घुस लिने न्याधिश नै ?


मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौं जिल्ला अदालतका न्यायधीश बाबुकाजी बानियाँ न्यायपरिद्मा तानिएका छन् ।

माघ १७ गते पाँच लाख नगद घुससहित पक्राउ परेका जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले घुस लेनदेनमा न्यायाधीशको पनि हात रहेको बयान दिएपछि उनी न्याय परिषद्मा तानिएका हुन् ।

चालिसेले बयानमा न्यायाधीश बानियाँको नाम पोलेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको निर्देशनमा न्यायपरिषद्ले बानियाँलाई माघ २४ गते बिहिबार न्याय परिषद्मा तानेको हो ।

माघ २३ गते निर्णय गरेको भएपनि बानियाँलाई काज भत्ता नपाउने गरी न्याय परिषद्मा छानबिनका लागि तानिएको बताइएको छ । यद्यपी बानियाँमाथि छानबिन भएपछि मात्र उजुरी वास्तविक हो वा पूर्वाग्रही भनेर तथ्य खुल्ने बताइएको छ ।

यसअघि ललितपुर जिल्ला अदालतका तत्कालिन प्रमुख न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँका मुख्य न्यायाधीश ओमकार उपाध्यायमाथि छानविनका लागि परिषदले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

यस्तै सर्लाहीका प्रमुख न्यायाधीश राजेश काफ्ले र भक्तपुरका प्रमुख न्यायाधीश मोहम्मद जुनेद आलमलाई सातदिने स्पष्टीकरण सोधिएको छ । प्रधानन्यायाधीश राणा नेतृत्वको परिषदले हालसम्म उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलसहित दश न्यायाधीशलाई काजमा तानिसकेको छ ।

आजको नेपाल समाचार पत्रमा समाचर छ |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: