अन्तरजातीय विवाह स्विकार्नु पर्ने भन्दै एक प्रेमीले गरे एक युवतीको हत्या


प्रेमिका संग विवाह नहुदै गर्भ रहेपछि विवाह गर्नुपर्ने देखेर म्याग्दीका एक युवकले आफ्नै प्रेमिका कालीगण्डकी नदीमा जीप खसालेर हत्या गरेका छन् |

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका- ७ घराम्दीकी २० वर्षीया सबिता नेपालीलाई बेनी नगरपालिका-९ काउलेगैँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्काले कालीगण्डकी नदीमा जिपसहित खसालेका ठहर गर्दै अदालतले सर्वस्वासहित जन्मकैदको फैसला गरेको हो । गत १४ असारमा नेपालीलाई कालीगण्डकीमा खसालेर खड्का बेपत्ता भएका थिए ।

अविवाहित सबिता गर्भवती भएपछि घराम्दीमा गाउँभेला आयोजना गरिएको थियो । सो भेलामा सबिताको गर्भमा रहेको बच्चा आफ्नो भएको विवााहित खड्काले स्वीकारेका थिए । त्यसपछि खड्काले उनलाई जिपमा राखेर गाउँबाट निस्किएका थिए । जिम्मा दिने प्रतिबद्धता जनाउँदै अपहरणको शैलीमा जिपमा राखेर गाउँबाट निस्केका खड्काले तिप्ल्याङमा ल्याएपछि गाडीसहित खसालेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: