इन्जिनियरिङले परिक्षा दिएर मात्र लाइसेन्स पाउने व्यवस्था हुनुपर्छ


विनोद प्रकाश पण्डित निर्देशक, ट्रेसेबल मेजरमेन्ट प्रा. लि

विगत ९ बर्ष पहिले पुल्चोक क्याम्पसबाट माष्टर डिग्री तहको अध्ययन पूरा गर्नुभएका विनोद प्रकाश पण्डित हाल सेन्टर फर डेमोक्रयाटिक इन्जिनियर्स नेपाल (सिडेन)का महासचिव हुनुहुन्छ । इन्जिनियरिङ कन्सल्टिङ फर्मको रुपमा ट्रेसेबल मेजरमेन्ट प्रा.लि.का निर्देशक समेत रहनुभएका ऊहाँ पेशाले सिभिल इन्जिनियर हुनुहुन्छ । पुल लगायतका विभिन्न क्षेत्रमा रही काम गर्दै आउनुभएका ऊहाँ यस क्षेत्रका एक अनुभवी व्यक्तिकाे रुपमा चिनिनुहुन्छ ।

नेपालकाे इन्जिनियरिङ क्षेत्र सँग सम्बन्धित विविध विषयवस्तुमा रही ईन्जिनियर विनाेद प्रकाश पण्डितसँग गरेकाे कुराकानीकाे सम्पादित अ‌श यहाँ प्रकाशन गरिएकाे छ ।

नेपालमा इन्जिनियरहरुलाई राज्य पक्षले कत्तिको महत्व दिइएको अवस्था छ ?
नेपालमा अहिले सम्म इन्जिनियरहरुलाई राज्यले जुन हिसाबले सम्बोधन गर्नुपर्ने थियो, त्यो अवस्था बनिसकेको छैन । अहिले सम्म पनि नेपाल सरकारले ईन्जिनियरहरुको भूमिकालाई राम्रो स्थान दिन नसकेको कुरा सरकारी सेवामा रहेर काम गर्ने इन्जिनियरहरुलाई उपलब्ध गराउने तलब रकम न्यूनतम आधारभूत आवश्यकता पुर्ति गर्न समेत अपुग हुने अवस्थाबाट समेत जानकारी पाउन सकिन्छ । यस्तो अवस्थामा नेपालमा रहेर राम्रो तवरले काम गर्न इन्जिनियरहरुलाई उपयुक्त वातावरण बन्न सकेको छैन ।

अहिले नेपालमा कार्यरत इन्जिनियरहरुको सङ्ख्या कति छ ?
अहिले नेपालमा रहेर काम गरिरहेका इन्जिनियरहरुको आधिकारिक तथ्याङ्क उपलब्ध नभएपनि अहिले १५ हजार देखि १८ हजार इन्जिनियरहरु कार्यरत रहेको अनुमान गर्न सकिन्छ । तथापि नेपालका इन्जिनियरहरु अहिले ४० हजार भन्दा बढी सङ्ख्यामा छन् । यस मध्ये अधिकांश नेपाली इन्जिनियरहरु नेपालमा नभई विदेशमा नै कार्यरत छन् । यो तथ्याङ्क इन्जिनियरिङ काउन्सिलको सूचीकरणबाट लिइएको हो ।

नेपालमा सञ्चालित इन्जिनियरिङ शैक्षिक कार्यक्रम कत्तिको प्रभावकारी भएको छ ?
नेपालमा अहिले इन्जिनियरिङ सम्बन्धी अध्ययन हुने कलेजहरुको सङ्ख्या त निकै नै बढेको छ । हाल ३५ सय देखि ४ हजार व्यक्तिहरुले प्रत्येक बर्ष इन्जिनियरिङ अध्ययन गर्ने गरेको तथ्याङ्क पाइन्छ । तर यसको गुणस्तरताीयमा जुन सुधार आउनुपर्ने थियो, त्यो भने हुन सकेको छैन ।

कस्तो संस्था हो सिडेन ?
वैचारिक हिसाबले लोकतन्त्रवादी विचारधारालाई अङ्गाल्दै आएका नेपालका इन्जिनियरहरुको हक, हित र अधिकारको लागि काम गर्दै आएको संस्था हो सिडेन । यसको स्थापना २०६५ मा भएको हो । नेपाली काङ्ग्रेस निकट सम्बन्ध कायम गर्नमा विशेष भूमिका खेल्दै आएको यस संस्थाले नेपाली काङ्ग्रेसको भातृ संगठनको रुपमा काम गर्दै आएको छ । नेपाल इन्जिनियर्स एसोसिएसनको भर्खरै निर्वाचन सम्पन्न भएको परिप्रेक्ष्यमा आगामी दिनमा विकासका गतिविधिहरु समेत यस संस्था मार्फत अघी बढाउनको निम्ति विभिन्न मागहरु आइरहेका छन् ।

अहिले नेपालमा रहेर काम गरिरहेका इन्जिनियरहरुको आधिकारिक तथ्याङ्क उपलब्ध नभएपनि अहिले १५ हजार देखि १८ हजार इन्जिनियरहरु कार्यरत रहेको अनुमान गर्न सकिन्छ । तथापि नेपालका इन्जिनियरहरु अहिले ४० हजार भन्दा बढी सङ्ख्यामा छन् । यस मध्ये अधिकांश नेपाली इन्जिनियरहरु नेपालमा नभई विदेशमा नै कार्यरत छन् । यो तथ्याङ्क इन्जिनियरिङ काउन्सिलको सूचीकरणबाट लिइएको हो ।

इन्जिनियरहरुको गुणस्तरीयता र कार्यदक्षता बढाउन के गर्नुपर्ला ?
नेपालमा शैक्षिक कार्यक्रम पूरा गरेपश्चात् आधिकारिक रुपमा ईन्जिनियर बन्नको लागि अहिले जसरी मेडिकल शिक्षा अध्ययन पश्चात् डाक्टर बन्न अनिवार्य रुपमा दक्षता जाँच गरी लाइसेन्स उपलब्ध गराउने व्यवस्था गरिएको छ, त्यसरी नै इन्जिनियरहरुको पनि दक्षता परिक्षण गरेर मात्र लाइसेन्स उपलब्ध गराउनुपर्ने व्यवस्था आवश्यक देखिएको छ । यो व्यवस्था भएको खण्डमा हामीले जुन गुणस्तरीयताको जनशक्ति उपलब्ध हुनुपर्ने हो, सोही बमोजिमका जनशक्ति प्राप्त गर्न सक्छौं । हामीले लामो समय देखि यस्तो आवश्यकता बारे आवाज उठाउँदै आउने क्रममा अहिले यो प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, अब छिट्टै ऐनको रुपमा आउनेछ । यसको साथै दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा नेपालमा सञ्चालनमा रहेका शैक्षिक संस्था सञ्चालकहरु पनि आफू थप जिम्मेवार बन्दै सोही बमोजिम अघी बढ्नु जरुरी रहन्छ ।

यस क्षेत्रलाई थप गुणस्तरीय बनाउन इन्जिनियरहरुको वर्गिकरण हुनुपर्ने आवश्यकता पनि देख्नुहुन्छ कि ?
वास्तवमा इन्जिनियरिङ अध्ययन गरेर मात्र सबै काम गर्न सक्षम इन्जिनियर बन्न सकिँदैन । यस भित्र पनि विभिन्न क्याटागोरीहरु छन् । सबैमा सबै किसिमको क्षमता पनि हुँदैन । सम्बन्धित व्यक्तिको अध्ययन र उसको अनुभव महत्वपुर्ण रहने हुनाले हामीले नेपालमा सिभिल इन्जिनियर भन्दैमा त्यस क्षेत्रका सबै काम गर्न सक्छ भन्ने पनि हुँदैन । सिभिल भित्र भनिँदैमा पनि यस अन्तरगत पर्ने पूल, सडक, ढल, घर लगायतका सबै क्षेत्रहरुको काम गर्ने सक्ने अवस्था रहँदैन ।डिजाइन पश्चात् यसको कार्यान्वयन, गुणस्तरीयता, वातावरणीय पक्ष लगायत पनि जोडिने गर्छन् ।

समग्रमा भन्नुपर्दा इन्जिनियरिङ क्षेत्रमा पनि विभिन्न विधाहरु भएका हुनाले कुन क्षेत्रका कति इन्जिनियर छन् भन्ने तथ्याङ्क निकै महत्वपूर्ण हुने गर्छ । तर अहिले सम्म यस सम्बन्धमा नेपाल इन्जिनियरिङ काउन्सिलले चासो राखेको छैन । आगामी दिनमा इन्जिनियरहरुलाई सोही बमोजिम अलग–अलग रुपमा समेटिनुपर्ने आवश्यकता छ । यसको लागि इन्जिनियरहरुको वर्गिकरण गर्नु जरुरी छ । साथै यसबाट सम्बन्धित इन्जिनियरको विशेषज्ञता बारे जानकारी समेत प्राप्त गर्न सकिने भएको अवस्था समेत रहन्छ । तर अहिले भने कतिपय सम्बन्धित क्षेत्रको ज्ञान नै नभएका व्यक्तिहरुलाई समेत विशेषज्ञ मानिँदै आइएको अवस्था छ ।

तपाईं त पुल क्षेत्रको लामो अनुभव प्राप्त व्यक्ति हुनुहुन्छ, नेपालमा पुल निर्माण र यसको गुणस्तरीयता पक्ष कस्तो छ ?यसबारेमा पनि बताइदिनुहुन्छ कि ?

नेपालमा अहिले पनि पहाडी क्षेत्रमा प्रयाप्त मात्रामा पुलहरु निर्माण हुन सकेका छैनन् । तराई क्षेत्रमा पनि नदी सधैंं एकै साइडबाट मात्र नबग्ने भएको र बर्षायाममा डुबान समेत ठूलो समस्याको रुपमा रहँदै आएको छ । नेपालमा अहिले सम्म पुलको डिजाइन पुरानै तरिकाबाटै भइरहेको छ । पुल बनाउने क्रममा उक्त पुलले कति तौल धान्नुपर्ने हो, त्यसको हिसाब निकाली त्यसलाई ३ गुणाको हिसाब निकाली पूल निर्माण गर्ने गरिन्छ । यसरी निर्माण गरिने नेपालका पुलहरु गुणस्तरीय नै छन् । हामीले भूकम्पको समयलाई हेर्ने हो भने थुप्रै घरहरु भत्किँदा पनि पूलहरु भने भत्किएका छैनन् । यो राम्रो पक्ष हो ।

हामीले विदेशहरुमा हेर्ने हो भने भूकम्पको समयमा घर मात्र नभई पूल समेत भत्केको पाउँछौं । हुनतः हामीले नयाँ प्रविधि अपनाउन नसक्दा पुल निर्माण कार्यमा तुलनात्मक रुपमा अलि बढी नै परिरहेको छ, यद्यपि अहिले सम्म नेपालमा निर्माण भएका पुलहरु भत्किएका भने छैनन् । यो खुसीको कुरा पनि हो ।

 

नेपालमा अहिले पनि पहाडी क्षेत्रमा प्रयाप्त मात्रामा पुलहरु निर्माण हुन सकेका छैनन् । तराई क्षेत्रमा पनि नदी सधैंं एकै साइडबाट मात्र नबग्ने भएको र बर्षायाममा डुबान समेत ठूलो समस्याको रुपमा रहँदै आएको छ । नेपालमा अहिले सम्म पुलको डिजाइन पुरानै तरिकाबाटै भइरहेको छ । पुल बनाउने क्रममा उक्त पुलले कति तौल धान्नुपर्ने हो, त्यसको हिसाब निकाली त्यसलाई ३ गुणाको हिसाब निकाली पूल निर्माण गर्ने गरिन्छ ।

आगामी दिनमा नयाँ प्रविधिमा जानुपर्ने अवस्था के छ ?
आगामी दिनमा हामी आधुनिक प्रविधिमा जानुपर्ने आवश्यकता छ । अहिले हामीले चाहँदाचाहँदै पनि त्यता जान सकेका छैनौं । खासगरी पूलहरु सम्बन्धी काम गर्ने नेपाल सरकार अन्तरगतको आधिकारि

क निकाय सडक विभाग नै हो । सडक विभागले अहिले सम्म भारतीय मापदण्ड बमोजिम नै पूलहरु निर्माणकार्य गर्दै आएको छ । नेपालमा अहिले सम्म अधिकांश पुलहरु ‘वर्किङ स्पेस मेथड’बाट डिजाइन हुँदै आइरहेका छन् । अहिले अन्य विभिन्न तरिकाहरु पनि यस क्षेत्रमा विकास भएका छन् । नेपालका इन्जिनियरहरु अहिले पनि नयाँ विकसित प्रविधि अपनाउनको लागि सक्षम नै छन् । तर नेपालको सडक विभाग नयाँ प्रविधिअपनाउनमा अझै तयार नभएको कारण हामीले चाहेर पनि नयाँ प्रविधि अबलम्बन गर्न नसकेका हौं ।

अहिले सम्म इन्जिनियरहरुले नेतृत्व गर्न सक्ने वातावरण नबनेको कारण नेपालले जुन विकासको बाटो लिनुपर्ने थियो, त्यो लिन सकेको छैन । साथै अहिलेको अवस्थामा पनि प्रशासनिक कर्मचारीको निर्देशन अनुसार इन्जिनियरहरुले काम गर्नुपर्ने अवस्था छ । यसले ईन्जिनियरको मनोबल बलियो बन्न सक्दैन ।

नेपालमा कस्ता प्रकृतिका पूलहरुको आवश्यकता छ ?
अहिले नेपालका अधिकांश खोलाहरुमा साना–साना २०-२५ मिटरका पूल भए पुग्ने अवस्था छ । यी खोलाहरुमा अत्याधुनिक प्रविधिमा आधारित पूल निर्माण गर्नु आवश्यक रहँदैन । ३० मिटर भन्दा लामो साइजका पूलहरु बनाउँदा प्रि–स्ट्रेस कङ्क्रिटको प्रयोग गरेर यस्ता पूलहरु बनाउने काम नेपालमा हुँदै आएको छ । यसमा सामान्य डण्डीको सट्टामा लठ्ठीमा डेन्ड्रा प्रयोग गरिएको हुन्छ । कामको हिसाबले अहिले यो प्रयोगमा आइरहेको अवस्था छ । तर २ सय मिटर भन्दा लामो साइजका पूलहरु बनाउने क्रममा भने ‘केवल स्ट्रेस व्रिज’ प्रविधि अपनाउन सकिन्छ । यसबाट कम लागतमा नै पुल निर्माण गर्न सकिन्छ ।

पूल निर्माणमा प्रयोग गरिने सामानहरुको गुणस्तरीयता चाहिँ कस्तो छ ?
कुनै आयोजनामा प्रयोग गरिने निर्माण सामाग्रीहरु कुन गुणस्तरका छन् भन्ने सम्बन्धमा निर्माण कार्य हुनु भन्दा पहिले प्रयोगशालामा लगेर परीक्षण गर्नु जरुरी रहन्छ । तर अहिलेको अवस्थामा नेपालमा बजारमा आएका एकै प्रकृतिका सामानहरुमा समेत सधैं एउटै गुणस्तरीयता रहेको भने पाईंदैन । त्यसैकारण लटअनुसार गुणस्तरीयता फरक पर्ने अवस्थामा सचेत हुनुपर्छ । साथै निर्माण सामाग्रीहरुको स्वीकृत लिने क्रममा ती सामाग्री परीक्षण गरेको रिपोर्ट पनि सँगै ल्याउनुपर्ने व्यवस्था छ ।

नेपालमा पुलहरुको अडिट हुने कार्य कत्तिको प्रभावकारी छ ?
नेपालको पुल विभाग अन्तरगत नै मर्मत तथा सम्भार महाशाखा समेत रहँदै आएको छ । यस शाखाले मर्मतको लागि इन्जिनियरहरुलाई खटाउने काम गर्दै आएको छ । पूलहरु भत्किनुको मुख्य कारण भनेको बाढीको ओभरफ्लो नै हो । पुलहरुको नियमित अडिट हुँदै आएपनि पानीको मापन सम्बन्धमा पूर्वानुमान गर्ने कार्य भने निकै नै कठिन हुने गर्छ । साथै यो विज्ञता र अनुभवमा समेत निर्भर रहन्छ । कतिपय अवस्थामा भने पुल निर्माणको क्रममा त्यसको जग कत्तिको बलियो बनाइएको छ, त्यसमा पनि पुलको आयु निर्भर रहन्छ ।

कुनै आयोजनामा प्रयोग गरिने निर्माण सामाग्रीहरु कुन गुणस्तरका छन् भन्ने सम्बन्धमा निर्माण कार्य हुनु भन्दा पहिले प्रयोगशालामा लगेर परीक्षण गर्नु जरुरी रहन्छ । तर अहिलेको अवस्थामा नेपालमा बजारमा आएका एकै प्रकृतिका सामानहरुमा समेत सधैं एउटै गुणस्तरीयता रहेको भने पाईंदैन । त्यसैकारण लटअनुसार गुणस्तरीयता फरक पर्ने अवस्थामा सचेत हुनुपर्छ ।

अहिले नेपालमा बार्षिक कति पूलहरु निर्माण गरिन्छ ?
नेपालमा अहिले नगरपालिका, सडक विभाग लगायत मातहत अध्ययन हुने पुलको सङ्ख्या करिब १ हजारको हाराहारीमा रहने गरेको छ । शुरुमा अध्ययनको लागि मात्र बजेट विनियोजन गरिने भएपनि अध्ययन र डिजाइन पश्चात् सोही बमोजिम काम अघी बढाउन चासो नराख्दा अधिकांश अध्ययन गरिएका योजनाहरु त्यत्तिकै थन्किने अवस्था समेत रहँदै आएको छ । व्यावहारिक रुपबाट हेर्दा १०–१५ प्रतिशत पुलले मात्र ठोस आकार पाइरहेका छन् ।

अन्त्यमा के भन्नुहुन्छ ?
नेपालका इन्जिनियरहरुको गुणस्तरीयता बढाउनको निम्ति हामीले विशेष जोड दिँदै आएका छौं । यद्यपि अहिले सम्म इन्जिनियरहरुले नेतृत्व गर्न सक्ने वातावरण नबनेको कारण नेपालले जुन विकासको बाटो लिनुपर्ने थियो, त्यो लिन सकेको छैन । साथै अहिलेको अवस्थामा पनि प्रशासनिक कर्मचारीको निर्देशन अनुसार इन्जिनियरहरुले काम गर्नुपर्ने अवस्था छ । यसले ईन्जिनियरको मनोबल बलियो बन्न सक्दैन । आफ्नो क्षेत्रमा नेतृत्व गर्नको लागि पनि उपयुक्त वातावरण नहुने हो भने जुन गुणस्तरीयताको साथ काम हुनुपर्ने हो, त्यो गुणस्तरीयता नआउन सक्छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: