त्रिभुवन राजपथ सडकमा हिउँ, सवारी साधन आवागमन अवरुद्ध



हेटौँडा । गए रातिदेखिको अविरल वर्षाले त्रिभुवन राजपथको दामन, पालुङ र सिमभञ्ज्याङमा डेढ फिट बाक्लो हिउँ पर्नाले हेटौँडा र काठमाडौँतर्फको यातायात सेवा आज बिहानैबाट अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी हेटौँडा कुलेखानीतर्फ जाने थाखेल सडकखण्डको विभिन्न स्थानमा एक फिट बाक्लो हिउँ पर्नाले हेटौँडा, कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा पनि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

आज बिहानै सूचना थाहा नपाई त्यसतर्फ गएका सवारीसाधनहरु बीच सडकमै रोकिनुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए । मौसममा सुधार आउने बित्तिकै नुनसहितको प्राविधिक टोली खटाई सडक सञ्चालन गर्ने तयारी भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले बताए।रासस

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: