भेनेज्वेला सन्दर्भ : प्रचण्ड-ओली बीच चल्यो जुहारी


 

भेनेज्वेलामा उत्पन्न आन्तरिक राजनीतिमा अमेरिकाको हस्तक्षेप भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा मतभेद उत्पन्न भएको छ ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओली डावोसबाट फर्कने तयारी गर्दै गरिरहेको अवस्थामा आएको प्रचण्डको वक्तव्य जिब्रो चिप्लिएर आएको भनेपछि अहिले दुई अध्यक्ष बीच जुहारी नै चलेको छ |

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा दाहालको वक्तव्यलाई ‘टङ स्लिप’को रुपमा अथ्र्याएका थिए । त्यसको प्रतिक्रियास्वरुप अध्यक्ष दाहालले बिहीबार चितवनमा सञ्चारकर्मीसँग ‘भेनेजुएला प्रकरणमा आफूले जारी गरेको वक्तव्यलाई पार्टी सचिवालयले आधिकारिक भनिसकेको अवस्थामा एउटा व्यक्तिले के भन्छ भन्ने कुराको अर्थ नहुने बताएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: