हाइड्रो-इलेक्ट्रोमेकानिकल क्षेत्रमा गुणस्तरीयता वृद्धि आवश्यक छ


नेपालका हाइड्रोपावर कम्पनीलाई लक्षित गरेर इक्विपमेन्टहरुको रिपेयर, मेन्टिनेन्स, सर्भिसेस, इन्स्टलेसन तथा इक्युपमेन्टहरु सप्लाई गर्ने कार्यमा लामो समय देखि संलग्न रहँदै आउनुभएका व्यक्ति हुनुहुन्छ राजन श्रेष्ठ । पछिल्लो समय चीनमा उत्पादित टिसी कम्पनीका टर्वाइन लगायतका विभिन्न उपकरणहरु नेपालमा आयात गर्ने कार्यमा समेत ऊहाँ संलग्न हुनुभएको छ । हाइड्रोपावरको

राजन श्रेष्ठ, अध्यक्ष, नेपाल इनर्जी एण्ड इन्भाइरोमेन्टल स्टडिज प्रा.लि

लागि आवश्यक सम्पूर्ण उपकरण उपलब्ध गराउने, विक्री पछि आवश्यक पर्ने सबै किसिमका सेवाहरु एकै ठाऊँमा प्रदान गर्ने, आफैंले हाइड्रो प्रोजेक्टहरुको सञ्चालन गरी हस्तान्तरण समेत गर्ने लगायतका विभिन्न कार्यमा संलग्न श्रेष्ठ गुणस्तरीयतामा आधारित कामलाई विशेष प्राथमिकताको साथ अघी बढाउँदै आउनुभएको छ । हाल ऊहाँकै सक्रियतामा सञ्चालित निश इन्जिनियरस मातहत हाइड्रोमेकानिकल इक्विपमेन्टहरुको सप्लाई तथा विक्री पछि गर्नुपर्ने सबै किसिमका सेवाहरु सहज तवरले उपलब्ध गराउने काम समेत हुँदै आएको छ ।

कम्पनीको अवधारणा 
करिब ६ बर्ष पहिले देखि आफैंले कम्पनी दर्ता गरी आधिकारिक रुपमा काम शुरु गर्नुभएका श्रेष्ठ इलेक्ट्रोमेकानिकल इक्युपमेन्टको रिपेयर तथा मेन्टेनेन्समा भने निकै लामो समय देखि नै संलग्न हुनुहुन्थ्यो । आफूले बटुलेको अनुभवको आधारमा केही इन्जिनियरहरुलाई साथमा लिएर व्यवस्थित तवरले अघी बढ्नुपर्ने मान्यताले नेपाल इनर्जी एण्ड इन्भाइरोमेन्टल स्टडिज प्रा.लि. स्थपना गरेको ऊहाँले बताउनुभयो ।

श्रेष्ठ मातहतका कम्पनीहरुले उपलब्ध गराउने सेवाहरु 
हाल राजन श्रेष्ठ मातहत विभिन्न क्षेत्रमा काम गर्ने फरक–फरक कम्पनीहरु सञ्चालन हुँदै आएका छन् । खासगरी हाइड्रो(इलेक्ट्रोमेकानिकलका म”ख्य ईक्विपमेन्टहरु जेनेरेटर, टरवाईन, गर्भनर, ओ.पि.य” एल.ओ.एस् बेयरिङ, थ्रि फेज कन्ट्रोल प्यानल बोर्डको रिपेयर एबम् रिक्यालिब्रेशन तथा सेटिङ्ग लगायतका कामहरु गर्नुको साथै ट्रान्समिशन लाईन सम्बन्धी आवश्यक कामहरु तथा हाइड्रोपावरको लागि आवश्यक कच्चा पदार्थ, स्पियर पार्टस आयात तथा विक्री, एवम् आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउने लगायतका कामहरु समेत श्रेष्ठ मातहतका कम्पनीहरुबाट उपलब्ध हुने गरेका छन् । कतिपय अवस्थामा हाइड्रोपावर डेभलपरसँग आवश्यक दक्षता बमोजिमका जनशक्ति तथा प्राविधिक ज्ञान नभए आफूहरुले नै निश्चित सर्तहरुमा रही लिज्डमा लिएर अपरेसन समेत गरिदिने श्रेष्ठ बताउनुहुन्छ ।

अहिले सम्म नेपालमा जलविद्युत आयोजना विकास गर्ने क्रममा अधिकांश मात्रामा ती योजनाहरुको लागि इलेक्ट्रोमेकानिकल कन्सल्ट्यान्ट कम्पनीहरु छनोट गर्ने काम हुन सकेको छैन । सिभिल इन्जिनियरहरुबाटैआवश्यक सबै काम गर्न सम्भव पनि हुँदैन । जलविद्युत कम्पनीमा आउन सक्ने प्राविधिक समस्याहरुको बारेमा शुरुमा नै सचेत रही सम्बन्धित कम्पनीले इलेक्ट्रोमेकानिकल कन्सल्ट्यान्टको समेत व्यवस्था गर्ने हो भने आउन सक्ने अधिकांश समस्यामा रिपेयर तथा मेन्टेनेन्सको ठूलो खर्च घटाउन सकिन्छ ।

इलेक्ट्रोमेकानिकल इक्विपमेन्टको प्राविधिक पक्ष 
कुनै प्रोजेक्टलाई दिगो रुपमा कम खर्चिलो तवरले सञ्चालन गर्न इलेक्ट्रोमेकानिकल इक्विपमेन्टको प्राविधिक पक्षबारे विशेष सचेत हुनु जरुरी रह

न्छ । तर नेपालमा अहिले सम्म जलविद्युत उत्पादक कम्पनीहरुलाई यसबारे आवश्यक ज्ञान रहेको पाईंदैन । जसले गर्दा जुन रुपमा ती सामानको मर्मतसम्भार हुनुपर्ने हो, त्यो समेत हुन सक्ने अवस्था रहँदैन । प्राविधिक पक्षमा ध्यान नदिईंदा हाइड्रोपावर जेनेरेसनको लागि लिएका ती इक्युपमेन्टहरुमा केही बर्षमा नै समस्या देखिने अवस्था नेपालका अधिकांश जलविद्युत उत्पादक कम्पनीहरुमा देखिएको छ । जसले गर्दा केही बर्षमा नै पूरै नयाँ सिष्टम जडान गर्नुपर्ने र मर्मतसम्भारको लागि नै उच्च मूल्य चुकाउनुपर्ने अवस्था समेत छ ।

इलेक्ट्रोमेकानिकल कन्सल्ट्यान्टको आवश्यकता 
अहिले सम्म नेपालमा जलविद्युत आयोजना विकास गर्ने क्रममा अधिकांश मात्रामा ती योजनाहरुको लागि इलेक्ट्रोमेकानिकल कन्सल्ट्यान्ट कम्पनीहरु छनोट गर्ने काम हुन सकेको छैन । सिभिल इन्जिनियरहरुबाटैआवश्यक सबै काम गर्न सम्भव पनि हुँदैन । जलविद्युत कम्पनीमा आउन सक्ने प्राविधिक समस्याहरुको बारेमा शुरुमा नै सचेत रही सम्बन्धित कम्पनीले इलेक्ट्रोमेकानिकल कन्सल्ट्यान्टको समेत व्यवस्था गर्ने हो भने आउन सक्ने अधिकांश समस्यामा रिपेयर तथा मेन्टेनेन्सको ठूलो खर्च घटाउन सकिन्छ ।

टेक्निकल जनशक्ति
सामान आयात गर्ने कम्पनीले सामान विक्री गर्ने समयमा उक्त उपकरण सञ्चालनको लागि कसरी के कार्य गर्ने भन्ने सम्बन्धमा विभिन्न सल्लाह दिने भएपनि सम्बन्धित क्षेत्रका दक्ष जनशक्ति उक्त आयोजनामा उपलब्ध नहुने भएको कारण नेपालमा यस किसिमका काम गर्न निकै समस्या आउने गरेको छ ।

गुणस्तरीयतमा पनि सचेत बन्नु जरुरी छ 
नेपालमा अहिले विभिन्न कम्पनीहरुले विभिन्न देशहरुबाट इलेक्ट्रोमेकानिकल सामानहरु आयात गर्दै आएका छन् । तर ती कम्पनीहरुले आयात गरेका सामानहरुको गुणस्तरीय पक्षबारे भने अहिले सम्म कसैले पनि विचार गर्न सकेको पाईंंदैन । नेपालमा यस्ता सामानहरुको गुणस्तरीयता जाँच गर्ने सम्बन्धमा नेपाल सरकारबाट समेत कुनै पनि प्रयाश भएको पाईंदैन । अहिले नेपालमा भित्रिने अधिकांश सामानहरुको गुणस्तरीयता कमजोर रहेको पाईन्छ । जसले गर्दा नेपालमा यस क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्नमा कठिनाई सृजना भएको छ ।

सुधारको लागि गर्नुपर्ने प्रयाश 
अहिले नेपालका सप्लायर्स र हाइड्रोपावर डेभलपर बीचका कामहरुलाई गुणस्तरीय बनाउनको निम्ति सम्बन्धित हाइड्रो प्रोजेक्टमा अनिवार्य रुपमा इलेक्ट्रोमेकानिकल प्राविधिक जनशक्ति रहने व्यवस्था गर्नु जरुरी छ । तर अहिले सम्म भने प्रोजेक्टमा काम गर्नुपर्दा सप्लायर्सले भनेकै कुरालाई आधार मान्नुपर्ने अवस्था छ । साँच्चै ती सामानहरु आवश्यक गुणस्तरका छन् कि छैनन् भन्ने सम्बन्धमा गुणस्तरीयता परीक्षण कार्य भने अहिले सम्म हुन सकेको छैन ।

यसकारण हामी आयातमा जाँदैछौं 
नेपालमा हामी इलेक्ट्रो मेकानिकल इक्युपमेन्टहरु सप्लाई गर्ने कार्यमा अहिले भर्खरमात्रै संलग्न भएका हौं । निकै लामो समय देखि यस क्षेत्रमा संलग्न रहेर काम गर्ने क्रममा हामीले सिकेको सीप र अनुभवको आधारमा नेपाली बजारमा अझै पनि राम्रा हाइड्रो(इलेक्ट्रोमेकानिकल इक्युपमेन्टहरु उपलब्ध हुन नसकेको कुरालाई विचार गरेर नै हामी आफैंले आयात शुरु गरेका हौं ।

अहिले नेपालमा खासगरी भारतीय र चिनियाँ बजारका उपकरणहरु बढी मात्रामा आयात भइरहेका छन् । तर गुणस्तरीयताको हिसाबले राम्रो हुँदाहुँदै पनि शुल्क निकै महँगो पर्न जाने भएकोले युरोपियन स्ट्याण्डर्डका उपकरणहरु भने नेपालमा निकै कममात्र उपलब्ध हुन सकेका छन् ।

अहिलेको अवस्था 
अहिले नेपालमा कुनै नयाँ प्रोजेक्टमा इलेक्ट्रोमेकानिकल इक्युपमेन्ट इन्स्टल गरेको खण्डमा २–३ बर्षमा नै ती इक्युपमेन्टहरुको मेन्टिनेन्स खर्च उच्च आउने गरेको छ । साथै नेपालमा अहिले सम्म यस क्षेत्रमा राम्रो तवरले रिपेयरको काम गर्नको निम्ति जनशक्ति समेत अभाव छ । नेपालमा यी इक्युपमेन्टका पार्टपुर्जा बिग्रिएको खण्डमा ती उपकरण तथा इक्विपमेन्ट उपलब्ध समेत हुन नसक्ने अवस्था छ । यिनै कुरालाई विचार गरेर नै हामीले पनि यी सामानहरुमा सहज पहुँच उपलब्ध हुन सकोस् भन्ने मान्यताले हामीले नेपालमा नै रहेर काम गरिरहेका छौं ।

श्रेष्ठका कम्पनी संलग्न रहेका योजनाहरु 
पोखराको टास्क हाइड्रो ( १ मे.वा.), मिडल चाखु खोला (१.८ मे.वा) इलामको माइखोला (४.५ मे.वा), माइखोला अन्तरगतकै माइक्यास्केट (८ मे.वा), चाके खोला हाइड्रो (२.८ मे.वा.), जोशी हाइड्रो (३ मे.वा.) लगायतमा थुप्रै आयोजनाहरुमा इलेक्ट्रोमेकानिक्स सेवा उपलब्ध गराउने कार्यमा राजन श्रेष्ठको संलग्नता रहँदै आएको छ । विभिन्न प्राविधिक कारणले समस्या आई बन्द भएको झेंडीखोला (२.२ मे.वा)को आयोजनामा इलेक्ट्रो मेकानिक्स सञ्चालन गर्नमा श्रेष्ठको महत्वपुर्ण भुमिका छ ।

बजार 
अहिले नेपालमा खासगरी भारतीय र चिनियाँ बजारका उपकरणहरु बढी मात्रामा आयात भइरहेका छन् । तर गुणस्तरीयताको हिसाबले राम्रो हुँदाहुँदै पनि शुल्क निकै महँगो पर्न जाने भएकोले युरोपियन स्ट्याण्डर्डका उपकरणहरु भने नेपालमा निकै कममात्र उपलब्ध हुन सकेका छन् ।

नेपालमा सामानहरु आयात गर्ने क्रममा भारतीय बजारमा सामान एसेम्ब्लिङ गरेर विक्री गर्ने प्रचलन रहेको कारण शुरुमा सबै सामानहरु एकै ठाऊँबाट उपलब्ध भएपनि कुनै पार्टसमा समस्या आए सम्बन्धित कम्पनीको पहुँचमा पुग्न निकै गाह्रो पर्छ । विक्रेताले एउटा कम्पनीको चार्जिङ प्यानल, अर्को एउटा कम्पनीको कन्ट्रोल प्यानल, अर्कोबाट रिले प्यानल, अर्कोबाट एक्साइटेसन प्यानल अर्को बाट ट्रवाईन जेनेरेटर लगायत संकलन गरी जोडेर फुल प्याकेजमा सर्भिस उपलब्ध गराउँछन् । एक–एक ठाऊँबाट एक–एक वस्तुहरु सङ्कलन गरेर विक्री गर्दा विक्री पछिको सेवामा समस्या उत्पन्न हुन सक्छ । त्यसरी प्याकेजरबाट खरिद गरिएको सामान विग्रिएको खण्डमा त्यसको जिम्मेवारी स्वयं नेपाली जलविद्युत उत्पादक कम्पनीले नै लिनुपर्ने अवस्था समेत रहन्छ ।

उपकरणमा आवश्यक लगानी 
नेपालमा हामीले चीनबाट सामान उपलब्ध गराउन करिब ३–४ करोड रकम लगानी हुन्छ, भारतीय इलेक्ट्रोमेकानिकल उपकरणको मूल्य साढे ४ देखि ५करोडमा छन् भने युरोपियन मेसिनहरु ६ करोड भन्दा माथिका छन् । ( यो आँकडा १ मे.वा प्रोजेटको लागि हो ।)

 

जलविद्युत उत्पादकले विचार गर्नुपर्ने कुरा 
नेपालमा प्रोजेक्ट आयोजकले प्रोजेक्ट निर्माण गरेपश्चात्त्यसलाई कसरी मुनाफामा लैजाने भन्ने सम्बन्धमा बढी सोच्नुपर्ने भएपनि उक्त आयोजनाको प्राविधिक पक्ष कस्तो छ भन्ने सम्बन्धमा पनि सचेत हुनु विशेष जरुरी देखिन्छ । यसो हुन सकेको खण्डमा मात्र आयोजनाको लागत कम हुन जाने र दिगो रुपमा सम्भावित दुर्घटनाबाट बचाउन सकिने किसिमले काम गर्न सकिने अवस्था रहन्छ ।

उद्यमी श्रेष्ठको संक्षिप्त पृष्ठभूमी 
बालाजु ईस्कुल अफ ईन्जिनियरिङ एन्ड टेक्नोलोजिबाट डिप्लोमा ईन ईलेक्ट्रिकल ईन्जिनियरीङ तथा कान्तिपुर सिटी कलेज बाट ईलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा इन्जिनियरिङ तहको अध्ययन गर्नुभएको हो । लामो समय नवीकरणीय ऊर्जा क्षेत्रमा रहेर समेत काम गर्नुभएका ऊहाँले इन्डष्ट्रियल फिल्डमा करिब ४–५ बर्ष रिपेयर तथा मेन्टिनेन्सको काम गरिसकेपछि त्यससँगै आफैंले व्यवसाय शुरु गर्ने मान्यताले‘नेपाल इनर्जी एण्ड इन्भाइरोन्मेन्ट’ नामक कम्पनीको शुरुवात गर्नुभएको हो । शुरुमा केही इन्जिनियरहरुको सहकार्यमा विभिन्न आयोजनाहरुमा इन्जिनियरिङ तथा मेकानिकल परामर्श सम्बन्धी काम गर्दै आउनुभएको छ ।

श्रेष्ठ मातहतका कम्पनीले उपलब्ध गराउँदै आएका सेवाहरु 
नेपालमा किर्लोस्कर कम्पनीका उत्पादनहरु बजारमा ल्याउने प्रक्रियामा श्रेष्ठ संलग्न हुनुहुन्छ । चीनमा निर्मित टिसी कम्पनीको उपकरण आयात गर्दै आउनुभएका ऊहाँले मेकानिकल सामानहरुको सप्लाई, इन्स्टलेसन, मेन्टेनेन्स, अपरेसन लगायतका कामहरु गर्दै आउनुभएको छ । अहिलेको अवस्थामा आफुहरु ३० मेगावाट सम्मका आयोजनाहरुको जिम्मेवार लिएर काम गर्न तयार रहेको श्रेष्ठ बताउनुहुन्छ ।

 

 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: