पहिलो पटक प्रधानमन्त्री बनेपछिको ओलीको पहिलो घोषणा : तुईन मुक्त देश बनाउने सपना अझै अलपत्र


 

दुई वर्षभित्र  देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा साढे तीन वर्षमा पनि पूरा हुन सकेको छैन । पहिलो पटक प्रधानमन्त्री हुँदा पदभार ग्रहण गर्ने क्रममा २५ असोज ०७२ मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने निर्णय गरेका थिए ।

मुलकभर अझै २० वटा तुइन प्रतिस्थापन हुन नसकेको  संघीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालका अनुसार देशभर रहेका १३५ तुइनमध्ये ११५ तुइन प्रतिस्थापन भइसकेको छ ।

बाँकी तुइन हटाउन सबै स्थानीय तहलाई परिपत्र

प्रधानमन्त्री ओलीको घोषणासँगै तुइनमुक्त बनाउने अभियानलाइ सफल बनाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्ययोजना बनाएको थियो । 

घोषित अवधिमा तुइन प्रतिस्थापन हुन नसकेपछि आवश्यक परेका स्थानीय प्रशासनसमेतको सहयोग लिई यथाशक्य तुइन हटाउने मन्त्रालयले गत बिहीबार सबै स्थानीय तहलाई परिपत्र गरेको छ । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: