मनाङमा भारी हिमपात, तापक्रम माइनस २० डिग्रीसेल्सियस पुग्यो



लमजुङ । गण्डकी प्रदेश अन्तरर्गत हिमाली जिल्ला मनाङमा वर्षासँगै भारी हिमपात भएको छ । दुईहप्ता अघि परेको हिमपातले जमेको हिउ पग्लिन नपाउँदै फेरी बुधबार साझँ ६ बजेदेखि निरन्तर हिमपात भएको जिल्ला प्रसासन कार्यालय मनाङले जनाएको छ ।

त्यस्तै मनाङको तापक्रम घटेर माइनस २० डिग्रीसेल्सियस पुगेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । उनले भने ‘मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायत जिल्लाभरी नै ठुलो हावाहुरी, वर्षासँगै भारी हिमपात भएको छ । जसले गर्दा मनाङका नागरिकहरुको जनजीवन निकै प्रभावित भईरहेको उनको भनाई छ । हिमपातका कारण विभिन्न सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीहरु पुग्न सकेका छैनन् । दुईसाता अघि देखि नै मनाङमा यातायात थप्प भएको छ ।

यातयात सञ्चालन हुन नसक्दा मनाङका नागरिकलाई खाद्मान्यको अभाव हुन थालेको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए । यसरी अझै लामो समयसम्म यातयात संचालन हुन सकेन भने छिटै खाद्मान्यको अभाव झेल्न बाध्य हुने भएको छ ।

मनाङमा रहेका विभिन्न सुरक्षाकर्मीहरुले केहीदिन अघि परेको हिमपातपछि लामो समयसम्म रहेको हिउँ पन्छाउँने काम गर्दै आएपनि फेरी हिमपात भएपछि त्यहाँका नागरिकलाई झन् समस्या हुँदै गएको छ । यतिबेला त्यहाँ रहेका खोलानाला लगायत पानीका मुहानहरु जम्न थालेको छ । पानी जम्दा खानेपानीको समेत समस्या हुन थालेको स्थानियहरु बताउँछन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: