टि-२० अन्तर्राष्ट्रियको वरियाताक्रममा नेपाल : १४ औं स्थान


आईसीसीले हालै जारी गरेको पछिल्लो टिम तथा खेलाडीहरुको ‘रयांकीङ’ अनुसार नेपाल टी–२० अन्तर्राष्ट्रियको वरीयताक्रममा १४औँ स्थानमा परेको छ ।

नेपालले खेलेका अन्तरराष्ट्रिय टि-२० का ७ खेलबाट  ३ सय ३ अंकसहित ४३ रेटिङ पाएको छ । एकदिवसीय वरीयतामा भने नेपाल र युएई बीच सम्पन्न सिरिजपछि १५औँ स्थानमा छ । 

पछिल्लो वरियता तयार पार्दा पाकिस्तानले ३८ ओटा खेलबाट ५११०  अंक र १२६ रेटिङसहित शीर्षमा छ । टी-२० वरीयतामा नेपालले आयरल्यान्ड, ओमन, हङकङ, युएईलाई पछि पार्दै १४औं स्थान बनाएको हो ।

युएई सिरिजपछि नेपाली खेलाडीको वरीयतामा पनि सुधार आएको छ । टी–२० ब्याटिङ वरीयतामा कप्तान पारस खड्का ९६औँ स्थानमा उक्लिएका छन् । गत महिना उनी ९७औँ स्थानमा थिए ।

बलिङ वरीयतामा वसन्त रेग्मी ७४औँ स्थानमा यथावत् छन् । सोमपाल कामी बलिङ वरीयताको ९३औँ स्थानमा छन् । टी–२० अलराउन्डर वरीयतामा भने पारस खड्का ४२औँ र सोमपाल कामी ६४औँ स्थानमा परेका छन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: