कोख मेरो सन्तान कसको ? भन्दै काठमाण्डौमा प्रदर्शन


महिला मानवअधिकारकर्मिको अगुवाईमा शुक्रबार आमाको नामबाट नागरिकता पाईनुपर्ने माग राखेर काठमाण्डौमा प्रदर्शन भएको छ |
माईतिघर मण्डला देखि सुरु भएर र्याली नयाँ बानेश्वर सम्म पुगेको हो | 

आमाको कोखबाट जन्म भए पनि नागरिकता भने आमाको नामबाट नपाएको भन्दै नाराबाजी गरिएको हो | 

महिला अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरु सहभागी भएको सो विरोध प्रर्दशनमा नागरिकतामा समान अधिकार दिलाउन पनि आमाको नाममा नागरिकता पाउने व्यवस्था गर्न ढिलाई नगर्न भन्दै सरकारलाई दबाब दिइएको थियो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: