मन्त्री अधिकारीसहित ७ जनाकै शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा



काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका सातै जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पुर्‍याइएको छ । शवहरु विमानस्थलबाट अस्पताल लगिएको हो । शव बोकेर ताप्लेजुङबाट उडेको हेलिकोप्टर सबा १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । शिक्षण अस्पतालमा आफन्त र शुभेच्छुकको भीड बढेको छ।

शव पोष्टमार्टमपछि श्रद्धाञ्जलिका लागि टुँडीखेलमा राखिनेछ । तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको काम सकेर ताप्लेजुङको पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार फुङलिङ नगरपालिका-१० मा दुर्घटनामा परेको थियो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: