न्युजिल्यान्ड भर्सेज भारत : अन्तिम वान डे पनि भारत कै पक्षमा


भारतले न्युजिल्यान्ड विरुद्दको अन्तिम वान डेमा ३५ रनले विजयी भएको छ । यो सँगै  भारतले ४–१ ले शृङ्खला जितेको छ । भारतले दिएको २५३ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ४४.१ ओभरमा अलआउट हुँदै २१७ रनमा समेटिएको थियो । भारतका लागि युजवेन्द्र चहलले ३,  मोहमद सामी र हार्दिक पाण्ड्याले २/२  विकेट लिए । न्यूजिल्याण्डका जेम्स निसमले सर्वाधिक ४४ रन बनाउँदा केन विलिम्सनले ३९ तथा टम लाथमले ३७ रनको योगदान गरे ।

टस जितेर पहिला ब्याटिङ गरेको भारत निर्धारित ओभरको एक बल बाँकी छँदै २५२ रनमा अलआउट भएको थियो । ४८ रन बनाउँदा ४ विकेट गुमाएको भारतको स्कोर माथि उठाउन अम्वाती रायडु र विजय शंकरले ९८ रनको साझेदारी गरेका थिए । पाँचौँ विकेटका रुपमा विजय शंकर ४५ रन बनाएर रन आउट भएका थिए ।

रायडुसँगको रन लिँदा तालमेल नमिल्दा उनी कोलिन मुनरोबाट रन आउट हुन पुगे । त्यसपछि रायडु र केदार जादबले ७४ रनको साझेदारी गरे । रायडु ९० रन बनाएर आउट भएका थिए । कुमार जादबले ३४ रन बनाए । नियमित कप्तान विराट कोहलीलाई विश्राम दिइएको एक दिवसीयमा रोहित शर्माले कप्तानी गरेका थिए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: