नेपाल दबाबमा : गुमायो आफ्नो पाँचौ विकेट


१०८ रनको सामान्य लक्ष्य पछ्याइ रहेको नेपालले पाँचौ विकेट गुमाएको छ । सन्दीप जाेरा १ रन बनाइ पछिल्लो विकेटको रुपमा आउट भएका हुन् । नेपालको कप्तान पारस खड्का बिना खाता खोलि आउट भए भने उपकप्तान ज्ञानेन्द्र मल्लले ७ रन बनाए । करण केसीले २० रन बनाउँदा ओपनर प्रदीपसिंह ऐरीले ८ रन बनाए । नेपालले १०.१ ओभर खेल्दै ५ विकेटको क्षतिमा ४६ रन जोडेको छ । अब नेपाललाई जितका लागि ५९ बलमा ६२ रन आवश्यक छ ।  

यसअघि टस जितेर ब्याटिङमा उत्रिएको युएईले सबै विकेट गुमाइ १९.२ आेभरमा एक सय ७ रन जोडेको थियाे । युएईलाई सस्तैमा रोक्नका लागि नेपालका लागि अविनाश बाेहाेराले ३, सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले समान २/२ विकेट लिएका थिए ।  युएईका एक खेलाडि रन अाउट भए ।

युएईका लागि सिपि रिजवानले सर्वाधिक ४४ रनको योगदान गरे । यस्तै साइमान अनवरले १४ रन र महोम्मद बुटाले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक छुन सकेनन् 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: