नेपालमा हुने विभिन्न घरेलु क्रिकेट लिग खेल्न आउने विदेशी खेलाडीहरुले अबदेखि अनिवार्य रुपमा श्रम इजाजत लिनुपर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखी सो आग्रह गरेको हो |
‘नेपालमा सञ्चालन हुने खेलकुद प्रतियोगिताहरुमा नेपाली क्लबका तर्फबाट खेल खेल्न आउने विदेशी खेलाडीहरुले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य रुपमा श्रम इजाजत लिएर मात्र खेलकुद प्रतियोगितामा सहभागी गराउने व्यवस्था मिलाउन’ पत्रमा भनिएको छ ।
विदेशी क्रिकेट खेलाडीलाई श्रम इजाजत नलिई लिग खेलहरु खेलाएको भन्दै कारबाही माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा उजुरी परेपछि सरकारले यस विषयमा चासो दिएको हो । नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको मान्यताप्राप्त लिगहरुमा विभिन्न क्लबले विदेशी खेलाडी सहभागी गराएका थिए ।




- रुकुममा वडा अध्यक्षले कुटे महिला
- सिरहामा मंगलबार दुई बालिका बलात्कृत : अभियुक्त प्रकाउ
- गोविन्द केसीले दिए चेतावनी : अर्को अनसन पनि हुन सक्ने
- डिपिएल-३ मा सिवाईसी अत्तरियाको जितको यात्रा कायमै : पहिलो क्वालिफायरबाट फाईनल प्रवेश
- ‘लुट्न सके लुट कान्छा ‘गित जनताले मन पराएनन् : प्रधानमन्त्री ओली
- त्रिविका सहायक डिन साहलाई दलियो ‘कालोमोसो’
- बालिका निर्मलाको डीएनए अब अमेरिका जांच हुने
- काठमान्डौमा थप ट्राफिक लाईट थपिदै
- यसरी घट्दै छ बैंक कर्जाको ब्याजदर
