साना र मझौला व्यवसायीलाई एकीकृत गर्ने प्रयाशमा छौं : अध्यक्ष पाैडेल

  • राज्यकाे सहयाेग प्राप्त भए ठूलाे राेजगारी सृजना गर्न सकिने क्षेत्र

  • वि.सं २०५३ देखि जुत्ताचप्पल क्षेत्रमा जागिरेको रुपमा प्रवेश गर्नुभई यस क्षेत्रलाई नजिकबाट बुझ्नुभएका आनन्द प्रसाद पौडेलले भर्खरै सम्पन्न अधिवेशन मार्फत नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ । वि.सं २०५७ देखि एमपी फुटवेयर नामक जुत्ता उद्योग सञ्चालन गर्दै आउनुभएका ऊहाँ निरन्तर रुपमा नेपाली उत्पादनको प्रबद्र्धन र बजारीकरण गर्नुपर्ने मान्यता बमोजिम अघी बढिरहनुभएको छ । व्यवसायीहरुलाई सचेत र जागरुक समेत

    आनन्द प्रसाद पौडेल अध्यक्ष, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघ

    बनाउँदै व्यावसायिक हकहितको लागि समेत चिन्तनसिल पौडेल आफ्नो कार्यकालमा साना व्यवसायीहरुका हक, हित र अधिकार स्थापित गर्ने योजनाको साथ निरन्रत क्रियाशिल हुनुहुन्छ । खासगरी लेडिज जुत्ता

    चप्पल उद्योगहरुको संरक्षण तथा प्रवद्र्धनमा काम गर्दै आउनुभएका ऊहाँ नेपालमा अहिलेको अवस्थामा जुत्ताचप्पल व्यवसाय निकै नै फस्टाउँदै गएको बताउनुहुन्छ ।  अर्घाखाँचीको ठाडा क्षेत्रका स्थायी बासिन्दा पौडेल आफैंले सञ्चालन गर्दै आएको एमपि फुटवेयर उद्योगबाट १५ जना व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । आफ्नो उद्योगबाट मासिक ५ हजार जोर जुत्ताचप्पल उत्पादन गर्दै आउनुभएका ऊहाँ राज्यले लगानी गर्न उपयुक्त औद्योगिक वातावरण बनाइदिए करिब २० हजार मानिसलाई यस क्षेत्र मार्फत रोजगारी दिन सकिने समेत बताउनुहुन्छ ।

    प्रस्तुत छ उनै पौडेल सँँग रहेर जुत्ताचप्पल क्षेत्रको अवस्था, व्यावसायिक गतिविधि, संघले गर्दै आएका कार्य र आगामी कार्यदिशा बारे गरिएको कुराकानी ः

    नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघ कहिले र किन स्थापना भएको हो ?
    हाम्रो यो संघ वि.सं २०७० माघ १८ मा स्थापना भएको हो । नेपालमा सानो लगानीमा सञ्चालित साना तथा मझौला उद्योगी÷व्यवसायीहरुलाई एकत्रित गरेर व्यावसायिक हकहितको लागि काम गर्नुपर्ने मान्यताले यो संस्था स्थापना गरिएको हो । यस बीचमा संघले विभिन्न किसिमका व्यावसायिक हकहितको लागि काम गर्दै आएका छौं । हामीले हाम्रा समस्याको बारेमा अवगत गराउँदै सरकारसँग व्यावसायिक वातावरण निर्माणको लागि झक्झक्याउने काम समेत हामीले गरेका छौं । हामीले विभिन्न रचनात्मक कामहरु समेत गरेका छौं । साथै व्यावसायिक प्रवद्धन तथा मेला आयोजना लगायतका कामहरु समेत हाम्रो संघबाट हुँदै आएका छन्ं । हाम्रो यस संघमा जुत्ताचप्पल उत्पादक तथा विक्रेताको अलावा कच्चा पदार्थ आयातकर्ता, कार्टुन उत्पादक कम्पनी लगायत समेत संलग्न छन् । हाम्रो संघमा अधिकांश लेडिज जुत्ताको क्षेत्रमा काम गर्ने व्यवसायीहरुको सङ्ख्या ठूलो छ ।

    आगामी दिनमा हामीले सबै किसिमका व्यवसायीहरुलाई नेतृत्वदायी क्षमता विकासमा जोड दिँदै व्यावसायिक हकहितको लागि आवाजहरु उठाउने, आवश्यक नीतिनिर्माण तय गर्नको निम्ति राज्य पक्षलाई घच्घच्याउने र व्यावसायिक वातावरण निर्माणको लागि पहल गर्ने लगायतका कामहरु पनि गर्नेछौं । हामीले यस क्षेत्रमा काम गर्न आवश्यक दक्ष कालिगढ उत्पादनको लागि समेत राज्य तथा विभिन्न संस्थाहरुको सहकार्यमा कार्यहरु गर्नुपर्ने अवस्था समेत छ ।

    संघको नेतृत्व तपाईंंले लिनुभएको छ, संघलाई अघी बढाउन तपाईंका आगामी योजनाहरु के छन् ?
    हामीले नेपालमा भएका साना तथा मझौला उद्योगहरुलाई समेट्ने कार्यलाई अझ तीव्रताको साथ अघी बढाउनुपर्नेछ । नेपालमा हामीले खासगरी हामीले सानो र मझौला लगानीका व्यवसायीहरुलाई साथ लिएर अघी बढेका हुनाले हाम्रो पहुँच सबै ठाऊँमा विस्तार हुन सकेको छैन । आगामी दिनमा हामीले सबै किसिमका व्यवसायीहरुलाई नेतृत्वदायी क्षमता विकासमा जोड दिँदै व्यावसायिक हकहितको लागि आवाजहरु उठाउने, आवश्यक नीतिनिर्माण तय गर्नको निम्ति राज्य पक्षलाई घच्घच्याउने र व्यावसायिक वातावरण निर्माणको लागि पहल गर्ने लगायतका कामहरु पनि गर्नेछौं । हामीले यस क्षेत्रमा काम गर्न आवश्यक दक्ष कालिगढ उत्पादनको लागि समेत राज्य तथा विभिन्न संस्थाहरुको सहकार्यमा कार्यहरु गर्नुपर्ने अवस्था समेत छ ।

    नेपालमा जुत्ताचप्पल सम्बन्धी काम गर्ने उद्योगी-व्यवसायीहरुका खास समस्याहरु के–के छन् ?
    अहिले नेपालमा हामीले जुत्ता चप्पल क्षेत्रमा काम गर्नको निम्ति आवश्यक दक्ष कालिगढ प्राप्त गर्न सकिरहेका छैनौं । नेपालमा यस क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादनको निम्ति हाम्रो अग्रसरतामा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने कार्य हाम्रो प्राथमिकतामा रहनेछ । नेपालमा अहिले आवश्यक दक्ष कालिगढ उपलब्ध नभएको कारण भारत लगायतबाट कालिगढ नेपालमा ल्याएर काम गर्नुपर्ने अवस्था समेत छ ।

    यस क्षेत्रमा कस्ता कालिगढको आवश्यक पर्छ ? कालिगढ उत्पादन गर्न कति समय लाग्छ ?
    हाम्रो उद्योगमा अपर र बटम गरी मुख्य २ कामहरु हुने गर्छन् । काम प्रति जागरुक र प्रतिवद्ध हुने हो भने ६ महिनाको अवधिमा यस क्षेत्रमा आवश्यक सबै किसिमका कामहरु सिक्न सकिने अवस्था रहन्छ । साथै नेपालमा यस क्षेत्रमा काम सिक्ने हो भने प्रयाप्त रोजगारी पाउन सकिने अवस्था समेत छ । नेपालमा नै स्वरोजगार बन्न चाहनेहरुको लागि समेत यो क्षेत्रमा निकै राम्रो अवसर छ ।

    कच्चा पदार्थको अवस्था कस्तो छ ?
    नेपालमा अहिले पनि जुत्ताचप्पलको निम्ति आवश्यक पर्ने कच्चा पदार्थहरु आयातमा नै निर्भर छन् । यद्यपि विगतमा आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर एउटै भएकोमा अहिले तयारी वस्तुको भन्सार दर बढाइएको छ । यद्यपि कच्चा पदार्थको भन्सार दर घटाएर नेपाली उद्योगीहरुलाई सहज वातावरण बनाउने काम पनि सरकारले गर्नुपर्छ । तर अहिले यो वातावरण बन्न सकेको छैन ।

    हाम्रो उद्योगमा अपर र बटम गरी मुख्य २ कामहरु हुने गर्छन् । काम प्रति जागरुक र प्रतिवद्ध हुने हो भने ६ महिनाको अवधिमा यस क्षेत्रमा आवश्यक सबै किसिमका कामहरु सिक्न सकिने अवस्था रहन्छ । साथै नेपालमा यस क्षेत्रमा काम सिक्ने हो भने प्रयाप्त रोजगारी पाउन सकिने अवस्था समेत छ । नेपालमा नै स्वरोजगार बन्न चाहनेहरुको लागि समेत यो क्षेत्रमा निकै राम्रो अवसर छ ।

    यस संघमा आवद्ध उद्योगी-व्यवसायीहरु मार्फत नेपालमा कति व्यक्तिले रोजगारी पाएको अवस्था छ ?
    यस संंघमा सदस्य रहेका व्यक्तिहरुले न्यूनतम करिब १ लाख देखि बढीमा करिब ५० लाख रकम लगानी सम्मका जुत्ता उद्योगहरु सञ्चालन गर्नुभएको छ । हाल यस संघमा आवद्ध व्यवसायीहरु मार्फत करिब ५ हजारले रोजगारी पाइरहेको हुनुपर्छ । यद्यपि राम्रो उपयुक्त वातावरण बन्न सकेको खण्डमा हामीले करिब १५ हजार देखि २० हजार सङ्ख्यामा रोजगारी सृजना गर्न सक्छौं ।

    अहिले नेपालमा लेडिज जुत्ता उत्पादन गर्ने उद्योगहरुको सङ्ख्या कति छ ?
    हामीले विगतमा संकलन गरेको तथ्याङ्कलाई आधार मान्दा लेडिज जुत्ताचप्पल उत्पादन गर्ने कम्पनीहरुको सङ्ख्या साढे २ सय देखि ३ सयको हाराहारीमा हुनुपर्छ । कतिपय व्यवसायी नयाँ थपिने साथै कतिपय बाहिरिने अवस्था समेत रहने हुनाले अहिले यत्ति नै छन् भन्ने अवस्था भने छैन । यद्यपि हामीले भर्खर मात्रै नयाँ कार्यसमितिको जिम्मेवारी लिएका छौं । हामीले आधिकारिक तथ्याङ्क सङ्कलन गरी अभिलेख राख्ने कार्य गर्नेछौं ।

    नेपालमा लेडिज जुत्ता उत्पादन गर्दा बढी मात्रामा कस्तो प्रविधि अपनाउँदै आइएको छ ?
    बजारमा अहिले लेडिज जुत्ता उत्पादनको निम्ति पुरानै प्रविधिमा आधारित मेसिनहरुको नै प्रयोग हुँदै आएको छ । हाल पियु प्लान्टबाट स्वचालित जुत्ता उत्पादनको काम समेत हुन थालेको छ ।

    लगानीको हिसाबले यो क्षेत्र कस्तो क्षेत्र हो ?
    हाम्रो यस क्षेत्रमा रहेर काम गर्नको लागि सानो देखि ठूलो लगानी सम्ममा काम गर्न सकिने अवस्था छ । न्यूनतम १ लाख रकमको लगानी देखि अधिकतम करोडौं रकम लगानीमा यस क्षेत्रमा रहेर काम गर्न सकिने अवस्था छ ।
     ब्राण्डकै रुपमा स्थापित हुने किसिमले लेडिज जुत्ता उद्योगहरुले त खासै पहल गरेको पाईंदैन नि ?
    वास्तवमा अहिले सम्म नेपालमा उत्पादित लेडिज जुत्ता चप्पलहरुको ब्राण्डिङ गर्न सकिएको छैन । यसै विषयलाई लक्षित गरी आगामी दिनमा उद्योगीहरु बीच ब्राण्डिङमा जोड दिँदै सोही बमोजिम जुत्ता उत्पादन गर्ने सम्बन्धमा छलफल भएको छ । यसमा सबै व्यवसायी साथीहरु सकारात्मक नै हुनुहुन्छ ।

    कच्चा पदार्थ नेपालमा उत्पादन गर्न सकिने सम्भावना चाहिँ कस्तो छ ?
    नेपालमा जुत्ताचप्पल उत्पादनको निम्ति आवश्यक अधिकांश कच्चा पदार्थको निम्ति हामी मुलुक भन्दा बाहिर नै निर्भर रहनुपरेको अवस्था छ । यद्यपि रवड उत्पादन गर्न सकिने सम्भावना भने नेपालमा पनि छ । यसलाई विशेष जोड दिँदै रवड उत्पादन गर्ने कार्यमा नेपाल सरकारले समेत विशेष जोड दिनु आवश्यक रहन्छ ।

    Comment

    Related News 

    © 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: