श्रम तथा राेजगार मन्त्रालयकाे रोजगार संयोजकको नतिजा प्रकाशित

  • निष्पक्ष रहेकाे मन्त्रालयकाे दाबी

  • सबीना कुमारी गिरी, काठमाडाै‌ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्यता र मापदण्ड पुगेका २ हजार २ सय ६२ जनाको प्रारम्भिक सूची माघ २८ गते प्रकाशन गरेको थियो । प्रारम्भिक सूचीमा रहेका २ हजार २ सय ६२ परीक्षार्थीको शनिवार र आइतबार कम्प्युटर सीपमा आधारित परीक्षा लिइएको थियो । 

    स्वीकृत मापदण्ड अनुसार ७ सय ५ स्थानमा रहने शाखा अधिकृत सरहको रोजगार संयोजकका लागि न्युनतम योग्यता स्नातक तह निर्धारण गरिएकाे थियो । त्यसैगरी ४८ स्थानीय तहमा रहने नायब सुब्बा सरहको रोजगार संयोजकको लागि न्युनतम योग्यता प्रमाणपत्र तह वा प्लस टु सरह रहेको थियो ।

    कुल १ सय अङ्कको पूर्णाङ्कमा तोकिएको न्युनतम शैक्षिक योग्यताको प्राप्त लब्धाङ्क प्रतिशतलाई आधार मानी अधिकतम ७० अङ्क, न्युनतम भन्दा माथिल्लो शैक्षिक योग्यता भए थप अधिकतम २० अङ्क र सम्बन्धित क्षेत्रमा काम गरेको कम्तीमा २ वर्ष पूरा भएको भए अधिकतम १० अङ्क प्राप्त गर्न सकिने थियो ।

    मन्त्रिपरिषद्बाट स्वीकृत मापदण्डअनुसार प्राप्त आवेदनहरुबाट छनोट गरी माघ २८ गते मन्त्रालयले २ हजार २ सय ६२ जना उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरेको थियो ।
    त्यसपछि फागुन ११ र १२ गते मन्त्रालयले पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा कम्प्युटर सीप परीक्षा लिएको थियो । कम्प्युटर परीक्षामा उत्तीर्ण हुन कम्तीमा २५ अङ्क प्राप्त गनुपर्ने मापदण्डमा उल्लेख छ ।

    रोजगार संयोजकको नियुक्ति हुने सम्बन्धमा प्रारम्भिक सुचीमा प्राप्त अङ्कको गणना नहुने मापदण्डमा उल्लेख छ । कम्प्युटर सीप परीक्षामा सहभागी हुनका लागि मात्रै प्रारम्भिक सुची प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ । कम्प्युटर सीप परीक्षाका लागि ५० पूर्णाङ्कको २५ वटा बहु वैकल्पिक प्रश्न कम्प्युटर प्रणालीबाट नै सोधिएको थियो । ती प्रश्नहरुमा कम्तीमा १३ वटा प्रश्नको सही उत्तर दिने आवेदक मात्रै उत्तीर्ण भएका छन् । रोजगार संयोजकको प्रारम्भिक छनोट सुचीमा परेका २ हजार २ सय ६२ उम्मेदहरु मध्ये अधिकांश परीक्षार्थी कम्प्युटर सीप परीक्षामा अनुत्तीर्ण भएका छन् । यस मापदण्डमा अनुत्तीर्ण हुनु परीक्षार्थीलाई प्रतीक्षा सुचीमा पनि नराखिने भएको छ ।

    करार सेवाकाे लागि आवेदन माग गरिएकाे यो परिक्षा इतिहासकै सबैभन्दा निष्पक्ष परीक्षा भएको मन्त्रालयले बताएकाे  |छ ।

    Comment

    Related News 

    © 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: