नेपाली सिमेन्ट पनि आत्मनिर्भरको बाटोमा


सिमेन्ट उत्पादनमा पछिल्लो क्रममा नेपाल आत्मनिर्भर बन्दै गएको छ । रु दुई खर्बको लगानी भएको र वार्षिक रु १५० अर्बको कारोबार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् ।

सन् १८४५ देखि सिमेन्ट उत्पादन सुरु भए पनि नेपालमा १९६० देखि मात्रै उत्पादन सुरु गरिएको थियो । नेपालमा अहिले तीन किसिमका सिमेन्टको गुणस्तर मापन भएको छ । नेपालमा पहिलो हिमाल सिमेन्टले उत्पादन शुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलादेखि मात्रै लगानी थालिएको हो । नेपालमा अहिले ५६ वटा सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । हाल उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्दै आएको छ ।

आगामी दिनमा आयात शून्य प्रतिशतमा जाने अपेक्षा गरिएको व्यवसायीले बताएका छन् । नेपालमा वार्षिक १० प्रतिशतले सिमेन्ट उत्पादनमा वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०७६/७७ सालदेखि नेपालमा उत्पादित सिमेन्ट निर्यात हुने जनाइएको छ । लागत मूल्य कम गर्न नसकेकाले समस्या बढी रहेको उनीहरूको भनाइ छ ।

विश्वमै महँगो उत्पादनका रूपमा नेपालको सिमेन्ट रहेको बताइएको छ । आगामी वर्ष एक करोड १० लाख टन माग हुने र उत्पादन भने एक करोड ७० लाख टनमा पुग्ने अनुमान गरिएको छ । विश्वमा सिमेन्टको कूल उत्पादन चार अर्ब २० करोड टन रहेको । सबैभन्दा बढी चीनले सिमेन्ट उत्पादन गर्दै आएको छ । कूल उत्पादनको ५५ प्रतिशत चीनले उत्पादन गर्ने गरेको छ |

नेपालमा चुन भण्डार प्रशस्त रहेको छ । सरकार परिवर्तन भएसँगै नीतिमा आउने परिवर्तन, श्रम कानूनमा देखिएको समस्या विदेशी जनशक्ति ल्याउनुपर्ने अवस्था, खानी तथा वनसँग हुने समस्या स्थानीय तह र प्रदेशले पनि करमा हिस्सा खोज्नेलगायत समस्या रहेको पाईन्छ|  नेपालमा कच्चापदार्थ र कोइला नहुँदा पनि ठूलो समस्या छ ।

अहिलेसम्म नेपालमा ६९ वटा उद्योगले गुणस्तर प्राप्त गरिसकेको पाईएको छ । त्यसतै कुल  १३४ ले लाइसेन्स प्राप्त गरेको पनि छन्  । नेपालमा पूरा क्षमतामा चल्ने हो भने नेपाली सिमेन्टको बजार रु २५० अर्बको रहेको यसका विज्ञ बताउँछन् |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: