एसो भनेका थिए मन्त्री अधिकारीले ताप्लेजंगमा आफ्नो अन्तिम भाषणमा


आज दिउँसो ताप्लेंजुंगमा भएको हेलिकप्टर दुर्घटनामा परि नेपाल सरकारका संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री रविन्द्र अधिकारि सहित अन्य ६ जनाको नै मृत्यु भएको छ |

दुर्घटनास्थल प्रसिद्ध तीर्थस्थल पाथीभरानजिकै रहेको अधिकारीहरूले बताएका छन्। नेपाल नागरिक उड्ययन प्राधिकरणका वरिष्ठ अधिकारीहरू भएको एउटा टोलीसहित उनी तेह्रथुमको चुहानडाँडामा एउटा कार्यक्रममा सहभागी भएका थिए।

सो टोली त्यहाँ निर्माणाधीन एउटा आन्तरिक विमानस्थल हेर्न गएको थिए।

मन्त्री अधिकारीले त्यहाँ सम्बोधन पनि गरेका थिए।

यसरी भयो दुर्घटना

तेह्रथुमको चुहानडाँडाबाट सो टोली ताप्लेजुङमा पर्ने पाथीभरा मन्दिरको दर्शन गर्न गयो।

तर पाथीभराबाट काठमाण्डू उडेको हेलिकप्टर केही छिनमै दुर्घटनामा पर्‍यो।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सो दुर्घटना खराब मौसमका कारण भएको हुन सक्ने बताएका छन्।

हेलिकप्टर एउटा विकट भीरमा ठोकिएको र त्यसपछि त्यसमा आगो लागेको थियो।

सबै सात जनाको शव फेला पारिसकिएको गृह मन्त्रालयका प्रवक्ताले बताएका छन्।

प्रवक्ता सुवेदीका अनुसार सात जनामध्ये मन्त्री अधिकारी र उनका अङ्गरक्षकको शव मात्र चिनिने अवस्थामा छ।अरू शव पूरै जलेका छन् र चिन्न सकिने अवस्थामा छैनन्।

मन्त्री अधिकारीसहित चार जनाको शव हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको छ भने अरू तीनवटा शव सङ्कलन गर्न बाँकी छ।

सिम्रिक एयरका पाइलट विवेक खड्काले यसअघि आफ्नो हेलिकप्टरबाट दुर्घटनास्थलको तस्बिर खिचेका थिए।

उनका अनुसार त्यहाँ शवहरू देखिएका थिए।

नेपाली सेनाका दुईवटा हेलिकप्टर शव लिन पठाइएका थिए।त्यसबाहेक सिम्रिक एयर र एयर डाइनेस्टीका हेलिकप्टरहरू पनि उद्धारकार्यमा खटेका थिए।

दुर्घटनास्थल अप्ठ्यारो स्थानमा भएकाले शव सङ्कलन गरेर हेलिकप्टरसम्म ल्याउन डेढदेखि दुई घण्टासम्म लाग्न सक्ने बताइएको थियो।

 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: