नुवाकोटको दियालेमा आज ल्होछार भब्य रूपमा सम्पन्न


नुवाकोटको दियालेमा आज २१४६ औ ग्याल्पो ल्होछार कार्यक्रम सम्पन्न भएको छ।

खि ल्हो कुकुर वर्षलाई आजको दिनबाट बिदा गरेर फाग ल्हो बँदेल वर्ष हुने भएकोले नयाँ वर्षको आरम्भको सु-अवसरमा यो पर्वको रूपमा मनाएको हो।हिमाली बौद्ध पात्रो अनुसार १२ महिना सकेर पहिलो महिनाको पहिलो दिनमा ग्याल्पो ल्होछार पर्ने हुदा २०७५ २१ गते मध्य रातको १२ बजेपछि फाग ल्हो बँदेल वर्ष पार गरेर खि कुकुर वर्ष सुरु भएकोले ग्याल्पो ल्होछार मनाएको धर्म गुरु एवम् कार्यक्रमका आयोजक शेरब लामाले सबैसामु जानकारी गराएका थिए।

नयाँ वर्षको दिनको रूपमा नेपाल साथै बिदेशी देशहरूमा पनि ल्होछर कार्यक्रम हुने गरेको समेत लामाले बताए।कार्यक्रमको प्रारम्भ लामा गुरुहरुबाट पाठ गरेर भएका थिए।कार्यक्रममा दर्शक स्रोताहरुको बाक्लो भिड रहेका थिए।कार्यक्रम श्री निङ्मा साङ गुम्बा र बौद्ध जागरण केन्द्र जिल्ला नुवाकोटका संयुक्त आयोजना रहेको हो।कार्यक्रमको सभाध्यक्ष शेरब लामाको रहेको थियो।

बेलकोटगढी नगरपालिकाका नगर प्रमुख राजेन्द्र रमण खनालको प्रमुख आतिथ्य रहेको थियो भने बेलकोटगढी नगरपालिका वडा नम्बर -४ का वडा अध्यक्ष चन्द्र बहादुर लामाको विशेष आतिथ्य रहेको थियो।कार्यक्रम सन्चालन सुनिमा थिङले गरेका थिए।स्थानीय कलाकारका र राष्ट्रिय कलाकारहरुका धमकेदार सास्कृतिक प्रस्तुति रहेका थिए।

मालिका कराते डोजोका प्रशिक्षक प्रताप तामाङका प्रशिक्षार्थीले स्वास्थका लागि खेल भन्ने नाराका साथ काता शो गरेका थिए।आत्मा सुरक्षाका लागि पनि खेल अति महत्त्वपूर्ण रहेको प्रशिक्षक तामाङले बताए।हाँस्यकलाकार दिनेश लामाले विभिन्न मिश्रित गीतमा रमाइलो अभिनय गरेर रमाइलो गरेका थिए।
कार्यक्रममा कलाकारहरु
सुवास पाख्रिन तामाङ -चर्चित गायक
समीर लामा – चर्चित गायक
फूलमाया तामाङ – म्हेन्दाेमाया गायिका
करण तामाङ घलान- साहित्यकार तथा हाँस्यकलाकार
एम जी तामाङ – गायक तथा हाँस्यकलाकार
निर्मला बज्यु तामाङ – माेडल
विनाेद तामाङ – माेडल सहभागी रहेका थिए।
कार्यक्रमका सभा अध्यक्ष शेरब लामाबाट प्रमुख अतिथी,अतिथी,र स्थानीय कलाकार लगायत राष्ट्रिय कलाकार साथै साथै सहयोगी मनहरुलाई मायाको चिनो वितरण गर्दै कार्यक्रमको समापन गरिएको थियो।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: