इमान्दार भएर काम गर्दा जुनसुकै क्षेत्रमा काम गर्न सकिन्छ


 

नेपालका चर्चित र सफल युवा उद्यमीका रुपमा चिनिन्छन् हिम किशोर राई । पूर्वी पहाडको विकट जिल्ला भोजपुरमा जन्मिएका राईको बाल्यकाल सामान्य रुपमा बितेको थियो । उनी बिहानबेलुका खान पु¥याउने किसान परिवारमा जन्मिएका हुन् । पहाडको विकट जिल्लामा जन्म भए पनि सानैदेखि मानिसले जिन्दगीमा केही गर्नुपर्छ भन्ने साहस उनीमा थियो । यही उच्च विचारलाई मनन् गरी १४ वर्षको कलिलो उमेरमै आफ्नो भविष्यको ठूलो सपना बोकेर काठमाडौंतिर लागे । काठमाडौं आएपछि विभिन्न उकाली–ओराली पार गर्दै आफ्नै व्यवसाय सञ्चालनको तयारीमा जुटे राई । केही समयपछि उनले एउटा प्राइभेट कम्पनी सञ्चालन गरे । यिनै अध्ययन र अनुभवका आधार उनी बैंक्वीट व्यवसाय गर्ने निधोमा पुगे । हाल राई नेपालको सेयरबजार र आर्थिक क्षेत्रमा पनि त्यतिकै दख्खल भएका व्यक्ति हुन् । इमान्दारीता, धैर्यता र लगनशीलताले गर्दा नै राई यो अबस्थामा आइपुग्न सफल भएको हो ।

व्यवसायमा प्रवेश
बैंक्वीट व्यवसायमा आउनु पहिला पनि राई आफ्नै प्राइभेट कम्पनी चलाए । त्यसपछि विस्तारै उनी बैंक्वीट व्यवसायतिर आकर्षित भए उनी । यो व्यवसाय सञ्चालन पश्चात राइका जीवनमा धेरै चुनौति थपिए । ती चुनौतिसँगै उनले त्यसैभित्र एउटा नयाँ अनुभव पनि पाए । तिनै चुनौतिका बाबजुद पनि काम गर्न सफल भएको उनको भोगाइ छ । सरकार नीतिले आपूmले राम्रो गर्दागर्दै पनि अप्ठ्याराहरू आइलाग्ने राईको भोगाई छ । सरकारी नीति भन्नाले कम्पनी दर्ता, नविकरण, ट्याक्स लगायतका विषयमा सरकारी ढिलासुस्ती गर्ने दुःख दिने जस्ता झन्झटहरू व्यहोरे राईले । उनका अनुसार यो क्षेत्रमा धेरै चुनौतिहरू छन् । तिनको सामना गर्न सम्बिन्धत निकायहरूमा आफ्ना धारणा राई बताउँछन् । आइन्दा दिनमा त्यस्तो चुनौतिको सामना गर्न नपर्नेमा पनि उनी आशावादी देखिन्छन् । अहिले देशमा राजनीतिक स्थायित्व भए तापनि धेरैतिरका नियम कानुन बन्न बाँकी र बनेका कुराहरू पनि धेरै परिवर्तन गर्न आवश्यक भएको राईको ठम्याई छ ।

व्यवसायमा प्रतिस्पर्धा
व्यवसायीले आफ्नो व्यापार बढाउन उच्च र मध्य अनि न्यून वर्गलाई समेटेर जान सके मात्र सफल हुन सकिन्छ । व्यवसायीबीच अस्वस्त प्रतिस्पर्धा छ । सर्भिसमा क्वालिटी छैन । गुणात्मक भन्दा पनि संख्यात्मक प्रतिस्पर्धामा व्यापारीहरू छन् । व्यवसायीले प्रतिस्पर्धाबीच पनि सफल हुन समयलाई चिन्न सक्नुपर्छ । कसैले एकदमै उच्च घरानीय वर्गलाई लक्षित गरेर चलाएका हुन्छन् । कसैले मध्यम र निम्न वर्ग मात्र । तर हाम्रो चाहिँँ सबै वर्ग, क्षेत्र, लिङ्गलाई कुनै भेदभाव नगरी एकै ठाउँमा आउन सक्ने वातावरण बताएका छौं, राई भन्छन् । सबै क्षेत्रलाई समेट्न सकेकाले हामी अहिलेको प्रतिस्पर्धाको बजारलाई चिर्न सफल भएका हौं,–राई भन्छन् ।

यो व्यवसायमा कठिनाइहरू पनि छन् ? भन्दा उनी अगाडि थप्छन्, ‘भौगोलिक हिसाबले काठमाडौंलाई आधार मान्दा हाम्रो ठाउँ प्राइम लोकेसनमा छ ।’ त्यो पनि प्रतिस्पर्धालाई जित्ने एउटा कडी हो । आम्दानी भनेको कष्टमरको चाहना र समयको मागलाई मध्येनजर गरेर लगानी पनि गरेका छौं । त्यो अनुसारको प्रतिफल पनि राम्रै छ उनले बताए । छिट्टै नै शाखा पनि खोल्ने विचार रहेको तर त्यसको लागि गम्भीर रुपमा अध्ययन अनुसन्धान भएकाले विगत चार वर्षदेखि अध्ययन गरिरहेको राईले बताए । यो अन्य व्यवसायजस्तो नभएकाले जहाँ पायो त्यही खोल्ने कुरा हुँदैन । जहाँ जनघनत्व अधिक हुन्छ त्यहीं ठाउँमा खोल्नुपर्ने हुन्छ । काठमाडौंमा प्रशस्त खाली ठाउँहरूको अभाव भएकाले आपूmले चिताएको ठाउँमा खोल्न नसकेको उनको भनाइ छ । शाखाको लागि उपत्यकाभित्र ललितपुर र भक्तपुरमा उपयृुक्त ठाउँ मिल्नासाथ शाखा लोखिहाल्ने र उपत्यकाबाहिर अध्ययन भइरहेको उनी बताउँछन् ।

सुरुको लगानी
‘हामीले यो बैंक्वीट पनि अर्कोसँग लिएर त्यसबेला यसमा त्यति ठूलो लगानी भएको थिएन, संरचनाहरू पुराना भइसकेकाले ठिकै मूल्यमा लिएको हो । पछि कस्टुमोरको चाहना अनुसार सामान थप्दै ग¥यौं । यसमा एकमुष्ठ ठूलो लगानी भएन,’ उनी भन्छन् । अबका दिनमा भने यत्तिको बैंक्वीट सञ्चालन गर्न कम्तिमा ५ करोड रुपैया लगानी हुने कुरा राई बताउनुहुन्छ ।
भोजपुरको विकट गाउँबाट आएर सानै उमेरमा सफल व्यवसायी बन्न तपाईंमा के जादु छ ? भन्ने प्रश्नमा राई भन्छन्, “म अहिले जहाँ छु त्यो अनुसार मैले आम रुपमा नेपाली समाजमा केही गरेजस्तो लाग्छ । मानव स्वभावैले पनि महत्वकांक्षी हुन्छ । मलाई पनि आफ्ना समकक्षीहरूलाई हेर्दा कोही माथि हुनुहुन्छ कोही तल हुनुहुन्छ । सबैलाई अध्ययन गर्दा ठिकै जस्तो लाग्छ ।” यो व्यवसायको आधारबाट मलाई केही मान्छेले चिन्छन् केहीलाई रोजगारी दिएको छु । ‘मलाई कसले चिने भन्ने भन्दा पनि मैले कतिलाई रोजगार दिन सकेँ र व्यवसायको कारणले राज्यलाई कति कर तिरेँ त्यो ठूलो कुरा हो ।’ उनी बडो गौरवका साथ अगाडि भन्छन्, ‘मैले सानै उमेरमा झन्डै १६ वर्ष अगाडिदेखि राज्यलाई नियमअनुसारको कर नियमित रुपमा बुझाउन र केही वेरोजगार नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकेको छु त्यसैमा मलाई गर्ब छ ।’ राई थप्छन् ।


नेपालको आर्थिक अवस्था
नेपालको सेयर बजारको बारेमा खासै ठूलो ज्ञान नहुँदा–नहुँदै पनि आइपीओ र सेकेन्डरी मार्केटको सेयर सस्तोमा किने । सुरुसुरुमा आर्थिक समाचारको अभावले गर्दा कतिमा घाट पनि भयो । इन्टरनेटलगायत प्राधिविक पक्षको पनि पहुँच नभएको अबस्था थियो त्यसबेला त्यसले गर्दा केही राइट सेयरहरू पनि भर्न सकिएन । पछि बिस्तारै आर्थिक समाचार सुन्ने र बुझ्ने मौका पाएँ,–राई आप्mनो अनुभव सुनाउँछन् । उनी थप्छन्, –सेयर बजारको बारेमा अन्जानमै हल्लाको भरमा लगानी गरियो । फेरि त्यसको बारेमा गहिरिएर अध्ययन पनि गरिएन ।

अहिलेको सेयर बजार हेर्दा आर्थिक बन्दी पनि होइन, तर यो किन घटेको छ ? घटुनपर्ने कारण देखिँदैन चाँडै नै माथि जानुपर्छ । सेयर बजारमा लगानीकर्ताको किन आकर्षण घटेको भन्दा राई भन्छन– ‘अहिलेका अर्थमन्त्री गभर्नर हुँदा र अर्थमन्त्री हुँदा पनि सम्बन्धित क्षेत्रका व्यक्तिहरूले विभिन्न सेमिनार गोष्ठी गरेर विचार लिन खोजे । तर उनले लक्षित वर्ग र क्षेत्रका बारेमा स्पष्ट धारणा दिएनन् त्यसको कारण बुझिएन ।’ लगानीकर्ताले बैंकहरूसँग लोन माग्दा दिन नसक्ने । दिइहाले पनि महंगो ब्याजको सामना गर्नुपर्ने सेयर धितोमा पनि सरकार उदासिन देखिनु मुख्य कारण हुन् जस्तो लाग्छ । यी कुरामा सुधार हाउने हो भने बैंकको ब्याज घट्छ लगानीकर्ता पनि उत्साहित हुन्छन् अनि सुधार आउँछ । अर्थमन्त्री र नेपाल राष्ट्र बैंकले विशेषखालको नीति ल्याउने हो भने सेयर बजार बढ्छ । अर्को कुरा जब बैंकहरूले आठ अर्ब पु¥याए, त्यसलाई परिपूर्ति गर्न भारी मात्रामा राइट सेयर इस्यु भयो । एकाद बैंक बाहेक सबैले बोनस नदिएर फिक्स डिपोजिटमा राखेको भन्दा पनि कम क्यास डिभिडेन्ट दिएका कारण सेयर बजारमा मानिसको आकर्षण घटेको हो, जस्तो मलाई लाग्छ ।

विदेशी लगानीकाे अावश्यकता सम्बन्धमा 
जुनसुकै देशमा पनि सरकारको नीति स्पष्ट हुन्छ । त्यसो भयो भने विदेशी लगानीहरू प्रशस्त मात्रा आउँछन्, राईले भने । उनी थप्छन् ‘ तर नेपाल सरकारको नीति स्पष्ट छैन । उद्योगधन्दा सञ्चालन गर्न आवश्यक पर्ने कुराहरूमा ठूलो समस्या छ । नेपालमा अहिले आर्थिक अनिमियता, लाइसेन्स वितरणमा समस्या, दक्षिणको बढी प्रभाव लगायतका विषयहरूले विदेशी लगानीकर्ता बिचकिएका छन् ।’ नेपालमा वैदेशिक लगानी आउने भनेको एनआरएनमार्पmत हो । त्यसमा उनीहरूको माग छ, सरकारले त्यसलाई वास्ता गरेको छैन । एनआरएनको मुख्य मुद्दा भनेको दोहोरो नागरिकता हुनुपर्छ भन्ने हो । त्यो सरकारले सम्बोधन गर्न सक्दैन । त्यसकारण उनीहरूले नेपालमा पैसा ल्याएर लगानी गर्न सकेका छैनौं । राई भन्छन्, ‘एनआरएनले माग्यो भन्दैमा संसारमै नभएको दोहोरो नागरिकता त हामी दिन सक्दैनौं । तर, अरु देशहरूले जस्तै त्यस्ता नागरिकलाई विशेषखालको कार्ड दिएर अपनत्व फिल हुनेगरी लगानी भित्र्याउन सकिने कुरा राई बनाउनुहुन्छ । जस्तो नेपाली दाजुभाइ दिदीबहिनीहरू हङकङ बस्छन् उनीहरूलाई हङकङले नागरिकता दिएको छैन तर आईडी कार्ड दिएको छ ।

त्यसैगरी अमेरिकाले ग्रीन कार्ड दिएको छ, अष्ट्रेलिया, क्यानडाले पीआर दिएको छ । यसरी धेरै देशले त्यस्ता कार्डहरू दिएको छ । अमेरिकामा बस्ने नेपालीहरू हरियो पासपोर्टमै उडिरहेका छन् । उनीहरूलाई नागरिकता त दिएको छैन । तर, त्यहाँ ग्रिन कार्ड होल्डर्सले ब्यापर गर्न पाउँछ, उसको भोटिङ राइटस् हुन्छ । ती मुलुकमा गएका नेपालीहरूले नेपाली नागरिकता त्यागेर त्यहाँको नागरिकता लिए भने नेपाल आउँदा नेपाली मुलका विदेशी हुन्छन् त्यो देशको भीसा लगाएर आउनुपर्छ । जसले नेपालको नागरिकता नै त्यागिसके तर नेपालमा आएर व्यवसाय गर्छु भन्दा हामीले उनीहरूलाई एउटा विशेष कार्डको व्यवस्था गरौं,’ राई थप्छन् । उनी भन्छन्, ‘जस्तो सरकारले अहिले नेपालका नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने भनेर धमाधम छपाइ गरिरहेको छ, त्यसको कामै छैन किन भने त्यसको काम नागरिकताले नै गरिहाल्छ । लौ बनायो त्यसको के काम छ त ? प्रतिप्रश्न गर्छन्, ‘जस्तो इण्डियामा रासन कार्डको व्यवस्था छ त्यसले राज्यले दिने सबै सुविधा पाइन्छ । जस्तै बैंक एकाउन्ट खोल्न, जग्गा पास गर्न मात्र त्यसले पासपोर्ट बनाउन पाइँदैन । पासपोर्ट बनाउनका लागि नागरिकता नै चाहिन्छ । नेपालको राष्ट्रिय परिचयपत्रको काम के ? त्यस्तो चाहिँ हुनुहुँदैन ।’ विदेशमा गएर नागरिकता त्यागिसकेकालाई त्यस्तै खालको विशेष कार्डको व्यवस्था गरेर विदेशिएको लगानी भित्र्याउन सकिन्छ, उनी भन्छन् । सरकारले सरल सहज नीति ल्याएर उनीहरूलाई लगानी गर्ने वातावरण बनाएमा नेपालमा ठूलो लगानी भित्रिने कुरा राईको बुझाइ छ । उनी भन्छन्, कृषि, पर्यटन, यातायात लगायत क्षेत्रमा एकदमै ठूलो लगानी आउँछ हामीले केही गर्ने पर्दैन । नेपाल एउटा प्रचुर मात्रमा सम्भावना भएको मुलुक हो ।’

यस व्यवसाय नअाएकाे भए ……..
‘हाम्रो समुदायको पहिलो प्राथमिकता भनेको लाहुरे हुने नै हो ।’ त्यसमा पनि त्यस बेला ब्रिटिस र सिंगापुर आर्मी हुनेको महत्व छुट्टै थियो । तर, ममा कहिल्यै पनि विदेश जाने, आर्मीमा जागिर खाने रहर पलाएन । वैदेशिक रोजगारीमा जानुपर्छ भन्ने सोचै आएन, उनले स्पष्ट पारे । उनीमा विदेश जानुभन्दा आफ्नै देशमा बसेर केही गर्नुपर्छ भन्ने इच्छा पलायो । त्यसले उनी ब्यांङ्कुइट व्यवसायतिर आकर्षित भएकोे बताउँछन् । वैदेशिक रोजगारीमा जाने पनि सुखी छन् र उनी पनि नेपालमा बसेर त्यो भन्दा पनि बढी व्यवसायमा सन्तुष्ट रहेका छन् । ‘व्यवसाय गर्ने मेरो रहर र बाचा त्यसै सफल भएको छ ।’ उनी प्रश्न गर्दा थप्छन् ।

 

बैंक्व्वेट व्यवसायलाइ थप व्यवस्थित गर्नु अावश्यक 

बैंक्वीट व्यवसाय गर्दा निश्चित श्रेणी छुट्ट्याउनुपर्छ भन्ने हो’, राई स्पष्ट पार्दछन् । उनको बिचारमा बैंक्वीट ‘क’ ‘ख’ ‘ग’ गरेर त्यसको क्राइट एरिया छुट्ट्याउँदा सबैमा राम्रो हुने कुराको दाबी गर्छन् । जसरी स्टार होटलहरूलाई थ्री, फोर, फाइभ, सिक्स र सेभेनस्टार भनेर राखिन्छ । त्यस्तै हस्पिटलमा त्यस्तै सरकारी हस्पिटल छन् प्राइभेट पनि छन् । सेभेनस्टारको सुविधा त थ्री स्टारले दिन सक्दैन, त्यस्तै सबै बैंक्वीटहरूले एउटै खालको सुविधा दिन सक्दैन त्यसैले हाम्रो क्षेत्रमा त्यो किन लागु नगर्ने, राई प्रष्टाउँछन् ।

‘हाम्रो समुदायको पहिलो प्राथमिकता भनेको लाहुरे हुने नै हो ।’ त्यसमा पनि त्यस बेला ब्रिटिस र सिंगापुर आर्मी हुनेको महत्व छुट्टै थियो । तर, ममा कहिल्यै पनि विदेश जाने, आर्मीमा जागिर खाने रहर पलाएन । वैदेशिक रोजगारीमा जानुपर्छ भन्ने सोचै आएन

(प्रस्तुती ः कालिका महत)

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: