नेपाललाई ऐतिहासिक सफलता : पहिलो टि २० शृंखला नेपाललाई


नेपाल भर्सेज युएई बीचको तेस्रो खेल तथा टि-२० शृंखलाको फाईनल खेल पनि नेपालले जितेको छ । तेस्रो तथा निर्णायक खेलमा १४ रनले युएइलाई स्तव्ध बनाउँदै टि-२०सिरिज आफ्नो पोल्टामा पारेको हो । योसँगै नेपालले पहिलोपटक २० ओभरको टि-२० सिरिजमा समेत आफ्नो कब्जा जमाएको छ । 

नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा युएइले निर्धारित ओभरमा ९० रन मात्र बनाउनसक्यो । नेपालका लागि करण केसी, ललित राजबंशी र अविनास बोहोराले समान २/२ विकेट लिए भने सोमपाल कामी तथा सन्दीप लामिछाने   १/१ विकेट लिए |  ब्याटिंगतर्फ युएइका गुलाम सब्बिरले २५, सइमान अनवरले ३०  रन जोडेका थिए ।

यसअघि भएका २ खेलमध्ये पहिलो खेल युएईले २१ रनले जितेको थियो। दोस्रो खेल नेपालले ४ विकेटले आफ्नो पक्षमा पार्दै सिरिज १(१ को बराबरी गरेको थियो।

यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० सिरिज खेलेको थियो। जसमा नेपालले सिरिज ३–१ ले गुमाएको थियो।

यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: