आर्किटेक्ट काउन्सिल स्थापना हुनु आवश्यक छ : आर्किटेक्ट सुरज खनाल


नेपालमा अहिलेको अवस्थामा आर्किटेक्टहरुको उपयोग गरेर घरहरु निर्माण गर्ने कार्य शुरु भएको छ । वास्तवमा वास्तुविद्को रुपमा समेत चिनिने आर्किटेक्टहरुको महत्व पछिल्ला दिनहरुमा बढ्दै गएको छ । आर्किटेक्टहरुले राम्रो तवरले व्यवस्थित रुपमा भवन निर्माण सम्बन्धी काम गर्न सक्ने हो भने व्यवस्थित रुपमा आकर्षित र सुन्दर भवन सुलभ दरमा नै निर्माण गर्न सकिने अवस्था समेत छ ।

 

विगतमा आर्किटेक्ट क्षेत्रः
विगतमा आर्किटेक्चर विधालाई खासगरी महिलाहरुले पढ्ने विधाको रुपमा मात्र लिने गरिन्थ्यो । तर व्यावहारिक रुपमा हेर्दा अधिकांश नाम चलेका आर्किटेक्टहरु भने पुरुष नै रहेको पाइन्छ । विगतमा आर्किटेक्टलाई नक्सा कोन सिपालु इन्जिनियरहरुको रुपमा मात्रै हेरिने गरेकोमा पछिल्ला केही बर्ष देखि (खासगरी भू–कम्प पश्चात्) भने आर्किटेक्टलाई विशेष स्थान दिने काम हुँदै आएको छ ।

युवा उद्यमीकाे रुपमा परिचय बनाउनुभएका आर्किटेक्ट सुरज खनाल इन्जेनियस डेभलपर्स प्रा.लि.सञ्चालक हुनुहुन्छ । नेपालमा विगत करिब १० बर्ष पहिले देखि आर्किटेक्टको रुपमा काम गर्दै आउनुभएका खनाल हालै सम्पन्न सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना)को निर्वाचन मार्फत १३ औं कार्यसमितिको लागि महासचिव पदमा निर्वाचित हुनुभएको छ । नेपाली आर्किटेक्टको हक, हित र अधिकारको लागि काम गर्दै आएको यस संस्थाको पहिचान विस्तारमा आफू निरन्तर लागिरहँदै आएको र अझ सक्रियतापूर्वक आफू अघी बढ्ने ऊहाँ बताउनुहुन्छ ।

नेपालमा अहिले आर्किटेक्चर क्षेत्र  
नेपालमा विगत

आर्किटेक्ट सुरज खनाल महासचिव, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स प्रबन्ध निर्देशक, इन्जेनियस डेभलपर्स प्रा.लि

केही बर्ष पहिले सम्म निकै कम व्यक्तिहरुले मात्र आर्किटेक्चर अध्ययन गर्ने अवस्था रहँदै आएको थियो । अहिले भने आर्किटेक्ट अध्ययन गर्नेहरुको सङ्ख्या बढ्दो छ । साथै सेवाग्राहीहरुमा समेत आर्किटेक्टहरुको आवश्यकता सम्बन्धी सचेतना जागरण भएको छ । जसले गर्दा पछिल्लो समय नेपालमा व्यवस्थित रुपमा विकास कार्यहरु अघी बढेको सोनाका महासचिव सुरज खनाल बताउनुहुन्छ । अहिले सम्म नेपालमा यस आर्किटेक्टहरुको अलग पहिचान बन्दै गएको भएपनि आर्किटेक्टलाई जुन महत्व दिनुपर्ने हो, राज्य मातहत त्यो व्यवस्था भने हुन सकेको अवस्था छैन । राज्यले सबै स्थानीय तहमा अनिवार्य रुपमा आर्किटेक्ट रहनुपर्ने व्यवस्था गर्नुपर्नेमा खनालको जोड रहँदै आएको छ । नेपाल इन्जिनियरिङ काउन्सिलको तथ्याङ्क अनुसार अहिले नेपालमा करिब २ हजार आर्किटेक्टहरु काउन्सिलका सदस्य छन् ।

किन आवश्यक छ आर्किटेक्ट ?
आर्किटेक्ट भनेका योजनाविद् हुन् । उनीहरुले बनाएका योजनाको आधारमा नै विकास तथा पूर्वाधार निर्माण कार्यलाई राम्रो ढाँचामा विकास गर्न सकिन्छ । वास्तुशास्त्रको बारेमा राम्रो ज्ञान भई व्यावहारिक हिसाबले वास्तु सिष्टमलाई कार्यान्वयनमा ल्याउने कार्यमा आर्किटेक्टको भूमिका महत्वपूर्ण रहँदै आएको छ । आर्किटेक्टहरुले भवन निर्माणार्थ डिजाइन गर्ने क्रममा भौगोलिक परिस्थितिलाई ख्याल गर्दै कुन सामान कहाँ र कसरी राख्दा बढी व्यवस्थित र सुन्दर देखिन्छ भन्ने सम्बन्धमा विशेष चासोको साथ काम गरेका हुन्छन् ।

हाल सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना)ले यस क्षेत्रमा कार्यरत सदस्य व्यवसायीहरुको व्यावसायिक हक, हित र अधिकारको लागि काम गर्दै आएको छ । यस क्षेत्रलाई व्यवस्थित तवरले अघी बढाउनको निम्ति विशेष तवरले काम गर्नुपर्छ भन्ने मान्यता राख्नुहुने खनाल यस संस्थालाई विशेष पहिचानको साथ अघी बढाउनुपर्ने मान्यता राख्नुहुन्छ । नेपालका संस्थाहरु मध्ये यस सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्सलाई विशिष्ट पहिचानको साथ अघी बढाउनुपर्ने मान्यताको साथ ऊहाँ लामो समय देखि काम गर्दै आउनुभएको छ ।

आर्किटेक्चर काउन्सिल आवश्यक छ 
विश्वका विभिन्न थुप्रै देशहरुमा आर्किटेक्ट क्षेत्रमा रहेर काम गरिरहेका व्यवसायीहरुलाई समेट्दै यस क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने मान्यता सहित निकै पहिले देखि नै सरकार मातहत नै आर्किटेक्ट काउन्सिल स्थापना भइसकेका छन् । तर नेपालमा भने अहिले सम्म पनि आर्किटेक्टहरुलाई समेट्न र उचित महत्व प्रदान गर्न नसकिएको कुरालाई सम्बोधन गर्न नेपालमा आर्किटेक्ट काउन्सिल स्थापना निकै नै आवश्यक बनेको छ । यस कार्यमा सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना)को समेत महत्वपूर्ण भूमिका रहनेछ ।

आर्किटेक्ट र इन्जिनियर एउटै होइनन् 
कुनै सरकारी सेवामा संस्थामा आर्किटेक्टको आवश्यकता पहिचान हुन नसकेको कारण इन्जिनियरको रुपमा नै सेवामा छिर्नुपर्ने अवस्था छ । आगामी दिनमा नेपाल सरकारले पनि आर्किटेक्टहरुको महत्वलाई विशेष महत्वको साथ सरकारी सेवामा प्रवेश गर्ने वातावरण सृजना गर्नुपर्छ ।

वास्तुको महत्व 
वास्तवमा वास्तुले कुनै निर्माण भएको संरचनालाई कसरी बढि सुरक्षित तथा सहज बनाउन सकिन्छ भन्ने सम्बन्धमा विशेष जोड दिँदै सोही बमोजिमका भूमिका निर्वाह गर्छ । सोही बमोजिम नेपालमा पनि वास्तुको सान्दर्भिकतालाई ध्यान दिएर सोही बमोजिम वास्तु प्रणालीमा काम हुँदै आएको छ ।

नेपालमा वास्तु अभ्यास 
अहिले नेपालमा वास्तु क्षेत्रमा काम गर्ने २ किसिमको परिपाटीहरु प्रचलनमा छन् । एक किसिमका वास्तुविद्हरुले परम्परागत तवरले तन्त्र, मन्त्र र यन्त्रहरुको प्रयोग मार्फत ग्रहशान्ति तथा वास्तुदोष निवारण सम्बन्धी कार्य गर्दै आइरहेको अवस्था छ । वास्तवमा ऊहाँहरुलाई वास्तु तान्त्रिकको संज्ञा दिन सकिन्छ । साथै अर्काथरी भौतिक पूर्वाधार डिजाइन तथा परामर्शको क्षेत्रमा संलग्न आर्किटेक्टहरु पनि प्रयोगमा आधारित भई कार्य गर्ने वास्तुविद् नै हुन् । अहिले इन्जिनियरिङ विधा अन्तरगत अध्ययन हुने ५ बर्षे शैक्षिक कार्यक्रम अध्ययन गरेर प्रयोगात्मक तवरले वास्तु तथा कलाको पहुँच विस्तार सम्बन्धी कार्य गर्दै आइरहेका आधुनिक वास्तुशास्त्रीहरुले समेत काम गर्दै आइरहेका छन् । यी एउटै क्षेत्रका २ फरक विधाहरु हुन् ।

वास्तु सम्बन्धमा विभिन्न सिद्धान्तहरु प्रचलनमा छन् । वास्तवमा आर्किटेक्टले सैद्धान्तिक पक्षलाई मात्र नभई प्रयोगात्मक र व्यावहारिक पक्षलाई विशेष महत्व दिँदै सोही बमोजिम वास्तु अभ्यास गरिँदै आइएको छ । जग्गा किन्ने समय देखि नै वास्तु शुरु हुने हुँदा घरको नक्सा तथा निर्माण पक्षलाई मात्र हेरेर हुँदैन । वास्तु पूर्ण रुपमा लागु गर्नको निम्ति जग्गाको अवस्थिति समेत विशेष महत्वपूर्ण हुने हुनाले सम्भव भएसम्म जग्गा किन्ने बेलामा समेत यस पक्षलाई विशेष रुपमा विचार गर्नुपर्छ ।

 

दिगो विकास अवधारणामा साेना
पछिल्लो समय काठमाडौं उपत्यका विकास प्राधिकरणले यहाँको दिगो विकासलाई जुन महत्वको साथ अघी बढाएको छ, जुन राम्रो शुरुवात हो । अहिले जुन तवरले उपत्यकामा शहरीकरण हुँदै आएको छ, यस्तो अभ्यास कायम रहेमा शहर बिग्रने कुरालाई विचार गर्दै दिगो विकास अवधारणा बमोजिम हाम्रो विकास कार्य अघी बढ्नु नितान्त आवश्यक छ । यस कार्यलाइ साेनाले समेत निकै महत्वकाे साथ आवाज उठाउँदै आएकाे छ ।

कस्ताे स‌‌स्था हाे साेना 
नेपालमा आर्किटेक्चर विधाको अध्ययन शुरु हुनुपुर्व नै स्थापना भएको सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना) नेपालमा व्यवस्थित विकास कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको संस्था हो । यस संस्थाले व्यवसायीहरुलाई संगठित गर्दै व्यवस्थित विकास सम्बन्धी तालिम, सचेतना जागरण, अन्तरक्रिया लगायतका कामहरु समेत गर्दै आएको छ । नेपालमा कार्यरत स्वदेशी आर्किटेक्टहरुको क्षमता विकास तथा विश्वमा विकास भएका नयाँ प्रविधिहरुको जानकारी उपलब्ध गराउने कार्यमा समेत यस संस्थाको महत्वपूर्ण भूमीका छ ।

हाल सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स विभिन्न अन्तराष्ट्रिय संस्थाहरुसँग समेत सहकार्य गर्दै आफ्ना गतिविधिहरु अघी बढाइरहेको छ । विश्वभर रहेका आर्किटेक्चर क्षेत्रमा संलग्न संस्थाहरुसँग सहकार्य गर्दै ती संस्थाहरुबाट नेपालका आर्किटेक्टहरुमा विदेशी सीप र प्रविधि भित्र्याउनको लागि समेत विशेष पहल गर्दै आएको यस संंस्थाले देश भित्र आर्किटेक्टको महत्व राज्य पक्षसँग पुर्याउनुको अलावा नेपालका हरेक स्थानीय तहमा आर्किटेक्चर अनिवार्य रहने व्यवस्था गर्नको निम्ति वातावरण सृजना गर्ने कार्यमा राज्य पक्षलाई दबाब दिने तथा नेपाली आर्किटेक्टहरुको क्षमता विश्वबजारमा नै पुर्याउने कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: