ईरान हेलिकप्टर दुर्घटना : ६ जनाको मृत्यु


सोमबार आपतकालीन औषधी र चिकित्सकहरु बोकेर उडेको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । हेलिकोप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो ।

हेलिकोप्टरमा सवार सबैजनाको मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् । पहाडी क्षेत्रमा रहेको ट्रन्समिसन टावरमा ठोक्कीएर हेलिकोप्टर दुर्घटना भएको राज्यद्धारा सञ्चालित समाचार संस्था इर्नाले जनाएको छ ।

गर्भवती महिलालाई आपतकालीन उपचारका लागि लैजान खटिएको हेलिकोप्टर दुर्घटनामा परेको राज्यद्धारा सञ्चालित इरानी टेलिभिजनले जनाएको छ । “आपतकालीन सेवाको आवश्यकता परेकी २६ वर्षिया गर्भवती महिलाको ज्यान जोगाउनका लागि गएको हेलिकोप्टर आफै दुर्घटनामा परेको हो,” आपतकालीन सेवा प्रमुख पिर होसैन कुलिभान्डले बताए । चालक दलका तीन जना र सहयोगी दुई जना गरी पाँच जनाको दुर्घटनामा परी मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: