मेसिले जोगाए हारबाट : भ्यालेन्सिया २-० ले पराजित


 

कप्तान लियोनल मेस्सीले दुई गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका छन् । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष टोली बार्सिलोना भ्यालेन्सियासँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा बार्सिलोनाले २–० गोलले पछि परेको अवस्थालाई उल्ट्याएर बराबरी नतिजा निकालेको हो । भ्यालेन्सियाका लागि केभिन गेमेरियो र ड्यानियल परेजोले गोल गरे । केभिनले २४ औं मिनेटमा गोलगर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाए । ३२ औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टी गोलमार्फत अग्रदा दोब्बर बनायो । बार्सिलोनाका सर्जि रोबर्टाेले डिबक्सभित्र ड्यानियल वासलाई लडाएपछि भ्यालेन्सियाले पेनाल्टीको मौका पाएको थियो । उक्त मौकालाई परेजोले सदुपयोग गरे ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: