नेपाल वितरक स‌घकाे क्षेत्रीय कार्यालय ललितपुरकाे सातदोबाटोमा


सातदोबाटोमा नेविसंघको ललितपूर क्षेत्रीय कार्यालय उद्घाटन

 वितरक व्यवसायीहरुको छाता संगठन नेपाल वितरक संघको ललितपूर क्षेत्रीय समितिको कार्यालय उद्घाटन गरिएको छ । शनिबार ललितपूरको सातदोबाटोमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष दुर्गाराज श्रेष्ठ, निवर्तमान अध्यक्ष न्हुच्छेनारायण मानन्धर, संयोजक सुर्यमणि रेग्मी लगायतले कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष न्हुच्छेनारायण मानन्धरले क्षेत्रीय कार्यालय स्थापना हुनु गौरवको कुरा भएको भन्दै सबै साथीहरुको समस्या हल गर्नका लागि यसले मद्दत गर्ने बताए ।

सबै क्षेत्रीय समितिमा कार्यालय हुनु आवश्यक रहेकोमा उनको जोड थियो । त्यस्तै ललितपूर उद्योग वाणिज्य संघका महासचिव मनोज न्याछ्यौले सबै वितरकहरुलाई एउटै छाताभित्र ल्याउनका लागि आफूहरुले सहयोग गर्ने बताए । १८ वर्षको दौरानमा वितरकहरुको हौसलाबाट धेरै कुरा सिक्नु आवश्यक रहेको भन्दै उनले ललितपूर उद्योग वाणिज्य संघ सधैं वितरकको साथमा रहेको बताएका हुन् ।

संघका अध्यक्ष दुर्गाराज श्रेष्ठले कार्यालय उद्घाटन विशेष हर्षको क्षण रहेको भन्दै १५ जना सदस्यबाट सुरु भएको संघ ५०० जनामा गोलबद्ध हुनु गौरवपूर्ण रहेको बताए । व्यवसायी भएपछी सफलता र असफलताको आरोह अवरोह आईरहने भन्दै अध्यक्ष श्रेष्ठले सफलतामा खुसी र असफलतामा दुखी हुन नहुनेमा जोड दिए । सबै वितरकहरुलाई समान दृष्टिकोणले हेरेको भन्दै उनले वितरकहरुमा व्यक्तिगत र कम्पनीगत रूपमा समस्याहरु रहेको औंल्याए । सबै वितरक सदस्यहरुलाई ललितपुर उद्योग वाणिज्य संघमा आबद्ध हुन श्रेष्ठले आग्रह गरे ।

त्यस्तै कार्यक्रमका सभापती एबम संयोजक सूर्यमणि रेग्मीले वितरकहरुबाट सधैंभरी साथ र सहयोगको अपेक्षा राखेको बताउदै वितरकहरुमा रहेको समस्याको समाधानलाई सहज बनाउनका लागि कार्यालय स्थापना भएको बताए। सकेसम्म जिल्लाबाटै समस्याको समाधान गर्ने र नसके केन्द्रमा धाउने प्रक्रिया गर्नुपर्नेमा रेग्मीले जोड दिएका हुन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: