कार्यक्रमहरुमा ब्यस्त हुनुहुन्छ ।
उहाँले कार्यक्रम आयोजना गर्ने सबै आयोजकहरुलाई हास्यकलाकारको लागी सम्झिदिन अनुरोध समेत गर्नुभएको छ । साथै उहाँले निकै ठुलो अनुरोधपछि एकवटा कार्यक्रममा गएवापत रु पाँच हजार भन्दा माथी लिने गरेको समेत खुलासा गर्नुभयो ।स्टेजमा गएर प्रस्तुति दिने मात्र ठुलो कुरा हैन, मनोरञ्जन दिनुनै महत्वपुर्ण हो जस्तो लाग्छ , तामाङ भन्छन् बिस्तारै अब बिदेशी कार्यक्रमममा पनि जाने तरखर छ ।
बिहिबारबाट सुरु भएको राष्ट्रिय स्तरका चर्चित कलाकारहरु र स्थानीय कलाकारहरुको उपस्थितीका साथ महोत्सव सञ्चालन भईरहेको छ । यसैक्रममा बिहिबार राजकिङ वाईवा, रुपा एस घले,शिव स्याङ्तान, शान्तिश्री परियारको साँगितिक प्रस्तुतिले महोत्सवको माहोल तताउनेछ ।


यसैगरी शुक्रवार एम जि तामाङका साथमा नेपाल आईडलका सेकेण्ड रनर अप प्रताप दास, चर्चित गायिका मनमाया वाईवा,चर्चित नृत्याङ्गना मालती घले, पुष्प वाईवा लगायतको प्रस्तुति रहनेछ भने फागुन २५ गते शनिवार चर्चित गायिका प्रशन्ना पाण्डे, सम्झना लामिछाने मगर, नृत्याङ्गना मनिषा सापकोटाले महोत्सवको साँगितिक माहोललाई थप उचाईमा पुर्‍याउनेछन् । यस्तै अन्तिम दिन पछिल्लो समयका चर्चित गायक कुलेन्द्र बिश्वकर्मा महोत्सवको आकर्षण बन्ने महोत्सवको आयोजक संस्था नेपाल आदिवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद् नुवाकोटका अध्यक्ष भगवान रानामगरले जानकारी दिएका छन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: