साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा उर्जाशिल अपाङ्ग सशक्तिकरणलाई कम्प्युटर सहयोग


 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पेप्सीकोला स्थित उर्जाशिल अपाङ्ग सशक्तिकरण केन्दलाई सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले १ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले उर्जाशिल अपाङ्ग सशक्तिकरणका अध्यक्ष कपिल वि.क.लाई १ थान कम्प्युटर हस्तान्तरण गर्नुभयो ।

यसबाट देशमा विद्यमान शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सूचना प्रविधिको पहुँचमा सहयोग पुग्नेछ । यसरी बैंकले आफ्ना ग्राहकहरुलाई सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८१ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको प्रेस विज्ञप्ती मार्फत बै‌कका  प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताउनुभयाे ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: