कर्ण शाक्यद्वारा लिखित नयाँ पुस्तक ‘कोष’ अब बजारमा


प्रसिद्ध पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यको नयाँ पुस्तक आज सार्वजनिक भएको छ | पुस्तक नाम शाक्यका अगिल्ला पुस्तकहरु जस्तै एउटै शब्दबाट राखिएको छ ‘कोष’ | यस अगी शाक्यका सोच, खोज, म सक्छु लगायतका प्रेरणादायी पुस्तक बजारमा आईसकेका छन् | 

पुस्तक सार्वजनिक कार्यक्रममा सामाजिक सेवामा काम गर्ने उत्तम संजेल, प्रकाश सायमी, गीता त्रिपाठीले संयुक्त रुपमा लोकार्पण गर्नु भएको थियो | 

सो अवसरमा समता शिक्षा निकेतनका संचालक समेत रहेका उत्तम सञ्जेलले लोकतन्त्रको संस्थागत विकासका लागि शिक्षा अपरिहार्य रहेको भन्दै आमजनताको पहुँचमा भन्दा कम लागतमा गुणस्तरीय शिक्षा पुर्‍याउने उद्देश्यले सबै जिल्लामा ८० वटा र विश्वका १२ वटा देशमा पनि समता स्कुल स्थापना गरेको जानकारी दिनुभयो । 

साहित्यकार डा त्रिपाठीले नेपालमा साहित्य र राजनीतिलाई अलग्याएर हेर्ने गरिएकाले राजनीति परिणाममुखी बन्न नसकेको बताउँदै आज लोकार्पण गरिएको कोष पुस्तकले नेपालको कर्मयोगका बारेमा सिकाउने छ भन्नुभयो । 

पुस्तकका लेखक शाक्यले कुराले नभई कर्मले नै मानिसलाई सफल बनाउने बताउँदै कोष पुस्तकले हरेक व्यक्तिलाई आशा, विश्वास र भरोसा जागृत गराउनेछ भन्नुभयो । समस्यासँग भागेर नभई जुधेर समाधानका विकल्प पहिल्याउन सकेमात्रै जीवन सार्थक हुने बताउँदै उहाँले हरेक नागरिकमा राष्ट्रप्रतिको कर्तव्यबोध नहुँदा नै नेपालले आर्थिक प्रगति गर्न नसकेको हो भन्नुभयो । 

फाइन प्रिन्टले प्रकाशनमा ल्याएको सो पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ । 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: