धुर्मुस सुन्तलीलाई गरियो चितवनमा भव्य स्वागत


गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको निर्माण अभियानको घोषणा गरेका सामाजिक अभियन्ता धुर्मुस-सुन्तलीलाई आईतबार चितवनमा भव्य स्वागत गरिएको छ | उनीहरुलाई भरतपुरको २४ कोठीबाट नेपाली झण्डा, बाजागाजासहित निर्माणस्थल सम्म लगिएको थियो । स्थानीय वासिन्दाले सडकमा आ-आफ्ना घर अगाडि फूलसहित कलश र घडा राखेका थिए । स्थानीयले चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न लागिएको खुसी समेत व्यक्त गरे ।

सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले रंगशाला निर्माणस्थल भरतपुर महानगरपालिका १६ मा सडक विभागको ०६८–०८३ नम्वरको डोजरमा बसेर रंगशाला निर्माणको शुभारम्भ गरे । धुर्मस आफैंले डोजरमा बसी मैदानको माटो खनेका थिए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: