तामाङ जातीको थरहरु उत्पत्तिको किम्बदन्ती र इतिहास



तामाङ जातीको थरहरु उत्पत्तिको किम्बदन्ती र इतिहास बारे खोजमुलक (खण्ड १)

कालदेन

कालदेन एक तामाङ जाती भित्रको थर हो। एक कहावत अनुसार सधै साचो बोल्ने भएकोले उनिहरु काल्देन भए भनिन्छ

खानिखोर

खानिखोर एक तामाङ जाती भित्रको थर हो। एक कहावत अनुसार राजाको दरवारमा खबरदारी गर्ने काम गरेकोले उनिहरु खानिखोर भए भनिन्छ।

ख्युङवा

ख्युङ्वा एक तामाङ जाती भित्रको थर हो। उनिहरुको कुलदेवताको नाम (ड्यानचान र मामो) हो।

ख्युत्पा

ख्युत्पा एक तामाङ जाती भित्रको थर हो। यसको आदिभुमि तिब्बतको सिन्कार थाङ्ग्री हो। उनिहरुको कुलदेवताको नाम ( ङिमा होइस्हेर) हो।

ग्याबा

ग्याबा एक तामाङ जाती भित्रको थर हो। यसको आदिभुमी तिब्बत ग्यानक हो। चोथाङ उनिहरुको किपट थलो हो। यहि बाटै उनिहरु देश देशावर बसाइ सरेका हुन भनिन्छ। (वाइबा, टुबा, रुम्बा, जिम्बा, मार्बा, जिम्बा) यश थरको दाजुभाइ सगोत्री थर हुन। एक किम्बदन्ती अनुसार ग्याबा र घिसिङ मिलेर तिब्बतमा सुन चादिको ब्यापार गरेका थिए। बिचमा उनिसरुमा खटपट भएकोले एक सम्झौता गरि मीत लगाइएका थिए। तेसै गरि अर्को किम्बदन्ती अनुसार ग्यावकले तिमाल ग्योइखारको बल थरी सङ्ग मीत लगाइ चोथाङमा देवताको पुजा गर्न टोटलाको फुलको बिरुवा लगेका थिए। तेसैले उनिहरु घिसिङ र बल थरलाइ मीत भाइ मान्दछ। उनिहरुको कुल देवता (ग्याल्गी धुर र माङमी) हो। र ग्यानक अर्थात चीन बाट नेपाल बसाइ सरेकोले उनिहरु आफ्नो थर ग्याबा भएको हो भन्दछ। चिनको राजाको गाई चराउने काम गरेकोले पनि ग्यावक भनेको हो भन्ने अनुश्रुती छ। तेस्तै एक ऐतिहासिक किम्बदन्ती अनुसार तिब्बतका राजा श्रङचङ गम्पोले नेपालको भृकुटीलाई बिबाह गरेर लगेको दुई बर्ष पछि चिनको कोङजुलाइ बिबाह गरे रानी कोङ्जुको दाइजो तिब्बत सम्म बोकेर ल्याउने काम ग्यावकहरुले गरे। पछि तिब्बत सेनाको बरिस्ठ ग्यावक पदमा उनिहरु नियुक्त भए। तिनै ग्यावक सेनाको सन्तान नै कालन्तरमा ग्यावक थरी भए।

नेपाल तिब्बत बिच राजकीय सम्बन्ध स्थापित भए पछि राजकीय सौगात लिएर आवतजावत गर्ने सैनिक डफ्फा नै दोलखाको चोथाङना आवाद भएका हुन। र यहि बाटै ग्यावक देश देशावर पुगे ग्यावकहरु दोलखामा नेवार राजा हुनु पुर्व उनिहरुको शासन चलेको थियो भन्दछ।

ग्लान

ग्लान एक तामाङ जाती भित्रको थर हो। यसको आदिभुमी तिब्बतको सल मन्डल हो। नुवाकोट गोल्वु घ्याङ यस थरको किपट भुमी प्राचीन थलो मानिन्छ। (ज्याङमर पेकर ग्याल्वो) उनिहरुको कुलदेवताको नाम हो। (ग्लान, लो, घिसिङ) सगोत्री स्वागेथरी हुन। (ग्याल, ङ्योमो, हेमा, क्याल्पो सेगि, धेग्रे) जस्ता प्रकार (खोर) मा ग्लान थरको गोत्रको प्रकारहरु हुन। धार्मिक किम्बदन्ती अनुसार सेलमन्डल भन्ने सेल मन्डल रेम्बोर्छे कमिक बगैचामा पेकर ग्याल्वो नाम गरेको ईश्वरको तपगरी प्राप्त गरेको शक्तिको परिक्षण गरिएकोले ग्याल भनियो। ग्याल बाट अपभ्रङ्स भइ ग्लान भएको भनिन्छ।

ग्याम्दन

ग्याम्दन एक तामाङ जाती भित्रको थर हो। यसको आदिभुमी तिब्बतको ग्याचाङलुङ प्रदेश हो। एक कहावत अनुसार ग्याचाङ प्रदेशमा बसोबास गर्नेहरु नै ग्याम्दन भएका हुन भनिन्छ।

गोथर

तामाङहरुले राई लिम्बू गुरुङ मगर श्रीमती ल्याइ उनी बाट जन्मिएको बच्चालाइ गोथर भनिन्छ।

गाङदन/गाङतन

गाङदन एक तामाङ जाती भित्रको थर हो। यसको आदिथलो गाङदन हो। उनिहरुको कुलदेवता (उइ ग्याल्वो) हो। गाङदनलाइ गाङतन पनि भनिन्छ।

गोले

गोले एक तामाङ जाती भित्रको थर हो। यसको आदिभुमी तिब्बत नै हो। थाङपाल, हाथाङ, ल्हाज्याङ, र भोथाङ यश थरको किपट भुमी मानिन्छ। (गोले, बल, तितुङ, बजु, गाङदन, डिमदुङ, ग्यामदन, दारताङ) सगोत्री थर हो। यश बाहेक (स्योङदन, डोम्जन, मिहिन, ब्राङ, गोङसो, गोन्वो कोमदान कोमतान) लाइ पनि उनिहरुको सगोत्री (स्वागे भाइ) भन्ने गरेको पाइन्छ। थाङपाल र लाच्याङका गोलेहरु देश देशावर पुगेका छन। उनिहरुको कुलदेवताको नाम (ग्याल्वो लाहिबु नाङसारी माम गल्वोचन हो। एक जनश्रुती अनुसार दोङ थरको दाजुभाइहरु घर बनाउन नसकी गोठमा गएर बसेकाहरु गोले थर भए भनिन्छ। कोहि प्रसस्त गाइबस्तु लालनपालन गरेर गोठमै बस्ने गरेकाहरु नै गोले भएका हुन पनि भनिन्छ। तिब्बत बाट नेपाल प्रवेश गर्ने क्रममा १२ सेनाहरुको थरी तामाङ (बिग्रीयर) एक गोले थरि थिए भन्ने ऐतिहासिक मत छ।

गोलेका पुर्खाहरु पहिले झाक्री बोन्पोहरु थिए। उनिहरु आफ्नो शक्ति वृद्धि गर्नको निमित्त जनैपूणिर्मा (गोने ङ्ह्या) दिन कुण्डनदिहरुमा तिर्थ गर्न जान्थे एकपटक गोले थरका एक झाक्री आफ्नो श्रीमती सहित स्नान तिर्थमा गएछ। कुण्ड भित्र पस्नु अघि यो ढ्याङ्ग्रो बजाइ राख्नु र यो मन्तरेको चामल जे जस्तै परे पनि म कुण्ड बाट नुहाएर निस्कने बित्तिकै भनेर श्रीमानले श्रीमतिलाइ भनेछ। त्यसपटक स्नान गरेर निस्कदा गोले झाकृलाइ नागनागिनिहरुले बेरेको उसकी श्रीमतिले देख्छिन। तेसैले उनी डराएर ढ्याङ्ग्रो र मन्तरेको चामल श्रीमान तिर नफ्याकी भागी छ। त्यसपछि गोले झाकृको ढ्याङ्ग्रो नबजेको कारण मन्त्र द्वारा लट्ठिएका नागनागिन पुनः बौरी डसेर कुण्डमा मारी दिएछ। यसैकारण सोही बखत देखि गोले झाक्रीहरु भदौ पुर्णिमाको दिन कुन्डनदिहरुमा स्नान गर्न जादैनन भन्ने किमबदन्ती पनि तामाङ समुदाय भित्र रहेको छ।

गोङबो/गोङवा

गोङबो एक तामाङ आति भित्रको थर हो। यसको आदिभुमी गोमा प्रान्त हो। गोमा बासिहरु नै कालान्तरमा गोङबो थरी भएका हुन। उनिहरुको कुलदेवताको नाम (लामा कोनज्यो) हो एल जनश्रुती अनुसार गुम्बाको रेखदेख गरि बस्नेहरु नै गोम्बो थरी हुन। र यिनै गोम्बोको अपभ्रङ्स नै गोङबो वा गोङवा हो भनिन्छ। तिब्बतको गोमा ग्याल्सामा (राज्य) मा उनिहरुले राज गर्दथे। गोमा राज्यको सेनामा प्रवेश गर्नु पुर्ब नै उनिहरुले बौद्ध धर्म ग्रहण गरिसकेका भन्ने ऐतिहासिक मत रहेको छ।

गोम्देन/गोम्जन

गोम्देन एक तामाङ जाती भित्रको थर हो। यसको आदिभुमी तिब्बतको सितोङ गुम्बा हो। जहाका बासिहरु नै कालान्तरमा गोम्देन थरी भए उनिहरुको कुलदेवता (ज्याम्बल फुर्वा ठिलेन र ग्यागर नेडातोप्जेन ग्याल्वो) हो। गोम्देनलाइ गोम्तेन वा गोम्जन पनि भनिन्छ। ऐतिहासिक यात्रा बृत्तान्त अनुसार तिब्बतको गोङसियोङ उनिहरुको उत्पत्ति थलो हो।

गोम्पा

गोम्पा एक तामाङ जाती भित्रको थर हो। यसको आदिथलो तिब्बतको गोम ग्याल्सा हो। उनिहरुको कुलदेवताको नाम ( लामा कोन्ज्यो) हो।

घिसिङ

घिसिङ एक तामाङ जाती भित्रको थर हो। यस थरको आदिथलो तिब्बतको सेरगो राज्यको सेर गुम्बा हो। यहि सेरगो बासी नै कालान्तरमा घिसिङ भए भनिन्छ। आन्द्रबुङ, तलच्यु कार्जु मेदि, फेटाली, तालाचुली, नजाली, मर्गी, दोरम्बा यश थरको किपट थलो मानिन्छ। जहाँ बाट घिसिङहरु देश देशावर पुगेका हुन। भनिन्छ्न उनिहरुको कुल देवता (लुगुग्युर चाङमर) हो। (घिसिङ, लो र ग्लान) सगोत्री थरहरु हुन। यी तीन थरि बिच बिहेवारी गर्नुहुदैन। सेरधोङ ग्यालसा (देश) का राजबङ्सिका सेनामा प्रवेश भए पश्चात् ती सैनिकका आन्तानहरुले घिसिङ लेख्न र भन्न थालेका हुन भन्ने ऐतिहासिक मत छ। तालच्यु स्यार, नाल्दुङ र लो घिसिङका विभिन्न गोत्र प्रकार हुन। एक कहावत अनुसार ब्रुसिङ नामक वनस्पति बाट औसधि तयार पार्नेहरु नै घिसिङ भएका हुन पनि भनिन्छ। घिसिङहरुको ग्यावक सङ्ग मितेरी साइनो रहेको छ भन्ने पनि आफ्नै इतिहास र किम्बदन्ती छ। खे ङ्हा को कथा अनुसार घिसिङहरुको पुर्खाको नाम गोबग्यु रेम्बोर्छे हो। पुर्बेली तामाङ हरुको तिब्बत बाट नेपाल प्रवेश गरिएको भन्ने पाचपुर्खा(खे ङ्हा) को यात्रा बृत्तान्त अनुसार उनिहरु नेपाल प्रबेस गर्दा दोङ मोक्तान बल र योन्जन थिए। मोक्तान म्हेम्हे अत्तरबुङमा, बल म्हेम्हे तेमाल ग्योइखारमा, योन्जन म्हेम्हे टनगममा रहे। घिसिङहरु तलेच्युमा गढी बनाइ राज गरि बसे उनिहरुलाइ दोलखाको नेवार राजाले सिकारी ब्याधाको रुपमा नियुक्त गरेका थिए भन्ने ऐतिहासिक मत छ।

पछि राजा सङ्ग मनमुटाव भएपछि तलेच्युमा घिसिङहरुको स्वतन्त्र पुर्बक राज्री चलाए। सोही बखत घिसिङ राजाले दस तले दरवार, घोडाको तबेला बनाएका थिए। जसको भगनावशेश हाल सम्म छदैछ। पछि घिसिङ राजाले जेठी तिमालकी बल थरकी श्रीमती हुदाहुदै पनि पछि सिन्धुपाल्चोक लिसङ्खुकी योन्जन थरकी कान्छी श्रीमती विवाह गरेर ल्याएकोले जेठी श्रीमती बलस्या माइत गइन। उनी माइत जादा कुल पुजा गर्ने पुस्तक लिएर गइछन। तेसैले आज पनि घिसिङहरुको कुल पुजा कसरी गर्ने भन्ने सन्दर्भ आएमा तिमाल जानुपर्दछ भन्ने गर्दछ। तलेच्युका घिसिङहरुलाइ यश घटना पछि समाजले आदर सत्कार नगरे पछि उनिहरु टनगममा बसाइ सरे। कालान्तरमा यहि बाट देश देसावार पुगे भनिन्छ। अर्को एक ऐतिहासिक मत अनुसार मकवानपुरको बेतनी र काठमाडौ नगरकोट मा पनि घिसिङ थरको ग्याल्बो रहेको र जसलाई श्री ५ पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा हराएका थिए भनिन्छ। त्यस्तै धार्मिक किम्बदन्ती अनुसार घिसिङहरु स्यारमा उत्पत्ति भएका थिए। जहाँ उनिहरुले चेङरिसी नामको कुल माने धार्मिक किम्बदन्ती अनुसार वहाले कुलको ध्यान गरि आफुमा प्राप्त शक्ति बाट धुप बाल्दा बादलहरु फाटेर गएछ। र छ्याछ्यु ठुइसी गर्दा बालिबिरुवाबरु प्रसस्त सप्रेका थिए। पनि भनिन्छ।

घ्लान

घाल एक तामाङ जाती भित्रको थर हो। यसको आदि थलो मिरिन्दाकर हो। यसको कुलदेवता (चण्डी ख्युङला) हो। र घ्लानलाइ ग्लान पनि भनिन्छ।

घले

घले एक तामाङ जाती भित्रको थर हो। ऐतिहासिक मत अनुसार लिच्छवि राजा नरेन्द्र देवको सहयोगार्थ आएका एक तामाङलामा गुरु चान्छेन थिए।उनको एक छोरि कावेङ्ग थीइन। उनी मुस्ताङ (मुक्तिनाथ) झुमा(झ्योमा) बसिन। उअनले मन्दिरमा रहदा बस्ता परपुरुस र शुर्यको दर्शन गर्दैन थीइन। एकदिन साझपख बादल लागेको बखत उनी अन्य झुमाहरु सङ्ग बाहिर निस्किन। तेसै बखत एकाएक बादल फाटेर घाम लाग्यो। शुर्यको प्रकाश बाट उनी गर्भवती भइन। उनको पुत्रको नाम न्हिमा होइसेर राखियो। ठूलो भएपछि न्हिमालाइ मुस्ताङ्गी प्रजाहरुले राजा चुने तहि न्हिमा अर्थात निमालाइ राजा भएको कारण आफ्नो भासामा ग्ले भन्न थालियो। भनिन्छ। यसै कारण ग्ले भन्दाभन्दै घले थर भएको हो।अर्को मत अनुसार गण्डकी छेत्रमा प्रशस्त घले राजाहरुलाइ गिरखा एकीकरणको बेला जितेको कुरा इतिहासमा उल्लेख छ।

ङेके

ङेके एक तामाङ जाती भित्रको थर हो। यसको आदिभुमी सिगिना हो। उनिहरुको कुलदेवता (सिगिन) हो। धार्मिक किम्बदन्ती अनुसार सिगिना रिम्बोर्छेले आफ्नो कुलको ध्यान गरि प्राप्त गरेको शक्ति परिक्षण गरेकोले उनिहरुले ङेसे भनियो। यहि ङेसे बाट ङेके भएको हो भनिन्छ।

ङेल

ङेल एक तामाङ जाती भित्रको थर हो। उनको आदिथलो सिन्कार थाङ्ग्री हो। उनिहरुको कुलदेवता (ङिमा होइसेर) हो। ङेल लाई ख्युत्पा पनि भन्ने गरिन्छ।

ङ्याम्जो

ङ्याम्जो तामाङ जाती भित्रको एक थर हो। यसको आदिभुमी उत्तर हिमाललय तिब्बतको ज्यानगाङ हो। ज्यानगाङ पश्चिम् चिनी तुर्किस्तान सम्म फैलिएको छ। जसको फेदिमा अति सितल हावा बहने गर्दछ। भन्छ। यिनै ज्यान डाडा र यसको वरिपरि बस्नेहरु नै कालान्तरमा ङ्याम्जो कहलाए भनिन्छ। उनिहरुको कुलदेवताको नाम (सिङ्लाकार्पोज्या) हो।

ङेसुर

ङेसुर एक तामाङ जाती भित्रको थर हो। यसको आदिभुमी चङकोङ (गिङछेण) हो। कामुछे, कमुकोले, सातसय दाप्चोङ छेत्र यश थरको किपट थलो मानिन्छ। उनिहरुको कुलदेवता ((चन र ल्हाचाङ सेर्पो) हो। (ङेसुर, थिङ, सिङ्गर) सगोती थर हुन। ङेसुरहरु आफ्नो थर म्यासुर हो भन्दछ। उनिहरुअकै अनुसार आफ्ना पुर्खा अनुसार आफ्ना पुर्खाहरु धनुष बाण चलौन पोख्त थिए। भन्दछन। तर एकपटक दरवारमा धनुष बाण चलाउदा निसान चुकेको थियो। थियो भन्ने कथा सुनाउने गर्दछन। तामाङ भासामा म्या को अर्थ धनुष हुने हुदा उनिहरुको तर्क ठिकै लाग्दछ। धर्मिक किम्बदन्ती अनुसार च्याङकोङ रिम्बोर्छेले आफ्नो कुलदेवताको ध्यान गरि प्राप्त गरेको शक्ति परिक्षण गरेकोले उनिहरुलाइ ङेसुर भनियो भनिन्छ। एक ऐतिहासिक किम्बदन्ती अनुसार ङ्याङ्दी छेन्पो नामक राजाको दरवारमा रहदा राजा खुशी भइ उनिहरुलाइ ङेसुर पदबी दीइएको हो भनिन्छ्। तेसैले उनिहरुकै सन्तान दरसन्तान नै नेपालको ङेसुरहरु हो भनिन्छ। अर्को ऐतिहासिक किम्बदन्ती अनुसार गोरखा राज्य बाट नेपाल एकीकरण गर्ने क्रममा सातसय दाप्चोङ काभ्रेको राजा किर्तन सिङ् ङेसुर गाभिएको इतिहासमा उल्लेख छ।

ङार्देन

ङार्देन एक तामाङ जाती भित्रको थर हो। एक किम्बदन्ती अनुसार पुजापाठ गर्नेहरु नै ङारदेन भए भनिन्छ। अर्को ऐतिहासिक किम्बदन्ती अनुसार सेनालाइ मनोरञ्जन गर्न गराउन बाद्यनादनहरु बजाउने र नाच्ने गाउनेहरु नै ङार्देन भए भनिन्छ।

ङिछेन

ङिछेन एक तामाङ जाती भित्रको थर हो। यसलाइ मिकचन पनि भनिन्छ।

ङार्बा

ङार्बा एक तामाङ जाती भित्रको थर हो। तामाङहरुले नेवार्नी श्रीमती ल्याइ जन्मिएको सन्तानलाइ ङर्बा भनिन्छ। यो थर तामाङ समुदाय भित्र प्रचलनमा छ।

छ्युमी

छ्युमी एक तामाङ जाती भित्रको थर हो। यसको आदिथलो तिब्बत हो। छ्युमिलाइ छ्योप्टेन पनि भनिन्छ। एक कहावत अनुसार गुम्बामा बत्ती पानीको ब्यबस्थापकलाइ छ्योमी भनिन्छ। यहि छ्योमी नै कालान्तरमा छ्युमी थर हुन गएको हो।

जिम्बा

जिम्बा एक तामाङ जाती भित्रको थर हो। यसको आदिथलो तिब्बतको पालसम्य, पाल्गी सम्य हो।जहाको बासिहरु नै कालान्तरमा जिम्बा भए भनिन्छ। (जिम्बा, ग्यावा, टुबा, मार्बा, वाइबा) यश थरको सगोत्री थर हुन। (बल थोइ थाङ थुङ चन, थोइचन) उनीहरुको कुल देवता हो। धार्मिक किम्बदन्ती अनुसार पाल्गी साम्ये गुम्बामा उनिहरु जन्मेका हुन। पाल्गी रिम्बोर्छेले ध्यान गरि आफ्नो शक्ति प्रदर्शन गरेको हुनाले उनिहरुलाइ जिम्बा भनियो।

झोङदेन

झोङदेन एक तामाङ जाती भित्रको थर हो। एक ऐतिहासिक मत अनुसार तिब्बतमा सेनाध्यक्ष (जिल्लापति) लाई झोङदने भनिन्थ्यो। यिनै झोङदनेक सन्तानहरु नै कालान्तरमा झोङदेन भए भनिन्छ।

टुबा

टुबा एक तामाङ जाती भित्रको थर हो। यसको आदिभुमी टुबागुङ हो। (जिम्बा, ग्याबा, टुबा, रुम्बा, मार्बा, वाइबा) यस थरको सगोत्री थर हुन। उनिहरुको कुलदेवता नाम (वाङचन मायु दुई छ्यो) हो। टुका शब्द बाट टुबा भएको हो पनि भनिन्छ।

टुपा

टुपा एक तामाङ जाती भित्रको थर हो। यसको आदिभुमी उत्पत्ति तिब्बतको टुपा ग्याल्सा हो। उनिहरुको कुलदेवताको नाम (ङ्यान्चन, नाग्मानचन, मायुघुइच्यो जहाँ टुपागुङ्गी) हो। धामिक किम्बदन्ती अनुसार जहाँ टुपा रिम्बोर्छेले ईश्वरको ध्यान गरेर शक्ति परिक्षण गर्नुभएको थियो।जसका सन्तानहरु नै टुपा थरी भए भनिन्छ। ऐतिहासिक मत अनुसार टुपा स्याल्सामा राज गर्नेहरु नै टुपा थरी भए भनिन्छ। अर्को ऐतिहासिक मत अनुसार तिब्बतको सेनाम रहेको एक सैनिकलाइ टुपा उपाधी दीइयो जसका सन्तान नै टुपा थरी भए पनि भनिन्छ। र धार्मिक कथा अनुसार टुपा गुङ भन्ने ठाउमा टुपा रेम्बोर्छेले वाङचन मायु दुइछेको ध्यान गरि प्राप्त सक्तिको परिक्षण गर्नुभएकोले उनिहरु टुपा थरि कहलिएका हुन भनिन्छ। टुपालाइ कतिपय ठाउमा टुबा पनि भन्ने गरेको पाइन्छ।

डुम्जन

डुम्जन एक तामाङ जाती भित्रको थर हो। यसको आदिभुमी उत्पत्ति तिब्बतको डुमा प्रदेश हो। यहाको बासिहरु नै कालान्तरमा डुम्जन भए भनिन्छ। (डुम्जन, योन्जन, बोम्जन, कोक्चन, मिकचन) यस थरको सगोत्री थर हुन। उनिहरुको कुलदेवताको नाम (ज्याम्बल सिङ्गिन र लामा कोन्ज्यो) हो।

डिमदोङ

डिमदोङ एक तामाङ जाती भित्रको थर हो। यिनिहरु बोइ र ग्यागर थरी हुन्छन। एक किम्बदन्ती अनुसार तिब्बती जस्तो गहुगोरो रातो वर्ण देखिनेहरु बोइ र कालो बर्णकोहरु ग्यागार भन्ने गरेको पाइन्छ।

डोमतोन

डोमतोन एक तामाङ जाती भित्रको थर हो। यसको आदि थलो तिब्बतको डोम प्रान्त हो।

डोप्चन

डोप्चन एक तामाङ जाती भित्रको थर हो। यसको आदिथलो तिब्बतको साम्ये गुम्बा हो। उनिहरुको कुलदेवताको नाम (घोम्हा पो चन) हो।

तोइसाङ

तोइसाङ एक तामाङ जाती भित्रको थर हो। यसको आदिभुमी उत्पत्ती तिब्बतको स्याङ्चे, सन्चेथोमा, सिगाचे प्रदेश हो। उनिहरुको कुलदेवताको नाम (रोइगी ग्याल्वो, ङिङ्छे ग्याल्वो) हो। तोइसाङलाइ तोइसिङ पनि भनिन्छ।

थिङ

थिङ एक तामाङ जाती भित्रको थर हो। यसको उत्पत्ति आदिथलो तिब्बतको यालुङ सोक्टी सोकर प्रान्त हो। जहाँ तिब्बतका राजा श्रङचङ गम्पोको पुर्खाहरु बसोबास गर्दथे। छ्युपर, सिन्धुली, काभ्रे, स्याप्रे, ठिमी यस थरको किपट भुमी मानिन्छ। (थिङ, सिङ्गर, ङेसुर) यस थरको सगोत्री हुन। उनिहरु आफुलाइ सिन्धु र नागा भनी वर्गीकरण गर्दछन। (ङिमा मेवा चङरी ग्यि ल्हा ज्योहो) उनिहरुको कुलदेवता हो। तिब्बत यालुङ सोक्पा प्रान्तका बासिहरु कालान्तरमा थिङ भए भनिन्छ। अर्को कहावत अनुसार थ्यारुङ बाट पनि थिङ भए भनिन्छ। धार्मिक किम्बदन्ती अनुसार यालुङ रेम्बिर्छेले स्मरण गरि ध्यान गर्दा शक्ति प्राप्त गरेका थिए। जसको परिक्षण यालुङ प्रान्तमा गरिएकोले सोहिको बासिन्दाहरु थिङ भए भनिन्छ।

थोकर

थोकर एक तामाङ जाती भित्रको थर हो। यसको उत्पत्ति आदिथलो तिब्बतको थोरथोरिङ्गेन थरिङको ङ्यान्साल अर्थात थोरेन भन्ने ठाउको बासिन्दाहरु नै थोकर भए भनिन्छ। उनिहरुको कुलदेवता (थोलाथाङको थाइचङ कर्पो मरचन) हो। (थोकर, मोक्तान, स्याङदन, पाख्रीन) सगोत्री थर हुन भने कतिपय ठाउमा ङेकेलाइ पनि सगोत्र मान्दै आएको पाइन्छ। उनिहरु सम्बुस्ट, क्गन्द्रावान, भिमसेन, मण्डलि दुई प्रकारका छन। थोकरको अर्थ बज्रमा उत्पत्ति भएको भन्ने लाग्दछ। धार्मिक किम्बदन्तिका अनुसार थोथोरिङ्गेनका रिम्बोर्चेले आफ्नो कुलदेवताको ध्यान गरि शक्ति परिक्षण गरेका स्थान नै थोटेन कहलियो। यहि थोटेन नै अप्रभङ्स भएर थोकर भए भनिन्छ। तिब्बतको योन प्रान्तमा थोथरी रिङ्गेन पर्दछ। जहाँ थोथ गुम्बा अबस्थित छ। जहाका बासिहरुलाइ थोरोङ भनिन्छ। यहि थरोङको अपभ्रङ्स नै थोकर हुन पनि भनिन्छ।

दोङ

दोङ एक तामाङ जाती भित्रको थर हो। यसको आदिथलो तिब्बतको यहि दोङ ग्याल राज्य हो।यहि दोङ ग्याल को बासिहरु नै दोङ भनियो भन्छ। (दोङ, बल, तितुङ, गोले, ग्याम्दन, डिम्दोङ, गोम्पा, डोम्तेन, दारताङ, कोमदन, बजु, स्योङ्थान, मिहिन, गाङथन, ग्यामतेन, ब्राङ) यस थरको सगोत्री थरहरु हुन। उनिहरुको कुलदेवता (मुर्गुतेन) हो। दोङहरु कुल पुजालाइ दोइला भन्दछन। एकाथरिका अनुसार बन जङ्गल दाउरा बिसेसज्ञ हरु नै दोङ हो भन्छन। धार्मिक किम्बदन्ती अनुसार दोङ्ग्याल रिम्पोछेले आफ्नो कुलदेवताले शक्ति प्राप्त गरेको ठाउँ नै दोङ्ग्याल अर्थात दोमा हो। यहि दोमा बाट दोङ भए पनि भनिन्छ। तामाङ जातिको प्रारम्भमा दोङ थर मात्र रहेको र पछि मात्र अन्य थरहरु उत्पत्ति भएकोले यश थरलाइ मुल बृक्ष थरको रुपमा दोङ मानिएको पनि भनिन्छ। बङ्सावली अनुसार दोङ म्हेम्हे (फादाङछेन्पो) ले बोइउइ(तिब्बत) सालिङमा धेरै बर्ष राज्य गरि बसेका थिए। त्यसपछी राज किचलो परेकोले उनिहरु ढाकर बसाइ सरि राज गर्न थाले त्यसपछि पनि पुनः विवाद भएकोले उनिहरु लाछ्योङमा बसे अनि क्रमशः केरुङ प्रभु ग्याना हुदा तिमाल आइ बसेका पाइन्छ। उनिहरुको किपट थलो १२ तिमाल मानिन्छ।

नेगी

नेगी एक तामाङ जाती भित्रको थर हो। ऐतिहासिक मत अनुसार सेनामा स्थान्तरण गर्नुपर्दा तिनको ब्यबस्थापकलाई नेगी भनिन्छ। यसै मेगी थर रहेको भनिन्छ। उनिहरुको सगोत्री थर छैन। अर्को किम्बदन्ती अनुसार बेवारिसे अवस्थामा भेटिएको एक बच्चालाइ एक तामाङनिले आफ्नो दुध खुवाइ हुर्काइ आफ्नो धर्म छोरो बनाएको हुनाले त्यस बालकको थर नेगी भएको भन्ने कथन पनि पाइन्छ।

पाख्रीन

पाख्रीन एक तामाङ जाती भित्रको थर हो। यसको आदि थलो तिब्बतको पुराङच्यो, गाङ्गी योमा प्रान्त हो। यहाँ बाट नेपाल झरेका हरु नै पाख्रीन थरी भए भनिन्छ। पुराङच्यो प्रान्त तिब्बत साङसुङ प्रान्तको निकटबर्ती छेत्र मानसरोबर छेत्रमा पर्दछ। जहाको नाम बाट फुल प्रख्यात छ।उनिहरुको कुलदेवताको नाम (चङरिला, गुरुचनचन र स्यारगी ज्यो देनावोरचन) हो। (पाख्रीन, थोकर, मोक्तान, स्याङदन) यस थरको सगोत्री हो। सिकवाली, चौतारी, चौधरी? भ्याकुले, पुराङ, जिरगाउ, पाङदान, हागाङ यश थरको किपट भुमी मानिन्छ। एक जनश्रुती अनुसार मोक्तान थरको श्रीमती सुत्केरी अवस्थाकी थीइन। माइत जाँदै गर्दा ब्यथा लागेकोले उनी बासको झाङ भित्र पसि बच्चा जन्माएकोले मोक्तानको सो बच्चा पाख्रीन थरी भएको हो भनिन्छ। तामाङ भासामा बासलाइ पइन वा ख्रीन भन्ने गरिन्छ। देश देशावर पुगेका पाख्रीनहरु आफुलाइ स्याउले, चौतारी र फेदाली भन्ने गर्दछन। धार्मिक किम्बदन्ति अनुसार सपरा गङ्गी भन्ने रिम्बोर्छेको बगैंचामा पुगि आफ्नो कुलको ध्यान शक्ति परिक्षण गरेकोले उनिहरुलाइ पछिरेम भनियो। यहि शब्द अपभ्रङ्स भै पाख्रीन थर रहेको भनिन्छ।

फ्युक्पा

फ्युक्पा एक तामाङ जाती भित्रको थर हो। फ्युक्पाको अर्थ धन, दौकत, सम्पन्न भन्ने बुझिन्छ। यसरी हेर्दा उनिहरु ब्यापारी थिए कि भन्न सकिन्छ।

बम्जन

बम्जन एक तामाङ जाती भित्रको थर हो। यसको आदिथलो तिब्बतको ङिली ब्राखर, डाक्कर गोम्बो हो। थाङ्ग्युल, नामलाङ सिकवाली, हैबुङ, कामकोले, भुम्लो यश थरको किओअट भुमी मानिन्छ। (दोङमार्पोचन, ब्रादोङचन, धोकर, च्याङ्गिफोला) उनिहरुको कुलदेवता हो। (बम्जन, योन्जन, लोप्चन, डुप्चन, मिक्चन) यिनिहरु सगोत्री थर हुन। ङिली ब्राखर गोम्बोका रक्षक हरु नै कालान्तरमा बम्जन थरी भए भनिन्छ।धार्मिक किम्बदन्ती अनुसार ब्राखर रेम्बोर्छेले कुलदेवताको तप गरि शक्तिलाइ ब्रादोब्ग चन भनियो। कालान्तरमा बादोङ चन कुल मान्नेहरु नै बम्जन थरी कहलिएका हुन भनिन्छ।

श्रोत:- तामाङ थरहरु एक अध्ययन पुस्तकबाट

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: