सिएम्सी संगको मेलम्ची आयोजनाको ठेक्का रद्द : आयोजना पुन अन्योलमा


सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीको कम्पनी सिएमसीको ठेक्का सम्झौता रद्द गरेको छ । 

सिएमसीले गत मङ्सिर २९ गते एकतर्फीरुपमा काम गर्न नसक्ने भन्दै आयोजना स्थल छाडेर गएपछि कम्पनि संग वार्ता गर्न सिंगापुरमा सरकारी टोली र सिएमसी कम्पनि  जुटेका भए पनि अन्तत मेलम्ची ठेक्का सिएमसीबाट फिर्ता गरिएको छ |

पछिल्लो समय आयोजनाको भौतिक प्रगति र निर्माण कार्य सम्पन्न हुन केही प्रतिशत मात्रै बाँकी रहेको अवस्थामा ठेकेदार कम्पनीले एकतर्फीरुपमा आयोजना स्थल छाडेको मेलम्ची आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलको भनाइ छ । 

आयोजनाले पछिल्लोपटक ठेकेदार कम्पनीलाई थप गरेको समयसीमा समेत यही माघ २७ गते सम्पन्न हुँदैछ । आयोजनाको ठेकेदारको सम्झौता रद्द भएपछि कसरी प्रक्रिया अगाडि बढाउने भन्नेबारेमा भने छलफल जारी छ । 

काठमाडौँवासीको लामो समयदेखिको प्रतिक्षाको आयोजना अन्योलमा परेपछि सरकारले तत्काल उपयुक्त विकल्प दिने अपेक्षासमेत गरिएको छ । सङ्घीय संसद्को विकास समिति, अर्थ समितिलगायतले पनि उपयुक्त विकल्प खोजेर आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गराउन यसअघि नै सरकारको ध्यानाकर्षण गराइसकेको छ । 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: