माउ बिनै कुखुराको चल्ला निकाल्ने नयाँ प्रविधि


रुपन्देहीका एक युवाले नयाँ प्रविधि अपनाएर चल्ला उत्पादन गरेका छन् । भारतमा ह्याचरी प्रविधिको अवलोकनपछि केपीएम एजुकेसन प्रालिमा १० कक्षामा अध्ययनरत १६ वर्षीया ऋषिकुमार गुप्ताले विद्युतीय उपकरणको प्रयोग गरेर चल्ला कोरल्ने प्रविधिको विकास गरेका हुन् ।

गुप्ता आफैँले निर्माण गर्नुभएको उपकरणको प्रयोग गरेर अण्डाबाट चल्ला निकाल्न सफल हुनुभएको हो । यसका लागि उहाँले स्याउको कार्टुनको प्रयोग गर्नुभएको छ । उक्त कार्टुनको चारैतिर थर्माकोल लगाएर दुई भागमा विभाजन गरिएको छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।

 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: