पन्चासे मा.विको ४३ औं वार्षिक उत्सव सम्पन्न।

पन्चासे मा.विको ४३ औं वार्षिक उत्सव सम्पन्न।


  • सेतो घर
  • बिहिबार, फाल्गुन २, २०७५
  • 392
    SHARES

डिल बहादुर लामा।नुवाकोटको बेलकोटगढि नगरपालिका वडा नम्बर ४ डाँडाखर्कमा रहेको श्री पन्चासे माध्यमिक विद्यालयको आज ४३ औं बार्षिक उत्सव सम्पन्न भएको छ।कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य केशव राज पाण्डे
प्रधानाध्यापक कुमार पौडेल (रबिन्द्र) सभा अध्यक्ष बेलकोटगढी न.पा वडा ४ का वडा अध्यक्ष चन्द्र बहदुर लामा र अतिथि भुपु प्रधानाध्यापक रामेश्वर रिजाल रहेका थिए।भुपु प्रधानाध्यापक रिजालले आफ्नो शिक्षण क्षेत्र अन्यत्र भएपनी विद्यालय,शिक्षक,विद्यार्थी र अभिभावकप्रती सधै माया र स्मरण रहेको समेत ब्याक्त गरेका थिए।

कार्यक्रमको बिच भुपु विद्यार्थी बुद्ध सुवेदीले हाल भाइरल भैरहेको गीत सालको पातको टपरी हुनि ट्र्याकमा साङ्गितिक प्रस्तुति दिएका थिए।
विद्यार्थीहरुका बेलुन डान्स,अडियो डान्स गरिएका थिए।कार्यक्रमको उत्घोषक सोही विद्यालयका शिक्षक हरिकृष्ण पौडेलले गरेका थिए।
कार्यक्रममा सुरक्षाकर्मी ,छिमेकी विद्यालयका विद्यार्थी,प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,विभिन्न संघ सस्थाका प्रतिनिधि,भुपु विद्यार्थी,शिक्षक ,अभिभावकहरुका बाक्लो उपस्थिति रहेका थिए।विद्यार्थीहरुले गीत मार्फत उच्च शिक्षा पन्चासे मा.विमा नै अध्ययन गर्न इच्छा ब्याक्त गरेका थिए।विभिन्न साङ्गितिक कोसेली प्रस्तुति गर्ने क्रममा विद्यार्थीहरुका समूहले अहिलेका प्राबिधिक विकासका गति गतिलो पक्षमा पार्दै विद्यालयको आवस्यक विविध बिषय बस्तुलाई समेटिएका थिए।उक्त कार्यक्रममा कक्षा १ देखि १० सम्मका प्रथम,द्वितीय र तृतीयहरुलाई पुरस्कार वितरण गरिएका थिए।साथै विद्यालयको बार्षिक उत्सवको पुर्व सन्ध्यामा विद्यालयले गरिएको विभिन्न खेल,सास्कृतिक कार्यक्रममा प्रथम ,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई बेलकोटगढी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष चन्द्र बहादुर लामाद्वारा पुरस्कार वितरण गरिएका थिए।कक्षा नियमित र अनुशासित तर्फ रस्मिला लामा र बिश्वास पौडेललाई समेत सभा अध्यक्ष लामाद्वारा पुरस्कर वितरण गरिएका थिए।कार्यक्रममा सभा अध्यक्ष लामाले विद्यालयलाई सम्पुर्ण अभिभावक र स्थानीय निकायले उच्च माध्यमिक विद्यालय सन्चालन गर्न पहल गर्नुपर्ने समेत बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2024 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : SobizTrend Technology