क्रिकेट टोलीलाई गरियो रातो कार्पेटमा स्वागत : सयौं समर्थकको उपस्थिति


 

युएईमा भएको नेपाल र युएई विरुद्दको वान डे र टि-२० अन्तर्राष्ट्रिय शिरिज जितेर नेपाली क्रिकेट टोलि आज स्वदेश फर्किएको छ | आईतबार भएको अन्तिम खेल टि-२० को फाईनल पश्चात नेपाली क्रिकेट टोली पहिलो अन्तर्राष्ट्रिय शृंखला जित सहित आज फर्किएको हो |

नेपालले युएईलाई उसकै घरेलु मैदानमा एकदिवसीय र टि-२० दुवै शृंखला २-१/२-१ ले जितेको हो | नेपालले वान डे , टि-२० र दुवै शिरिज जितेकाले तीन ओटा ट्रफी सहित नेपाल फर्किएको हो | शृंखला जिते संगै नेपालले १० हजार दिरामको पुरस्कार राशि पनि लिएर आएको छ |

वान डेअन्तर्गत दोस्रो खेलमा सोमपाल कामी र तेसो वान डेमा म्यान अफ द पारस खड्का बनेका थिए बनेका थिए । टी–२० मै उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्रसिंह ऐरी दोस्रो टि-२० मा म्यान अफ द म्याच भए । टी–२० को अन्तिम खेलमा करण केसी म्यान अफ द म्याच भएका थिए ।

टोलीका लेग स्पिनर सन्दीप लामिछाने भने यूएईबाटै अष्ट्रेलिया जाने टोलीका प्राविधिक रमन सिवाकोटीले जानकारी दिए । सन्दीप बिग बास लिगको बाँकी खेल खेल्न अष्ट्रेलिया जान लागेका हुन् ।

बिग बास लिगमा सन्दीप मेलबर्न स्टार्सबाट खेलिरहेका छन् । बिग बासको सुरुवाती चार खेल खेलेर सन्दीप बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश आएका थिए । सन्दीपले बिग बासका चार खेलमा आठ विकेट लिएका थिए ।

 त्यसपछि सन्दीप यूएईविरुद्ध खेल्न नेपाली टिममा समावेश भएका थिए । 

 

 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: