डिस होममा अब ईन्टरनेट सेवा आवस्यक


डिल बहादुर लामा-नुवाकोट। आजभोलि गाउँदेखि शहर सम्म र शहरदेखी गाउँसम्म Dish Home नभएको घरै छैनन्।जता हेरे पनि घरको छाना छानामा डिस होम राखेका देख्न पाइन्छ।देश बिदेशका सम्पुर्ण टिभी च्यानल सहजै रूपमा हेर्न पाउँदा सबै खुशी छन्।अहिलेको बैज्ञानिक युगसङ्ग प्रतिस्पर्धा गर्दै ग्राहक वर्गमा ईन्टरनेट सेवा समेत प्रयोग ल्याएको खण्डमा अझ डिस होमले एउटा सामाजिक संजाल र सन्चार क्षेत्रमा ठूलो अनौठो विकासका गति लिएको अनुभुती हुने थिए।अर्थशास्त्रमा भनिन्छ मानिसहरुको असिमित आवस्यक्ता हुन्छन् त्यो पूरा गर्ने सिमित हुन्छ त्यस्तैभित्र पनि नभई नहुने एक महत्त्वपूर्ण महत्त्व घरदेखी कार्यालयसम्म ईन्टरनेट सेवा सुविधाको भैसकेको छ।

विभिन्न ईन्टरनेट प्रदायक हरुले ईन्टरनेट सेवा शुल्क तोकि नयाँ नयाँ सेवा ल्याएको जस्तै गरि डिस होमले पनि ईन्टरनेट सेवा ल्याउन सके राम्रो हुने थियो।सबैको घर घरमा स्याटालाईट पुर्ण डिस होम हुँदा अझ यसमा ईन्टरनेट जडान सहितको हुने भए सुनमा सुगन्ध हुने थियो।ईन्टरनेट सेवा सुचारु गर्न डिस होम लाई कुनै पनि प्राविधिक समस्य नपर्ने अहिलेको सेवा सुविधाको बारेमा मुल्यांकन गर्ने हो भने सजिलोसँग छुट्टाउन सकिन्छ।त्यसैले पनि होला ग्राहक वर्गका मन मुटुमा डिस होम सबैको प्यारो सेवा बन्न सफल भैसकेका छन्।

डिस होम प्रती म गौराम्बित छु। कतिपय गाउँ घरमा सुचना क्षेत्रको पहुँचबाट टाढा रहेका ठाउँमा पनि डिस होमले अत्यन्तै महत्वपूर्ण सूचना संचारको भुमिका खेल्न सफल भएको पाइन्छ।जस्तै मोबाइल सेवाका लागि करोडौं खर्च गरेर टावर निर्माण गर्नुका साथै प्राविधिक कामकुरा मिलाउने झन्झट हुन्छन् भने डिस होम चाहेको जुनसुकै क्षेत्रमा सजिलै लगेर जडान गरि दृश्य सन्चार सम्प्रेषण गर्न सकिने राम्रो बाटो बनेको छ।त्यसैले मलाई लाग्छ अरु ईन्टरनेट सेवा प्रदायकहरुमा प्रतिस्पर्धा गर्न र ग्राहकहरुमा सस्तो र भरपर्दो रूपमा सेवा दिन डिस होम बाहेको अर्को राम्रो बाटो नरहेको सोचेको छु।अहिलेसम्मका प्रयोग अनुभव समाबेश गरिने हो भने सबै सेवा सुविधा सामाजिक संजाल एवम् संचार क्षेत्रमा भएको विकासक्रम उस्तै देखिए त पनि नयाँ कार्य चाडै ईन्टरनेट जडान तथा थप शुल्क लिएर भए पनि ग्राहक वर्गप्रती इन्टरनेट सेवा उपलब्ध गराइदिने छ भन्ने पुर्ण विश्वासमा छु।यसो गरेर सेवा प्रदान गरेको खण्डमा ग्राहक अरु झन्झट ईन्टरनेटहरुबाट मुक्ती हुने थिए।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: