नेपालले पाकिस्तानलाई ‘क्लिन स्विप’ गर्यो


यता पुरुष राष्ट्रिय क्रिकेट टोलीले धुम मच्चाउँदा पाकिस्तान भ्रमणमा रहेको नेत्रहीन नेपाली क्रिकेट टोलीले घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको नेत्रहीन टी–२० सिरिज नेपालले ‘क्लिन स्विप’ गरेको छ । 

आज भएको अन्तिम अन्तिम टी–२० मा पाकिस्तानलाई नौ विकेटले हराउँदै नेपालले सिरिज ४–० ले आफ्नो पक्षमा पारेको हो । 

इस्लामाबादमा पाकिस्तानले दिएको १२७ रनको लक्ष्य नेपालले १० ओभर चार बलमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा मनकेसी चौधरीले ८१ रनको अर्धशतकीय इनिङ खेलिन् । उनको यो दोस्रो अर्धशतक हो । यस्तै आशा रेग्मीले ३२ रन जोडिन् । 

पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको नेपालले चौथो खेल नौ विकेटले जितेको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपालका लागि दोस्रो अर्धशतक प्रहार गरेकी मनकेसी प्लेअर अफ् दि म्याच घोषित हुँदै २५ हजार हात पारिन् । 

यसैगरी सिरिज जितेको नेपालले एक लाख पाकिस्तानी हात पार्यो । पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिलको आयोजनामा भएको यस सिरिज विश्व नेत्रहीन क्रिकेट लिमिटेडबाट मान्यता प्राप्त सिरिज हो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: