बजार सुस्त : सिमेन्ट देखि गाडी सम्म बिक्रि घट्यो


पछिल्लो समयमा हरेक वर्ष १०–१५ प्रतिशतले वृद्धि हुँदै आएकोमा यस वर्ष त्यो वृद्दी बढ्ने अनुमान गरिएपनि सिमेन्ट र स्टिलको बिक्रि भने घटेको पाईएको छ | ठुला विकास आयोजना संचालन नहुनु यसको मुख्य कारण रहेको यस संग सम्बन्धितहरु बताउँछन् | सिमेन्ट र स्टिलको व्यापार ७/८ प्रतिशतले घटेको हो | 

तरलता, कालोबजारी लगायतका कारण मोबाईल बिक्रि समेत ६० प्रतिशतले घटेको छ | 

अर्थतन्त्रमा सुस्तता आएका कारण उपभोक्ताको क्रयशक्तिमा कमी आएपछि गुणस्तरीय मदिराको बिक्री घटेको र सस्तो मदिरा र बियरको खपत बढेको छ ।

८०–९० प्रतिशतसम्म कर्जा लिई गाडी खरिद हुँदै आएकोमा राष्ट्र बैंकले बढीमा ५० प्रतिशत मात्र फाइनान्स गर्न पाउने व्यवस्था गरेपछि अटोमोबाइलको बिक्री ३० देखि ५० प्रतिशतसम्म बिक्री घटेको छ । आजको नयाँ पत्रिकामा खबर छापिएको छ |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: