राष्ट्रपतिबाट श्रीरामतारक ब्रम्ह महायज्ञको उद्घाटन


राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको चतरामा आयोजित श्रीरामतारक ब्रम्ह महायज्ञको आज उद्घाटन गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले आजै रामानन्द सेवा पिठले निर्माण गरेको भवनको पनि उद्घाटन गर्नुभयो । सेवा पिठले साढे आठ करोड लागतमा १ सय २६ कोठा भएका तीनवटा भवन निर्माण गरेको थियो ।

महायज्ञको उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले महायज्ञ राष्ट्रकै लागि गौरवको विषय भएको र पर्यटन प्रवर्द्धनमा जोड दिन सके मुलुकको समृद्धिका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले पर्यटनसँग जोडेर प्रदेशको समृद्धिको खाका तय गर्दै अघि बढ्ने धारणा राख्नुभयो । 

फागुन ७ गते सम्म चल्ने महायज्ञ अवधीभर नेपालसहित भारतबाट भक्तहरुको उपस्थिती रहने महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पिठ सुनसरीले जनाएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: