दाँतमा मर्करी डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध सम्बन्धी निर्णयपत्रमा हस्ताक्षर

  • स्वास्थ्य क्षेत्रकाे लागि महत्वपूर्ण कदम

  • काठमाण्डौ, संयुक्त राष्ट्र संघीय मिनामाता मर्करी महासन्धि लगायत विभिन्न पेशागत संगठन, राष्ट्रिय, क्षेत्रिय एवं विश्वव्यापी रुपमा अनुशरण गर्दै गएका मर्करीमुक्त दन्त चिकित्सा सेवाबारे नेपाल डेन्टल ऐसोसिएसनले विभिन्न सम्बन्धित पेशागत संगठन, समाज र गैर सरकारी संघसंस्थाहरुसँगको समन्वयमा निम्नलिखित वातावरण र जनस्वास्थ्यमैत्री निर्णय गरेको छ । उक्त निर्णय मिति २०७५ फागुन १८ गते देखि लागु हुनेछ ।

    निर्णयमा उल्लेखित बुँदाहरु यी हुन्

    (क) झरेर जाने दुधे दाँतमा, १५ वर्ष मुनिका बालबालिकाहरुको दाँतमा र गर्भवती महिला वा शिशुलाई दूध खुवाउँदै गरेका महिलाहरुको दाँतको उपचारमा मर्करीयुक्त डेन्टल अमल्गमको प्रयोग पूर्णतया प्रतिबन्ध गरिएको छ ।

    (ख) अन्य उमेर र समूहका मानिसहरुको हकमा दाँतको उपचारमा मर्करीयुक्त डेन्टल अमल्गमको प्रयोग बिरामीको खास आवश्यक्ताको आधारमा मात्र दन्त चिकित्सकको सल्लाहमा गर्नैपर्ने अवस्था बाहेक पहिलो प्राथमिकतामा पर्नेछैनन् ।

    (ग) नेपाल डेन्टल ऐसोसिएसनले विश्वविद्यालय, कलेज एवं पाठ्यक्रम विकास बोर्डसँग सहकार्य गरी अन्तर्राष्ट्रिय अभ्याससँग मेल खाने गरीे दन्त चिकित्सा शिक्षाको पाठ्यक्रममा सुधारको सुनिश्चित गर्नेछ ।

    सबै सदस्य दन्त चिकित्सक एवं पेशागत संगठनहरु मार्फत निर्णयको प्रभावकारी रुपमा कार्यन्वयन गरीने नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारीले विस्वास दिलाउनुभएको छ । नेपाल डेन्टल एसोसिएसनले ब्रिटिस डेन्टल एसोसिएसन, यूरोपियन युनियन, विश्व डेन्टल महासंघ लगायत विभिन्न अन्य राष्ट्र र डेन्टल सोसाईटी जस्ता पेशागत संगठन, राष्ट्रिय, क्षेत्रिय एवं अन्तर्राराष्ट्रिय रुपमा अनुसरण गर्दै गएका मर्करीमुक्त दन्त चिकित्सा सेवासँग मेल खाने गरी पहल भएको जानकारी गराउनुभयो ।

    मर्करीमुक्त दन्त चिकित्सा सेवा सम्बन्धी निर्णयलाई सार्वजनिक एवं प्रमाणीकरण गर्ने समेतको काम नेपाल डेन्टल एसोसिएसनले आयोजना गरेको अर्धवार्षिक सम्मेलनको उद्घाटन शत्रको अवसरमा गरिएको छ । मर्करी अमल्गमको सट्टामा मर्करीमुक्त सुरक्षित वैकल्पिक फिलिङहरु भर्नुपर्ने कुरा समेत मर्करीको विकल्पको रुपमा प्रस्तुत गरिएको छ । साथै स्वास्थ्य मन्त्रालयले मर्करीमुक्त स्वास्थ्य सेवा एवं दन्त चिकित्सा सेवालाई स्वास्थ्य नीतिमा नै समावेश गर्ने आस्वासन समेत मानवीय स्वास्थ्य मन्त्रीज्यूले गराउनुभएको छ ।

    निर्णय जनस्वास्थ्य तथा वातावरण प्रर्वद्र्धन केन्द्रले देशभरी मर्करी डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाउन गर्दै आएको प्रयास, पैरबी र विभिन्न सरोकारवालाहरु खासगरी देशभरीका १५०० भन्दा बढी दन्त चिकित्सक सदस्यहरु रहेको नेपाल डेन्टल ऐसोसिएसन जस्ता पेशागत सँगको सहकार्यको प्रतिफलस्वरुप यो प्रयाश सफल भएको वातावरण वैज्ञानिक एवं जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सेफेड)का कार्यकारी निर्देशक राम चरित्र साहले बताउनुभएको छ ।

    जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र एसोसिएसनले गरेको निर्णयलाई उचित समयमा आएको निर्णय भनेर प्रशंसा गर्दै यसको कार्यान्यवनबाट मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीमुक्त दन्त चिकित्सा सेवा सम्बन्धी लिएका अग्रसरतामा टेवा पुग्ने विस्वास लिएको छ । साथै वन तथा वातावरण मन्त्रालयले हालै सम्पन्न गरेको नेपालको मिनामाता प्रारम्भिक मुल्याङ्कन Minamata Initial Assessment-MIA प्रतिवेदनले खासगरी मर्करी डेन्टल अमल्गमको आयात, विक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने र दन्त चिकित्सा शिक्षाको पाठ्यक्रममा मर्करीमुक्त वैकल्पिक फिलिङहरु जस्तै कम्पोजिट, ग्लास आईनोमर, कम्पोमर आदिबारे यथेष्ट समावेश गरी उचित सुधार गर्नुपर्ने जस्ता सुझावहरुको परिपालना गर्न समेत मद्दत पुग्ने विस्वास लिएको छ ।

    नेपाल डेन्टल एसोसिएसन र जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र सँगको सहकार्यमा गरेको निर्णयले जनस्वास्थ्य, अत्यन्त जोखिमपुर्ण बालबालिका र गर्भवती महिला समुदायको स्वास्थ्य र वातावरणलाई मानव गतिविधिबाट उत्सर्जित मर्करीको दुष्परिणामबाट जोगाउनुका साथै मिनामाता मर्करी महासन्धिले मानवस्वास्थ्य र वातावरण जोगाउने अन्तर्राष्ट्रिय रुपमा अनुशरण गरेकोे उद्धेश्य पूरा गर्न पनि सहायोग पुग्ने विस्वास लिएको छ ।

    मर्करी महासन्धि सन् २०१७ अगष्ट २६ तारीखबाट अन्तर्राष्ट्रिय कानुनको मान्यता प्राप्त गरिसकेको छ । हालसम्म महासन्धिमा नेपाल लगायत १२८ वटा देशहरुले हस्ताक्षर गरेका छन् भने १०२ देशले अनुमोदन समेत गरिसकेका छन् । नेपालले पाँच वर्ष भन्दा अघी (सन् २०१३ अक्टोवर १०) नै हस्ताक्षर गरेपनि हालसम्म अनुमोदन गर्नसकेको छैन । यस अवस्थामा आएको उक्त निर्णयले १५ वर्ष मुनिका बालबालिकाहरुको दाँतमा र गर्भवती महिला वा शिशुलाई दुध खुवाउँदै गरेका महिलाहरुको दाँतको उपचारमा मर्करीयुक्त डेन्टल अमल्गमको प्रयोग पूर्णतया उनमुलन गर्नुको साथै अन्य उमेर र समूहका जनता र भावी सन्ततीलाई पनि यसबाट जोगाउने कुरा केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहले बताउनु भयो ।

    केन्द्रका कार्यकारी निर्देशक साहले सम्बन्धित सरकारी निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग मर्करी अमल्गम लगायत अन्य मर्करीयुक्त उपकरणहरुको आयात, विक्रिवितरण, खरीद र प्रयोगमा प्रतिबन्ध लगाउने गरी कडा र बाध्यात्मक कानुन बनाएर पूर्णतया प्रतिबन्ध गरिनु पर्दछ । मर्करीमुक्त स्वास्थ्य सेवा, मर्करीमुक्त दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त दन्त चिकित्सा शिक्षा बन्दै गरेको स्वास्थ्य निती, स्वास्थ्य सेवा ऐन र नियमावलीमा पनि समावेश गर्न माग गर्नुभयो । वन तथा वातावरण मन्त्रालय मन्त्रालयले यथाशिघ्र मिनामाता महासन्धि अनुमोदन गरी पहिचान भइसकेका मर्करी सम्बन्धी स्वास्थ्य र वातावरणीय समस्याहरुलाई सम्बोधन गर्न आवश्यक आर्थिक र प्राविधिक सहयोग जुटाउनुपर्नेमा समेत जोड दिनुभयो ।

     

    यस अवसरमा केन्द्रका कार्यकारी निर्देशक राम चरित्र साहले “विश्वव्यापी रुपमा मर्करीमुक्त दन्त चिकित्सा” बारे भैरहेको प्रयासहरु सम्बन्धी कार्यपत्र प्रस्ततुत गर्नुभयो । मर्करीमुक्त दन्त सेवा प्रदान गरीरकेको करीब एक दर्जन दन्त अस्पताल र क्लिनिकहरुलाई कदर स्वरुप मर्करीमुक्त अस्पताल एवं मर्करी अमल्गममुक्त डेन्टल च्याम्बर अंकित स्टिकर प्रदान गरिएको थियो । साथै विभिन्न सम्बन्धित सरकारी निकाय, भन्सार विभागका निर्देशक मनोज निधी वाग्ले, विश्व स्वास्थ्य संगठन, नेपालका प्रतिनिधि राजारामपोटे श्रेष्ठ, संयूक्त राष्ट्र सघीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रम नेपाल UNDP GEF SGP Nepal) प्रतिनिधी विवेकधर शर्मा आदिले केन्द्र र एसोसिएसनले मर्करीमुक्त दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त दन्त चिकित्सा शिक्षा प्रवद्र्धन गर्न गरेको प्रयासहरुलाई मुक्तकण्ठले प्रंसा गर्नुभयो ।

    मर्करीमुक्त स्वास्थ्य सेवा, मर्करीमुक्त दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त दन्त चिकित्सा शिक्षा सम्बन्धी नीतिको अनुशरण गर्ने उद्देश्य संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रम नेपाल (UNDP GEF SGP Nepal) को सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रववद्र्घन केन्द्र (सेफेड), काठमाण्डौले कार्यान्वयन गरीरहेकोे जनचेतना अभिवृद्धि, साझा फोहाेर प्रशोधन केन्द्र बनाउने तर्फ सहयोग र नीतिगत पैरवीको माध्यमले स्वास्थ्यक्षेत्रबाट दीर्घायी प्रदूषण तथा मर्करीको उत्सर्जन घटाउँदै लैजाने परियोजना (Reduction of POPs and Mercury from Health Sector of Nepal through Awareness Raising, helping CTF set up and Policy Influences) अन्तर्गत प्राप्त गर्ने लक्ष्य रहेको थियो । यस परियोजना कार्यान्वयन र लक्ष्य प्राप्तिमा विश्वव्यापी रुपमा जनस्वास्थ्य र वातावरण संरक्षणार्थ कार्य गरिरहेको अन्तर्राष्ट्रिय संञ्जाल World Alliance for Mercury Free Dentistry (WAMFD) and International POPs Elimination Network (IPEN) हरुको पनि ऐक्यबद्धता तथा प्राविधिक सहयोग रहेको छ ।

    विश्व स्वास्थ्य संगठनकाको अनुसार मर्करी मानव स्वास्थ्य र वातावरणमा असर पुर्याउने विभिन्न मुख्य १० रसायन मध्ये एक हो । मर्करीले स्मरण शक्ति, हेर्ने र सुन्ने क्षमतामा ह्रास, प्रजनन् प्रणाली, नवजात शिशु, गर्भवती महिलाहरु, शिशुको वृद्धि विकासमा अवारोध पुर्याउँदछ । छाला समेतलाई पार गरेर शरीरका विभिन्न संवेदनशिल र महत्वपूर्ण अङ्गहरु जस्तै मस्तिष्क, फोक्सो र मृगौला सम्म बिना रोकावट सजिलै पुगेर हानी पुर्याउँदछ भने सालनाल पार गरी गर्भमा रहेको शिशुहरुको शारीरिक, मानसिक र बौद्धिक विकासमा पनि अवरोध पुर्याउँदछ ।

    Comment

    Related News 

    © 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: