धनगढी प्रिमियर लिग-३ बन्यो सर्वाधिक पुरस्कार राशिको क्रिकेट लिग


धनगढी प्रिमियर लिग-३ को संघारमा रहेको बेला आयोजकले डिपिएल नेपाली क्रिकेट लिगकै सर्वाधिक धनराशीको प्रतियोगिता रहेको जनाउ दिएको छ | धनगढी प्रिमियर लिगको आयोजक संस्था धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले डिपिएल-३ को विजेता टोलीले नगद रु. ३० लाख पाउने जानकारी दिएका हुन् | 

प्रतियोगिताको दोस्रो हुने टोलीले १२ लाख , तेस्रो हुने टिमले पनि ४ लाख पाउने छ भने सान्त्वना जितको २ लाख प्रदान गरिने छ | अगिल्लो संस्करणमा २५ लाख रुपैयाँको ठुलो राशी राखेर प्रतियोगता आयोजना गरेको एकेडेमीले यसपटक भने विजेता टोलीले पाउने पुरस्कार २०% ले बढाएको हो |

त्यस्तै गरी ‘मोस्ट भ्यालुएवल’ खेलाडीले गोल्ड स्टार सुनको जुत्ता प्राप्त गर्नेछ।  यस्तै हरेक खेलका ‘म्यान अफ दि म्याच’लाई १५ हजार तथा छक्का क्याच गर्ने दर्शकलाई १० हजार प्रदान गरीने शाहीले जानकारी दिए।

माघ २६ गतेदेखि फागुन ११ गते सम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी लगभग पूरा भएको र ५ हजार क्षमताको अस्थायी प्याराफिट समेत निर्माण गरिएको जानकारी दिएको छ ।  अगिल्लो सिजनमा संघीय प्रहरी कार्यालयको खेल मैदानमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष भने फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने भएको हो। 

प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय स्तरका ५ वटा पिच निर्माण गरिएको छ। प्रतियोगितामा कुल ५ करोड खर्च हुने आयोजकको अनुमान छ। 

दर्शकहरुका लागि लिग चरणमा ५०, प्ले-अफमा ७० र फाइनलमा १०० रुपैयाँ  टिकटदर तोकिएको आयोजकले जानकारी दिएका छन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: