तरकारीमा ८५% बढी विषादीको प्रयोग : सजग हुनु जरुरी


सरकारी नीति एकातिर व्यावाह्रिक पाटो अर्कोतिर हुने गरेको परिस्थितिमा फेरी अर्को तथ्य फेला परेको छ | नेपालमा भारत बाहेक तेस्रो मुलुकबाट नेपाल भित्रिने विषादीको करिब ८५ प्रतिशत मात्रा नै तरकारी बालीमा मात्र पर्योग हुने गरेको पाईएको छ | आजको अन्नपूर्ण दैनिकमा समाचर छ | 

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार वार्षिक ७५ करोड रकम विषादी खरिदमा बाहिरिन्छ । वार्षिक ६ सय ३५ टन कीटनाशक विषादी आयात हुने गरेको छ । विषादी प्रयोगको अवस्थाबारे प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको प्रतिवेदनमा उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको केन्द्रले दुई वर्ष लगाएर अध्ययन गरेको थियो ।

अध्ययनअनुसार बालीनालीमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी प्रयोग हुन्छ । तरकारीमा प्रतिहेक्टर १६ सय ५ ग्राम विषादी प्रयोग हुन्छ । कुल विषादीको ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए । सरकारले पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता भन्ने नारासहित फागुन ६ देखि आइतबारसम्म विषादी प्रयोगमुक्त सप्ताह विभिन्न कार्यक्रम गरी मनाएको छ । कृषि उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य गर्नुपर्ने भन्दै साताव्यापी कार्यक्रमलाई देशभर मनाउँदै आइतबार समापन गरेको छ । याे समाचार छेटु शेर्पाले अन्नपूर्णमा लेखेका छन् ।

 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: