यसरी जोगाउनुस आफ्नो मोबाईलको आयु


यदि तपाई व्यस्त हुनु हुन्छ र मोबाईलमा चार्ज संग सम्बन्धित समस्या भोग्दै हुनु हुन्छ भने केहि कुरामा ख्याल गर्नै पर्छ |

अहिले देशमा लोडसेडिङ छैन । त्यसैले तपाईलाई मोबाइल राम्रोसँग चार्ज गर्न समस्या छैन । यसो भनेर मोबाइल धेरैबेर चार्ज नगर्नुहोस । सामान्यतया तीन घण्टा मोबाइल चार्ज गर्दा हुन्छ ।

लोडसेडिङ हुँदा पावर बैंकबाट मोबाइल बढी चार्ज गर्न प्रचलन थियो । यसो गर्दा ब्याट्री छोटो समयमै ड्यामेज हुने सम्भावना हुन्छ ।  

जहिले पनि चार्ज गर्दा मोबाइल खरिद गर्दा लिएको चार्जर नै प्रयोग गर्नुपर्छ । या भनौँ उही कम्पनीका चार्जर प्रयोग गर्दा ब्याट्री लामो समयसम्म टिक्छ ।

मोबाइल खरिद गरेको एक वर्षसम्म कम्पनीकै जिम्मामा हुन्छ । या भनौँ ब्याट्री र चार्जरको वारेन्टी नै हुन्छ । बरु मोबाइललाई पानीबाट भने जोगाउनु पर्छ । पानीबाट नजोगिँदा ब्याट्री मात्र होइन, मोबाइल नै बिग्रने डर हुन्छ । आजको नयाँ पत्रिकामा खबर छापिएको छ | 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: