गल्फ फुड प्रर्दशनीमा नेपाली उत्पादनकाे आकर्षणले व्यवसायीहरु उत्साहित


दुवईमा भर्खरै सम्पन्न भएकाे गल्फ फुड प्रर्दशनी (खाडी खाद्य/खाना प्रर्दशनी)मा नेपाली उत्पादन प्रति अवलाेकनकर्ताहरुकाे विशेष चासाे रहेकाे नेपाली उद्याेगीहरुकाे प्रतिनिधित्व गर्दै सहभागी हुनुभएका सुवास भण्डारीले बताउनुभएकाे छ ।

उक्त प्रदर्शनीमा नेपालमा उत्पादन हुने मध्येका पाँच सामाग्री राखिएको थियाे । जसमा चिया, अलैँची, अदुवा, कफी र खानेपानी रहेका थिए । यी वस्तुहरु उक्त पर्दशनीकाे निम्ति अाकर्षणकाे रुपमा रहेका थिए । साथै यी नेपाली सामानहरुकाे स्टलमा साउदी अरब, वहराइन, ओमन, भियतनाम लगायतकाे चासाे रहेकाे एक सहभागीले बताए ।

नेपाली उत्पादनकाे माग रहेपनि अहिले बजारीकरण ठूलाे समस्याकाे रुपमा रहेकाे छ । यसकारण नेपाली उत्पादनकाे अन्तर्राष्ट्रिय बजार पाएमा स्थानीय कृषक र व्यापारीलाइ विशेष  लाभ मिल्ने अपेक्षा गर्न सकिन्छ।

उक्त मेलामा यस पटक भएको सहभागीताले नेपाली उत्पादनलाई अन्य देशमा व्यापारका लागि विशेष प्राेत्साहन मिलेकाे र व्यापार विस्तारकाे बाटाे  समेत खुलेको सहभागीहरुले बताएका छन् ।

 

नेपालमा उत्पादित उत्पादनहरुलाइ अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न सहयाेग पुग्ने उद्देश्यले अायाेजना गरिएकाे उक्त मेला फागुन ९ गते सकिएकाे छ ।

उक्त मेलामा नेपालबाट राष्ट्रिय अलैचीँ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, कोषध्यक्ष सुवास भट्टराई र केन्द्रीय सदस्य निमेश मितल, चिया तथा कफी बिकास बोर्डका तर्फबाट डिल्ली गौतम, अदुवा उत्पादन व्यवसायी संघका तर्फबाट सन्जीव घिमिरे र नेपाल बोटल वाटर उद्योग संघका प्रतिनिधि सुवास भण्डारी लगायतकाे सहभागिता थियाे ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: