पाकिस्तान विरुद्दको टि-२० शिरिज साउथ अफ्रिकाले जित्यो


साउथ अफ्रिका भ्रमणमा रहेको पाकिस्तान क्रिकेट टोलीले साउथ अफ्रिका विरुद्दको टि-२० शृंखला २-१ ले गुमाएको छ | उसले अन्तिम टि-२० मा २७ रनको सान्त्वना जित भने पाएको छ | १६९ रनको लक्ष्य दिएको पाकिस्तान विरुद्द उत्रिएको साउथ अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउँदा मात्र १४१ रन बनायो |

दक्षिण अफ्रिकाको लागि क्रीस् मोरिसले अविजित ५५ रन  र रसी भान डर दुसेनले  ४१ रनको पारि खेलेपनि साउथ अफ्रिकाको लागि उनीहरुको प्रयास सफल हुन सकेन | 

यअसघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले २६, आसिफ अलीले २५, बाबर अजामले २३ र शादब खानले ८ बलमा अविजित २२ रन बनाए ।

पाकिस्तानको लागि सर्वाधिक ३ विकेट मोहम्मद आमिरको नाम मा रह्यो | पाकिस्तानका सदाव खान म्यान अफ द म्याच बने भने डेभिड मिलर प्लेयर अफ दी सिरिज बने |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: